स्वास्थ्य डायरी

रौतहट – मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्दै आएका एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो। सई तुल प्रसाद पुडासैनीको नेतृत्वमा खटिएको टोलीले साहको मेडिकल पसलमा छापा मार्दा प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण भइरहेको पत्ता लगाएको प्रहरीले जनाएको छ। त्यस क्रममा पसल र साहको घर दुबै ठाउँमा ठूलो मात्रामा लागुऔषध बरामद गरिएको हो। प्रहरीले साहकै नाममा दर्ता भएको ना.३३ प ९५३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा समेत ३०० पत्ता (३,००० पिस) ट्रामाडोल फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु…

विस्तृतमा...

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले १२ बुँदे आचारसंहिता जारी गर्दै आफ्ना सबै कर्मचारीलाई अनिवार्य पालना गर्न निर्देशन दिएको छ । उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले जारी गरेको विज्ञप्तिअनुसार जेनजी समूहको नेतृत्वसँग छलफल गरेर नै उक्त आचारसंहिता तयार पारिएको हो । आचारसंहितामा अस्पताल बाहिर औषधि पसल, ल्याब वा इमेजिङ सेन्टर सञ्चालन नगर्नु पर्ने प्रावधानदेखि बिरामीलाई अनावश्यक रूपमा अन्य अस्पतालमा रिफर गर्न नपाइने व्यवस्था समेत गरिएको छ । शिक्षक, चिकित्सक, नर्सिङ, प्यारामेडिक्स, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारीदेखि मर्मत तथा सरसफाइमा संलग्न कर्मचारीसम्म सबैलाई यो आचारसंहिता पालना गर्न निर्देशन दिइएको छ । प्रतिष्ठानले आचारसंहिता उल्लंघन भएमा प्रचलित ऐन तथा कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ…

विस्तृतमा...

बर्दिया- बर्दिया अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट विगत एक वर्षदेखि बन्द छ । मर्मतसम्भारका लागि आवश्यक बजेट अभाव भएपछि सञ्चालनमा नआएको प्लान्ट बन्द हुँदा अहिले अस्पताललाई आवश्यक अक्सिजन नेपालगन्जबाट ल्याउनुपर्ने बाध्यता छ । कोभिड–१९ को दोस्रो लहरका समयमा सुरु गरिएको अक्सिजन उत्पादन बन्द भएपछि बर्दियावासीलाई घरमै अक्सिजन आवश्यक पर्ने बिरामीका लागि समेत सिलिन्डर बोकेर नेपालगन्ज पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । जिल्लाभित्र अक्सिजन उपलब्ध नहुँदा अक्सिजनमा आधारित उद्योगसमेत समस्यामा परेका छन् । अस्पतालमा बिरामीको चापअनुसार महिनामा करिब दुई सय ठूलो सिलिन्डर अक्सिजन आवश्यक पर्छ । बर्दिया अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी केशव न्यौपानेका अनुसार अक्सिजन उत्पादन हुँदा आन्तरिक तथा…

विस्तृतमा...

भोजपुर – जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिए। “रेविज रोग नियन्त्रणको लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ” उनले भने,“यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई खोप लगाउँछौँ ।” निःशुल्क खोप अभियान यहि असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५र२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेविज…

विस्तृतमा...

काठमाडौँ- तनहुँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो । स्थानीय अपाङ्गता समन्वय समितिको गत भदौ १९ को बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षको अपाङ्गता लक्षित कार्यक्रमअन्तर्गत उनीहरुको बिमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाउन लागिएको अधिकारीको भनाइ छ । गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य बिमा अभिकर्तालाई सूचना जारी गरी सम्बन्धित वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा प्रक्रिया अगाडी बढाउन अनुरोध गरिसकेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले…

विस्तृतमा...

काठमाडौँ – डेङ्गुको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा दाहालले पानी पनि पर्न रोकिए र अब बिस्तारै जाडो सुरु हुन थालेपछि डेङ्गु सङ्क्रमणको जोखिम कम हुने बताए । तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात सय १४, मधेस प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली…

विस्तृतमा...

काभ्रेपलान्चोक- स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बिमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ । सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । उक्त केन्द्रले आजदेखि स्वास्थ्य बिमाको प्रथम सेवा प्रदान गरेको केन्द्र प्रमुख कोपिला कार्कीले बताइन् । उनकाअनुसार उक्त केन्द्रलाई आधारभूत अस्पतालका रूपमा व्यवस्थापन गर्न तत्कालै आवश्यक जनशक्ति तथा भौतिक संरचनासमेत निर्माण गर्न लागिएको छ । जनशक्तिको अभाव देखाउँदै सेवा सुरु नगरेको पाँचखाल नगरले आवश्यक व्यवस्थापन गरी आजदेखि औपचारिक रूपमा नियमित सेवा सुरु गरेको जनाएको हो । यसअघि साउन अन्तिम साता बिमा बोर्डसँग सम्झौता गरी…

विस्तृतमा...

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-९, खल्ला मसेट्टी क्षेत्रका गर्भवती महिलाहरू नजिकै प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य छन्। बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ भए पनि जोखिमपूर्ण कच्ची बाटोका कारण त्यहाँ पुग्न मुस्किल पर्छ। सेन्टर पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प छैन। सरकारले गर्भवतीको नियमित जाँच र स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्ने नीति लिए पनि यहाँ यो लागू हुन सकेको छैन। यातायातको सुविधा नभएकाले गर्भवतीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्था पुर्‍याउनुपर्ने बाध्यता छ। यहाँका स्वास्थ्य स्वयंसेविका विमला बमका अनुसार, कतिपय गर्भवती बाटोमै सुत्केरी भएर फर्कन बाध्य भएका छन्। “बाटोमा नै शिशु जन्मिएका घटना पनि छन्,…

विस्तृतमा...

काठमाडौं- दुवै आँखामा मोतियाबिन्दुको कारण कैलालीको जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन् । दुई वर्ष अघिसम्म उनले दुवै आँखाको दृष्टि गुमाएकी थिइन् । उनले भनिन्, “मेरो आँखामा दृष्टि नहुँदा आफन्त, परिवार र वरिपरिको परिवेश मात्र होइन, आफ्नो जीवन नै अन्धकारमय बनेको थियो ।” चरम गरिबी र मोतियाबिन्दुको शल्यक्रिया पछि दृष्टि फर्किन्छ भन्ने चेतनाका अभावमा चन्द्रावती अन्धकारमा जीवन बिताउन विवश थिइन् । दिनहुँका दैनिकी समेत अन्यका सहारा लिनुपर्दा उनले आफैँले आफैलाई एक्लो पाउँथिन् । दृष्टि गुमेपछिको पीडा सुनाउँदै उनले भनिन्,“दृष्टि नभएको मानिसको पीडा कस्तो हुन्छ भन्ने त केवल अनुभूतिले मात्र थाहा हुन्छ, यसलाई कसरी…

विस्तृतमा...

दैलेख- जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताए । “संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ”, उनले भने । नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश सरकारको रु १८ करोड २४…

विस्तृतमा...