स्वास्थ्य डायरी

काठमाडौं- राजधानीमा बिक्री हुने तरकारीमा अत्यधिक मात्रामा विषादी अवशेष फेला पर्ने घटना पछिल्लो समयमा झन् बढ्दै गएको छ। आज (बिहीबार) पनि कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानीमा उच्च मात्रामा विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ। मकवानपुरका दुई किसानबाट बजारमा ल्याइएका उक्त अकबरे खुर्सानीमा क्रमशः ४९.०३२ प्रतिशत र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो। केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ थरी फलफूल तथा तरकारीको नमूना परीक्षण गर्दा यस्तो तथ्य सार्वजनिक गरेको हो। परीक्षण अनुसार, उक्त खुर्सानीमा पाइएको विषादीको मात्रा सरकारले तोकेको सीमा भन्दा निकै माथि…

विस्तृतमा...

काभ्रेपलाञ्चोक- बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित बनेको छ । चौध वर्षदेखि निरन्तर सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम स्थगन गरिएको अस्पतालले औपचारिक रुपमा घोषणा गरेको छ । सङ्घीय सरकारले सम्झौताअनुसार पर्याप्त बजेट विनियोजन नगरेका कारण चालु आर्थिक वर्ष २०८२/८३ देखि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न नसकिने ब्यहोराको पत्र बनेपा नगरपालिका कार्यालयले अस्पताललाई पठाएपछि अस्पतालले आउँदो कात्तिक १ गतेदेखि उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको हो । अस्पतालले पत्रकार सम्मेलनमार्फत गराएको जानकारीअनुसार २०६८ सालमा नगर कार्यालय र अस्पतालबीच द्विपक्षीय सम्झौता भई सङ्घीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएको थियो । नगरले यही असोज…

विस्तृतमा...

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ। काउन्सिलका अनुसार २६ असोज दिउँसो २ बजेबाट वेबसाइटमा अनधिकृत पहुँच भएको पाइएको हो। काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवले वेबसाइट ह्याक भए पनि सबै महत्वपूर्ण डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्। काउन्सिलले ह्याकिङको अनुसन्धानका लागि साइबर ब्युरोसँग समन्वय गरिरहेको जनाएको छ। डा. देवका अनुसार ब्युरोलाई सम्पूर्ण जानकारी दिइसकिएको छ र फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र नयाँ सर्भरमा काम सुरु गरिनेछ। उनका अनुसार ह्याकरको पहिचान र आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ। आइटी टिमको प्रारम्भिक परीक्षणमा केही फाइलहरू प्रभावित भएको देखिए पनि डेटा परिवर्तन वा…

विस्तृतमा...

गण्डकी- यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई डेङ्गु सङ्क्रमणको ‘हटस्पट’ उल्लेख गरेको थियो । यस वर्ष डेङ्गु सङ्क्रमणको दरमा उल्लेख्य रूपमा कमी आएको महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको पूर्वतयारी र समुदायको सजगताका कारण डेङ्गु फैलन नपाएको उनको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका…

विस्तृतमा...

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय र बेवारिसे नागरिकलगायत निःशुल्क उपचार पाउने लक्षित वर्गका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ। महानगरले लक्षित वर्गका बिरामीले उपचारमा सहजता पाउन र सेवा प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्न लागेको हो। यसका लागि आज काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख दीपक केसी र वीर अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। सम्झौताअनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ। कक्षमा नर्सिङ विषय अध्ययन गरेका तीन जना जनशक्ति करार सेवामा नियुक्त गरिनेछ। ती जनशक्तिको पारिश्रमिक काठमाडौँ महानगरपालिकाले व्यहोर्नेछ। महानगरका स्वास्थ्य विभाग प्रमुख केसीका अनुसार उक्त कक्षमार्फत कामपाको अनलाइन…

विस्तृतमा...

सिन्धुपाल्चोक – मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्थामाथि संयुक्त अनुगमन गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मंगलबार गरिएको अनुगमनमा कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालन भएका विभिन्न स्वास्थ्य संस्था कारबाहीमा परेका छन्। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँका अनुसार अनुगमनका क्रममा कतिपय संस्थाहरूलाई मापदण्डअनुसार सुधार गर्न म्याद दिइएको छ भने केही विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। उनका अनुसार जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७, बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली २०८१ अनुसार मापदण्ड उल्लङ्घन गर्ने संस्था कारबाहीको दायरामा आउने छन्। अनुगमन टोलीले मेलम्ची…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एक पटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ । बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका उपसचिव पुण्यमाया गुरागाईँले एक पटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर आवश्यक नभएको बताए । उनका अनुसार बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी सो विषयमा जानकारी गराइसकिएको छ । बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग…

विस्तृतमा...

कञ्चनपुर- महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सेवाको शुभारम्भ गरेका हुन् । सचिव रेग्मीले सेवा सञ्चालनमा आएसँगै यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने बताए । “प्रदेश सरकारको उद्देश्यअनुसार सिटी स्क्यान सेवा थपिएपछि यहाँका जनताले विशेषज्ञ सेवा पाउने छन्”, उनले भने, “भविष्यमा पनि सरकारले थप विशेषज्ञ सेवा थप्दै जानेछ ।” अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भट्टले लामो प्रयासपछि अस्पतालमा सिटी स्क्यान सेवा थपिएको बताउनुभयो । उनले ६४ ‘स्लाइस’को सिटी…

विस्तृतमा...

काठमाडौँ- अनुहारमा अचानक देखिने कालो धब्बालाई सामान्यतया चायापोतो भनिन्छ। धेरैका लागि याे केवल सौन्दर्यको समस्या हो भन्ने लाग्छ। तर चिकित्सकहरूका अनुसार यो केवल बाहिरी परिवर्तन होइन, शरीरभित्रका हर्मोन, सूर्यको किरण र जीवनशैलीसँग जोडिएको गहिरो समस्या हो। डिआइ स्किन हस्पिटलकी कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. सूचना मरहठ्ठा भन्छिन्, ‘चायापोतो अर्थात् मेलाज्मा प्रायः महिलामा देखिन्छ, त्यसमा पनि गर्भवती महिलामा बढी। हर्मोन परिवर्तन हुने बेला यसको सम्भावना बढ्छ। तर करिब १० देखि २० प्रतिशत पुरुषहरूमा पनि यो समस्या देखिन्छ।’ उनले चाँयापोतो पत्ता लगाउन सजिलो तर उपचार गर्न भने कठिन हुने बताइन्। यो समस्या मुख्यतः गाला, निधार र चिउडोमा देखिन्छ। कहिलेकाहीँ घाम लाग्ने भाग जस्तै घाँटी…

विस्तृतमा...

पोखरा- मणिपाल शिक्षण अस्पताल, पोखराले पछिल्ला दिनमा उत्पन्न नर्सिङ कर्मचारीहरूसँगको विवादबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। अस्पतालले नर्सहरूको पारिश्रमिक, सुविधा र कार्यस्थितिबारे समाजमा फैलिएका भ्रमपूर्ण समाचार असत्य रहेको दाबी गर्दै ‘श्रम शोषणका आरोपहरू निराधार’ भएको स्पष्ट पारेको हो। अस्पतालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा प्रवाह र कर्मचारी अधिकार दुवैप्रति संस्था प्रतिबद्ध रहेको जनाएको छ। तर, पछिल्ला केही दिनयता नर्सिङ कर्मचारीहरूसँग तलब तथा भत्ता वृद्धि सम्बन्धी विषयमा भइरहेको संवादका क्रममा केही गलत बुझाइ र भ्रामक सूचना फैलिएको भन्दै प्रशासनले आफ्नो धारणा सार्वजनिक गरेको हो।

विस्तृतमा...