

भक्तपुर – भक्तपुर अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्नाका लागि आवेदन आह्वान गरेको छ।
अस्पतालले २०८३ भदौ २९ गते सूचना प्रकाशित गरी योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त मागेको हो।
अस्पताल प्रशासनका अनुसार नवौँ तहको एनेस्थेसियोलोजिस्ट १ जना, कार्डियोलोजिस्ट १ जना र इ.एन.टी. सर्जन १ जना माग गरिएको छ। त्यसैगरी आठौँ तहको मेडिकल अधिकृत ६ जना र पाचौँ तहको स्टाफ नर्स १० जना गरी कुल १९ जना जनशक्तिका लागि विज्ञापन खोलिएको छ।
इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज १२ गतेसम्म कार्यालय समयमा दरखास्त बुझाउन सक्नेछन्।
भर्नासम्बन्धी विस्तृत जानकारी अस्पतालको आधिकारिक वेबसाइट (https://bhaktapurhospital.bagamati.gov.np) वा अस्पतालको सूचना पाटीबाट प्राप्त गर्न सकिने जनाइएको छ।




