काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।
लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुसररिसवतका रूपमा लिएको एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।


Last Modified Date: २०८२ आश्विन २७, सोमबार








