काठमाडौं- सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान चलाउने भएको छ । सरकारले परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका साथ यो अभियान यही असोज महिनादेखि कात्तिक महिनाभित्र सञ्चालन गर्न लागिएको हो । पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरुमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ । गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोग हालसम्म पर्सा र बारा जिल्ला गरी १ हजार ६८५ बिरामी फेला परेका छन् । त्यसैले सरकारले…
स्वास्थ्य डायरी
काठमाडौँ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा.संगीता भण्डारी समेतले एमआरआई मेशिन कम गुणस्तरको खरिद गरी गराई आर्थिक अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयाोग अनुसन्धान आयोगले उक्त आरोपको व्यहोराको प्राप्त भई उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा उक्त एमआरआई मेशिन खरिद गर्न प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रतिकुल हुने गरी बदनियत राखी खरिद आवश्यकताको पहिचान एंव खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी गराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरे गराएको देखिएको उल्लेख गरेको छ ।
चितवन – जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन् । पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की महिलाको यो रोगका कारण मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए । जिल्लामा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखा परेको छ । त्यसमध्ये १० महिला हुन भने सात पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना…
काठमाडौं- केही दिन अघिको परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले दसैँपछि परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा नष्ट गरेकाले अब सङ्क्रमण कम हुने बताए । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ । “पछिल्लो वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएको छ,” उनले भने, “जाडो पनि सुरु हुन थालेको छ । त्यसैले अब डेङ्गी सङ्क्रमणको सम्भावना कम रहेको…
काठमाडौं- कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ। सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डा विवेककुमार लालले ७५३ स्थानीय तहमा दुईदिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी दिए। यस…
काठमाडौं – भारतका विभिन्न राज्यहरुमा खोकीको औषधि ‘कफ सिरप’ सेवनबाट बालबालिकाको ज्यान गएपछि औषधि व्यवस्था विभागले नेपालमा सबै पक्षलाई सचेत गराएको छ । औषधि व्यवस्था बिभागले मंगलबार एक सुचना जारी गर्दै खोकीको औषधिको बिक्रीवितरण र सेवनमा सबै पक्षलाई सचेत गराएको हो । ‘भारतका विभिन्न राज्यमा खोकीको औषधि ‘कोल्डरिफ कफ सिरप’ प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचारहरुप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ, ‘उक्त औषधि भारतको स्रेसन फर्मा उत्पादक रहेको जानकारी हुन आएको छ । सो उत्पादक तथा त्यसका उत्पादनहरु विभागमा दर्ता नभएको सबैको जानकारीका लागि अनुरोध छ ।’ यस्ता घटनाहरु विगतमा पनि भई सकेकोले त्यसप्रति विभाग पहिले नै सचेत…
काठमाडौँ– अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले स्वस्थ आहारमा मासुको खपत न्यूनतम राख्नु आवश्यक रहेको बताएका छन्। यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले तीव्र रूपमा अस्वीकार गरेको निष्कर्षलाई थप दृढ पार्दै विज्ञहरूले शुक्रबार प्रकाशित प्रतिवेदनमार्फत आफ्ना सिफारिसहरू दोहोर्याएका हुन्। विश्वप्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनका लेखकहरूका अनुसार स्वस्थ आहार मुख्यतः बोटबिरुवामा आधारित हुनुपर्छ। यसमा पशुजन्य आहारलाई केवल मध्यम मात्रामा मात्र समावेश गरिनु पर्ने र चिनी, स्याचुरेटेड फ्याट तथा नुनको खपत यथासम्भव कम गर्नुपर्ने उल्लेख गरिएको छ। यो प्रतिवेदनले सन् २०१९ मा प्रकाशित अध्ययनलाई आधार मानेको छ। त्यतिबेला सो अध्ययनले विश्वभर मासुको खपतलाई न्यूनतम बनाउनुपर्ने सुझाव दिएको थियो। तर उक्त अध्ययनले कृषि–खाद्य उद्योगका…
कञ्चनपुर – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ। केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाईभैँसी, बाख्रा, बंगुर लगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रमक रोगविरुद्ध खोप लगाइने भएको हो। ‘तत्काल खोप अभियान सञ्चालनका लागि भेटेरिनरी संकायमा अध्ययन गरेका प्राविधिक, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मी तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई सूचीकृत गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘तिहारपश्चात खोप अभियान सञ्चालन गर्छौ।’ जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरी पशु प्राविधिक सूचीकृतको कार्य अगाडि बढाइएको उनले जानकारी दिए। उनले खोप कार्यक्रमलाई पशुपालकका गोठमै पुगेर लगाउने व्यवस्था मिलाइने…
काठमाडौँ- सुरक्षित गर्भपतन सेवाको सुनिश्चितता र निरन्तरताका लागि महिला अधिकारकर्मी, स्वास्थ्य विज्ञ तथा सरोकारवालाहरूले कानूनी सुधार र प्रभावकारी कार्यान्वयनमा तत्काल ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। नेपालमा २०५९ साल असोज १० गते मुलुकी ऐनको ११औँ संशोधनमार्फत गर्भपतनलाई कानूनी मान्यता दिइएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष असोज १० गते ‘राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस’ मनाइँदै आएको छ। यस वर्ष “सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा” भन्ने नारासहित ११औँ संस्करण देशभर मनाइँदैछ। महिला, कानुन र विकास मञ्चसहित १८ संस्था आबद्ध प्रजनन स्वास्थ्य अधिकार कार्यसमूहले जारी गरेको संयुक्त वक्तव्यमा महिलाहरू, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी निकाय र दातृ संस्थाप्रति आभार व्यक्त गर्दै सुरक्षित गर्भपतन…
काठमाडौं- पछिल्ला वर्षहरूमा घटबढ गर्दै आएको डेंगु संक्रमण यस वर्ष फेरि बढ्न थालेको छ। काठमाडौँ महानगरपालिकाभित्र पुसदेखि अहिलेसम्म २४८ जनामा डेंगु पुष्टि भइसकेको महानगरले जनाएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका तथ्यांकअनुसार सन् २०२२ मा काठमाडौँमा ९ हजार ८८६ जनामा डेंगु भेटिएको थियो। त्यसपछि सन् २०२३ मा १ हजार ७१४, सन् २०२४ मा २ हजार ९८४ र हालसम्म सन् २०२५ मा २२७ जनामा संक्रमण देखिएको छ। अस्पतालले संक्रमितको ठेगानामा पालिकाको नाम छुटेको भए पनि अधिकांश केस काठमाडौँ महानगर क्षेत्रमा देखिएको जनाएको छ। महानगरपालिकाका महामारी रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार काठमाडौँमा पहिलो पटक सन् २०१८ (वि.सं.…

