सुर्खेत– फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा बिरामीको सख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गएपछि समस्या देखिएको छ । प्रारम्भमा राउते समुदायका दुई जना सदस्य बिरामी भएका थिए । त्यसपछि संक्रमण २५ जनामा फैलिएको राउटेहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या दिनहुँ बढ्दै गएको उनको भनाइ छ । बिरामीहरुलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भए पछि बिरामी राउटेहरु थला…
स्वास्थ्य डायरी
बाजुरा- बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिँदै एक शिशुको ज्यान बचाएकी छन्। गौमुल गाउँपालिका–१ माडीकी २९ वर्षीया निशा बोहराले असोज २० गते जन्म दिएकी शिशुलाई थापाले असाधारण धैर्य र समर्पणका साथ जीवन प्रदान गरेकी हुन्। निशालाई उनका आफन्तहरूले सुत्केरी गराउन माडी सामुदायिक स्वास्थ्य केन्द्र पुर्याएका थिए। स्वास्थ्य संस्थामा आइपुग्दा शिशुको टाउको पाठेघरभित्र अड्किएको र खुट्टा बाहिर निस्किएको अवस्था थियो। स्वास्थ्यकर्मीहरूले कठिन प्रयासपछि हातले शिशु निकाले, तर जन्मिएलगत्तै शिशुले श्वास लिन सकेको थिएन। “जन्मेको बच्चा निसासिएको थियो, श्वास चलिरहेको थिएन। सबैले बच्चाको मृत्यु भइसकेको ठानेका थियौँ,” अनमी थापाले भनिन्। तर, उनले आश छाडिनन्। श्वास फर्किन सक्छ भन्ने…
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह तोक्ने निर्देशन जारी गरेपछि निजी मेडिकल तथा डेन्टल कलेजहरूले त्यसप्रति चुनौती प्रस्तुत गरेका छन्। उनीहरूले मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न असम्भव रहेको जनाउँदै सरकारी स्तरको पारिश्रमिक दिन नसक्ने स्पष्ट पारेका छन्। नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीले मन्त्रालयका सचिवलाई पठाएको पत्रमार्फत भनेका छन्, “नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।” एशोसिएसनले निजी मेडिकल तथा डेन्टल कलेजहरूको आर्थिक संरचना, लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रूपमा फरक रहेको उल्लेख…
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरुको वर्गीकरण गर्ने भएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा.शर्माले जानकारी दिए । उनले भने, ‘विशेषज्ञको टोलीसहित हामीले अध्ययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।’ स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या…
कैलाली – सुदूरपश्चिम प्रदेशअन्तर्गतका दुई ठूला अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी भत्ता नपाएपछि आन्दोलित भएका छन्। कैलालीस्थित सेती प्रादेशिक अस्पतालका करार कर्मचारीहरूले चाडपर्व भत्ता, पोसाक भत्ता र महङ्गी भत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन्। करार कर्मचारीहरूले सोमबार सामाजिक विकास मन्त्रालयको कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरूले आफूहरूले वर्षौँदेखि सेवा दिँदै आए पनि नियमित कर्मचारी सरह सुविधा नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। आन्दोलनमा सहभागी कर्मचारीहरूले ‘नो पे नो वर्क’, ‘चाडपर्व खर्च खोई’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए। उनीहरूले भत्ता नपाइँकन काम गर्न नचाहने संकेत दिएका छन्। यो समस्या केवल सेतीमा मात्रै होइन, प्रदेश मातहतकै महाकाली अस्पतालमा पनि छ। त्यहाँ…
काठमाडौँ – कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रा विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीले सोमबार गरेको परीक्षणमा मकवानपुरबाट ल्याइएका अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार, सोमबार १५ थरीका तरकारीमा गरिएको परीक्षणमा अकबरे खुर्सानीमा विषादीको मात्रा सबैभन्दा बढी भेटिएको हो । जाँचको क्रममा रोकावट प्रतिशत ४५ भन्दा माथि आएको हुनाले यो खुर्सानी उपभोग गर्न अयोग्य मानिने समितिको भनाइ छ । नेपालमा विषादी परीक्षणका क्रममा ‘कार्बामेट’ र ‘अर्गानोफस्फेट’ का रासायनिक पदार्थहरूको मात्र परीक्षण हुने…
कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौबीस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्य भएको छ । सुरक्षित सुत्केरीका लागि महिलाहरू बर्थिङ सेन्टर पुग्न थालेपछि यो क्षेत्र ‘शून्य होम डेलिभरी क्षेत्र’ का रूपमा परिचित बन्दै गएको छ । स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार दुर्गम र सीमावर्ती क्षेत्रका गर्भवती महिलाहरूले नजिकै सुरक्षित र निःशुल्क सेवा पाउँदै आएका छन् । चाडपर्वमा पनि सेवा अवरुद्ध नहुने गरी स्वास्थ्यकर्मीलाई पालैपालो खटाइएको छ । चालु आर्थिक वर्षको हालसम्म १३० भन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिइसकेको चौकीले जनाएको छ । यस क्षेत्रमा मातृ तथा शिशु मृत्यु दर शून्य रहेको…
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ । लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुसररिसवतका रूपमा लिएको एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी पाँच बुँदे निर्देशन तुरुन्त कार्यान्वयन गर्न आदेश दिएको छ। मन्त्रालयका अनुसार २०८१ मंसिर २७ गतेको निर्णयअनुसार जारी निर्देशहरू अझै पूर्ण रूपमा लागू नभएकाले सबै अस्पतालहरूलाई तत्काल कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन भनिएको हो। निर्देशनअनुसार अस्पताल र स्वास्थ्य संस्थाले अबदेखि सरकारले तोकेको मापदण्डभन्दा कम पारिश्रमिक दिन नपाउने छन्। स्वास्थ्यकर्मीले तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने प्रावधान पनि छ। त्यस्तै, अस्पताल तथा शैक्षिक संस्थाले स्वास्थ्यकर्मीहरूसँग औपचारिक करार (नियुक्ति सम्झौता) गर्नुपर्नेछ। कुनै पनि संस्थाले ज्यालादारीमा काम गराउन वा…
वीरगन्ज – डेढ महिनाअघि फैलिएको हैजाको महामारी नियन्त्रण र पुनः संक्रमण रोकथामका लागि पर्सा जिल्लाका सबै १४ वटै पालिकामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई खोप खुवाएर अभियानको औपचारिक सुरुवात गरिएको हो। खोप अभियानको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी परीक्षक पुरनचन्द्र भट्टलगायतले पनि खोप लगाएका थिए। गत भदौ ६ गते वीरगन्ज महानगरमा पहिलोपटक ३ जना झाडापखालाका बिरामीमा हैजा पुष्टि भएपछि सो क्षेत्र प्रभावित…

