कैलाली – सुदूरपश्चिम प्रदेशअन्तर्गतका दुई ठूला अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी भत्ता नपाएपछि आन्दोलित भएका छन्। कैलालीस्थित सेती प्रादेशिक अस्पतालका करार कर्मचारीहरूले चाडपर्व भत्ता, पोसाक भत्ता र महङ्गी भत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन्। करार कर्मचारीहरूले सोमबार सामाजिक विकास मन्त्रालयको कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरूले आफूहरूले वर्षौँदेखि सेवा दिँदै आए पनि नियमित कर्मचारी सरह सुविधा नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। आन्दोलनमा सहभागी कर्मचारीहरूले ‘नो पे नो वर्क’, ‘चाडपर्व खर्च खोई’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए। उनीहरूले भत्ता नपाइँकन काम गर्न नचाहने संकेत दिएका छन्। यो समस्या केवल सेतीमा मात्रै होइन, प्रदेश मातहतकै महाकाली अस्पतालमा पनि छ। त्यहाँ…
स्वास्थ्य डायरी
काठमाडौँ – कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रा विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीले सोमबार गरेको परीक्षणमा मकवानपुरबाट ल्याइएका अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार, सोमबार १५ थरीका तरकारीमा गरिएको परीक्षणमा अकबरे खुर्सानीमा विषादीको मात्रा सबैभन्दा बढी भेटिएको हो । जाँचको क्रममा रोकावट प्रतिशत ४५ भन्दा माथि आएको हुनाले यो खुर्सानी उपभोग गर्न अयोग्य मानिने समितिको भनाइ छ । नेपालमा विषादी परीक्षणका क्रममा ‘कार्बामेट’ र ‘अर्गानोफस्फेट’ का रासायनिक पदार्थहरूको मात्र परीक्षण हुने…
कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौबीस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्य भएको छ । सुरक्षित सुत्केरीका लागि महिलाहरू बर्थिङ सेन्टर पुग्न थालेपछि यो क्षेत्र ‘शून्य होम डेलिभरी क्षेत्र’ का रूपमा परिचित बन्दै गएको छ । स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार दुर्गम र सीमावर्ती क्षेत्रका गर्भवती महिलाहरूले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन् । चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने गरी स्वास्थ्यकर्मीलाई पालैपालो खटाइएको छ । चालु आर्थिक वर्षको हालसम्म १३० भन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिइसकेको चौकीले जनाएको छ । यस क्षेत्रमा मातृ तथा शिशु मृत्यु दर शून्य रहेको…
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ । लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुसररिसवतका रूपमा लिएको एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी पाँच बुँदे निर्देशन तुरुन्त कार्यान्वयन गर्न आदेश दिएको छ। मन्त्रालयका अनुसार २०८१ मंसिर २७ गतेको निर्णयअनुसार जारी निर्देशहरू अझै पूर्ण रूपमा लागू नभएकाले सबै अस्पतालहरूलाई तत्काल कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन भनिएको हो। निर्देशनअनुसार अस्पताल र स्वास्थ्य संस्थाले अबदेखि सरकारले तोकेको मापदण्डभन्दा कम पारिश्रमिक दिन नपाउने छन्। स्वास्थ्यकर्मीले तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने प्रावधान पनि छ। त्यस्तै, अस्पताल तथा शैक्षिक संस्थाले स्वास्थ्यकर्मीहरूसँग औपचारिक करार (नियुक्ति सम्झौता) गर्नुपर्नेछ। कुनै पनि संस्थाले ज्यालादारीमा काम गराउन वा…
वीरगन्ज – डेढ महिनाअघि फैलिएको हैजाको महामारी नियन्त्रण र पुनः संक्रमण रोकथामका लागि पर्सा जिल्लाका सबै १४ वटै पालिकामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई खोप खुवाएर अभियानको औपचारिक सुरुवात गरिएको हो। खोप अभियानको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी परीक्षक पुरनचन्द्र भट्टलगायतले पनि खोप लगाएका थिए। गत भदौ ६ गते वीरगन्ज महानगरमा पहिलोपटक ३ जना झाडापखालाका बिरामीमा हैजा पुष्टि भएपछि सो क्षेत्र प्रभावित…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । गत वर्षभन्दा चालु आर्थिक वर्षमा महानगरभित्र डेङ्गु सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कमी आए पनि आगामी कात्तिकसम्म सङ्क्रमणको जोखिम कायम रहेको महानगरले जनाएको छ । सङ्क्रमणको त्रास कायम रहेकाले कामपाले डेङ्गु सार्ने लामखुट्टेको वासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यलाई तीव्र बनाइरहेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका स्रोत व्यक्ति ऋषिप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार वडा र समुदायस्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयंसेविकालगायत स्थानीयको सहभागितामा लार्भा खोज र नष्ट गर अभियान जारी छ । गत आवको भदौमा छ सय ८६ जनामा सङ्क्रमण…
काठमाडौँ – जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापनिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो”, उनले भने, “मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन्…
गोरखा – पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इन्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन नपाएको नगरपालिकाको केन्द्र ठाँटीपोखरी बजारमा अवस्थित वडा नं ५ को स्वास्थ्यचौकीले जनाएको छ । “केही महिनादेखि नै आइरन चक्की र क्याल्सियमको अभाव भइरहेको छ । दुई महिनायता ठप्पै छ”, ठाँटीपोखरी स्वास्थ्यचौकी स्वास्थ्यकर्मी रमा थापामगर भन्छिन्, “क्याल्सियम र आइरन चक्की लिन आउनेलाई बजारका औषधि पसलमा किनेर खान सुझाव दिने गरेका छौँ ।” दशवटा वडा रहेको पालुङटार…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ । कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्नेगरी विद्यालय छनोट गरेर परीक्षण गरिएको जनाइएको छ । विभागका प्रमुख दीपककुमार केसीका अनुसार परीक्षण कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रालाई सहभागी गराइएको थियो । जसमा छ हजार १७५ जना छात्र र पाँच हजार ४६२ जना छात्रा थिए । जाँच गरिएकामध्ये करिब १० दशमलव ८३ प्रतिशत अर्थात् एक हजार २६० जना छात्रछात्रामा नजिकको देख्न नसक्ने या टाढाको…

