काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सुलभ फार्मेसीमा औषधि आपूर्तिसम्बन्धी विषयलाई लिएर स्थानीय जनप्रतिनिधि तथा केही सञ्चारमाध्यमबाट औषधि व्यवसायीलाई लक्षित गरी आएका अभिव्यक्तिप्रति नेपाल औषधि व्यवसायी संघले आपत्ति जनाएको छ। संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत व्यवसायीलाई ‘माफिया’ र ‘सिन्डिकेटधारी’ जस्ता आरोप लगाउनु तथ्यहीन र आपत्तिजनक भएको जनाएको हो। जनप्रतिनिधिबाटै व्यवसायीका पसल तथा गोदाम कब्जा गर्ने वा ताला लगाउनेजस्ता अभिव्यक्ति आउनु गम्भीर र गैरकानुनी भएको संघको भनाइ छ। संघका अनुसार औषधि व्यवसाय सामान्य व्यापारिक गतिविधि मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सेवा हो। प्राकृतिक विपद्, महामारी तथा अन्य विषम परिस्थितिमा समेत निजी क्षेत्रका औषधि व्यवसायीले निरन्तर सेवा दिँदै आएको…
स्वास्थ्य डायरी
काठमाडौं – ओजेम्पिक, वेगोभी र जेपबाउन्डजस्ता तौल घटाउन प्रयोग हुने जीएलपी–१ वर्गका औषधि सेवन गर्नुअघि केही पुरुषमा कपाल झर्ने जोखिम पहिचान गर्न सकिने सम्भावना नयाँ अनुसन्धानले देखाएको छ । अमेरिकाको न्यूयोर्क विश्वविद्यालय लाङ्गोन हेल्थको नेतृत्वमा गरिएको अध्ययनले जीएलपी–१ रिसेप्टरसँग सम्बन्धित जीन र पुरुषमा हुने वंशाणुगत कपाल झर्ने समस्या अर्थात् एन्ड्रोजेनेटिक एलोपेसियाबीच आनुवंशिक सम्बन्ध रहेको देखाएको हो । अध्ययन ‘जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजी’मा प्रकाशित भएको छ । अनुसन्धानका क्रममा जीएलपी–१ जीनको उच्च गतिविधिसँग सम्बन्धित आनुवंशिक विशेषता भएका पुरुषमा वंशाणुगत कपाल झर्ने अतिरिक्त जोखिम करिब ७ प्रतिशत बढी रहेको पाइएको छ । उच्च रक्तचाप, इन्सुलिन प्रतिरोध र टेस्टोस्टेरोनको स्तरजस्ता अन्य सम्भावित कारणलाई…
नुवाकोट – भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच श्ययाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै घण्टा आकस्मिक सेवासहित बहिरङ्ग (ओपिडी), वार्ड, प्रयोगशाला, औषधिलगायत सुविधा आमसर्वसाधारणले निःशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार भोटेकोशी हुँदा त्रिशूली नदीमा आएको बाढीका कारण मानवीय र पशुचौपाय क्षतिपश्चात् फैलनसक्ने सङ्क्रमणजन्य रोग नियन्त्रणलाई…
म्याग्दी- बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार चौथो वर्ष शून्यमा कायम राखेको छ । आर्थिक वर्ष २०७८–७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्नुका साथै स्वास्थ्य समस्या हुनसक्ने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो । प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार चौथो वर्ष शून्य कायम गर्न सफल भएको नगर प्रमुख सुरत केसीले बताए । “बेनी नगरपालिकामा बसोबास गर्ने शतप्रतिशत गर्भवतीहरूले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका…
सुदूरपश्चिम – “सुदूरपश्चिम जडीबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो”, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, “यसरी एक वर्षमा निर्यात भएको जडीबुटीको औसत मूल्यलाई आधार मान्ने हो भने पनि सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा रु एक अर्ब २४ करोडको जडीबुटी निकासी गर्न सकिने सम्भावना देखिन्छ ।” सम्भावनाको यो तथ्याङ्क प्रदेशका नीति निर्माता र राजनीतिक नेतृत्वका लागि नयाँ होइन, तर सङ्घीयता कार्यान्वयन भएको करिब नौ वर्ष पुग्दा पनि प्रदेशमा न आयुर्वेद…
काठमाडौँ – सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरबाहिर महिलाले शिशु जन्माएको घटनाको स्थलगत छानबिनका क्रममा बयान लिने काम सकिएको छ। घटनाको छानबिनका लागि राजविराज पुगेको नेपाल मेडिकल काउन्सिलको टोलीले शुक्रबार अस्पतालमा ड्युटीमा रहेका कर्मचारी, नर्सिङ स्टाफ, निमित्त मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल निर्देशक तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिसँग बयान लिएको हो। काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठका अनुसार पीडित पक्षका आमाबुबासँग समेत सोधपुछ गरी बयान दर्ता गरिएको छ। उनका अनुसार घटनास्थलको निरीक्षणसँगै सम्बन्धित व्यक्तिहरूको बयान लिने काम पूरा भएको छ। अब टोली काठमाडौँ फर्किएपछि संकलित बयानलाई विद्यमान नियम तथा कानुनसँग तुलना गरेर घटनामा कसको कमजोरी वा लापरबाही भएको हो भन्नेबारे विस्तृत अध्ययन…
काठमाडौं- तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्न लागेको सुलभ फार्मेसीलाई निजी औषधि व्यवसायीसँग प्रतिस्पर्धाका रूपमा नभई सहकार्यको अवसरका रूपमा अघि बढाउन नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शुभ मान श्रेष्ठले आग्रह गरेका छन्। श्रेष्ठले तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणलाई खुला पत्र लेख्दै जनतालाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्य सकारात्मक भए पनि त्यसका लागि वर्षौंदेखि स्वास्थ्य सेवामा काम गर्दै आएका औषधि व्यवसायीलाई समस्याका रूपमा हेर्न नहुने बताएका छन्। उनले औषधि व्यवसायी केवल व्यापार गर्ने वर्ग नभई औषधिको सहज उपलब्धताका लागि लामो समयदेखि काम गर्दै आएको स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरेका छन्। सहरदेखि गाउँ तथा दुर्गम बस्तीमा औषधि पुर्याउने संरचना…
काठमाडौं- औषधि व्यवस्था विभागले नियमअनुसार दर्ता तथा सूचीकृत नगरी जडिबुटीजन्य सुगन्धित तेलको विज्ञापन, प्रचार–प्रसार तथा बिक्री–वितरण नगर्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ। विभागले सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट जडिबुटीजन्य सुगन्धित तेलका विभिन्न स्वास्थ्य लाभ र चिकित्सकीय दाबी गर्दै विज्ञापन तथा प्रचार–प्रसार भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको हो। विभागले सूचना जारी गर्दै औषधि ऐन, २०३५ तथा जडिबुटीजन्य सुगन्धित तेलको खाने र बाह्य प्रयोगका लागि प्रचलनमा रहेका उत्पादनको सूचीकृतसम्बन्धी न्यूनतम मापदण्ड, २०८१ अनुसार विभागमा सूचीकृत नभई यस्ता उत्पादन बिक्री–वितरण गर्न नपाइने जनाएको छ। त्यस्तै, औषधि ऐन, २०३५ को दफा १९ तथा औषधि दर्ता नियमावली, २०३८ को नियम…
काठमाडौं – भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राखिएको रसुवास्थित होल्डिङ सेन्टरमा २५ जनालाई झाडापखाला देखिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखालाको समस्या देखिएको जानकारी दिएका हुन्। सचिव देवकोटाका अनुसार हालसम्म अन्य गम्भीर स्वास्थ्य समस्या भने देखिएको छैन। उनले प्रभावित क्षेत्रमा परेला रोगका बिरामी पनि फेला नपरेको बताए। उनले भोटेकोसी र त्रिशूलीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिए। “अहिले बाढी प्रभावित…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले नेपालमा संस्थागत प्रसूति निःशुल्क रहेको, आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको तथा मातृ मृत्युदर घटिरहेको भन्दै गर्व गरिए पनि नागरिकले व्यवहारमा पाउने स्वास्थ्य सेवामा अझै ठूलो समस्या रहेको बताइन्। उनले संघीय सरकारी अस्पतालकै नजिक सडकपेटीमा महिलाले बच्चा जन्माउनुपर्ने अवस्था आउनु स्वास्थ्य प्रणालीको वास्तविक अवस्थाको ‘रिपोर्ट कार्ड’ भएको टिप्पणी गरिन्। कार्कीले संविधानले स्वास्थ्यको हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरे पनि कागजमा उल्लेख…

