स्वास्थ्य डायरी

काठमाडौँ – चिकित्सा शिक्षा आयोगको बैठकले देशभरका सरकारी तथा निजी मेडिकल कलेजमा पोस्ट ग्राजुएट (पीजी), एमडी/एमएस, नर्सिङ्ग लगायत विषयहरूमा अध्ययन गर्ने विद्यार्थीको सिट (कोटा) औपचारिक रूपमा निर्धारण गरेको छ। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक, जसको अध्यक्षता आयोगकी अध्यक्ष समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले गरिन्, ले कुल २ हजार ३० सिट टुंग्याएको हो। आयोगले सरकारीतर्फ १८ कलेजलाई १,०३१ सिट र निजीतर्फ २७ कलेजलाई ९९९ सिट दिने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कलेज–वार सिट निर्धारणबारे विस्तृत छलफल भएको बताए। उनका अनुसार सरकारी कलेजहरूलाई एक हजारभन्दा बढी र निजी कलेजहरूलाई करिब एक…

विस्तृतमा...

चितवन- माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ । गत बिहीबार राति १०:१५ बजेको समयमा चार/पाँच जनाको समूहमा आएका युवाले आक्रमण चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउपर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राईले भने, “चिकित्सकहरुले कुटपिटमा मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधैँ अदालतबाट चल्छ ।” बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा धीरञ्जनकुमार साहका अनुसार मङ्सिर…

विस्तृतमा...

काठमाडौं- औषधि व्यवस्था ऐनका दुई उपदफा खारेज गर्न माग गर्दै देशभरका औषधि व्यवसायी आज आन्दोलनमा उत्रिएका छन्। औषधि ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ तत्काल खारेज गर्नुपर्ने मागसहित उनीहरूले आज देशभरका औषधि पसल एक घण्टाका लागि बन्द गरेका हुन्। आइतबार बिहान ११ बजेदेखि आयात, थोक तथा खुद्रा सबै प्रकारका औषधि पसल एकैपटक बन्द गर्दै व्यवसायीहरू औषधि व्यवस्था विभाग पुगेका छन्। विभागको केन्द्रीय तथा शाखा कार्यालयहरूसहित सम्बन्धित निकायहरूमा व्यवसायीहरूले धर्ना दिँदै विरोध जारी राखेका छन्। औषधि व्यवसायी संघका अनुसार विवादित उपदफा खारेज नगरेसम्म आन्दोलनलाई थप कडा बनाउँदै लैजाने चेतावनी पनि दिइएको छ।

विस्तृतमा...

काठमाडौं- नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३ सय ३७ पुगेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ। विश्व एड्स दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रियामा केन्द्रका निर्देशक डा. सर्वेश शर्माले देशव्यापी तथ्यांक सार्वजनिक गर्दै संक्रमितको अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनका अनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना छन्। यसमध्ये करिब १४ हजार महिला र १९ हजार २ सय ७९ पुरुष रहेका छन्। देशभर १ हजार ५८ बालबालिका एचआईभी पोजेटिभ रहेको अनुमान छ। गत वर्ष आमाको एचआईभी परीक्षणको क्रममा २ सय २७ बालबालिकामा संक्रमण फेला परेको जानकारी उनले दिए। डा. शर्माका अनुसार सन्…

विस्तृतमा...

डडेल्धुरा- डडेल्धुरा अस्पतालले ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न थालेको छ। यसअघि एकै सिफ्टमा मात्र सेवा सञ्चालन हुँदा दिउँसो २ बजे अस्पताल पुगेका बिरामीलाई इमर्जेन्सी टिकट काट्नुपर्ने वा अर्को दिन पुनः आउनुपर्ने बाध्यता थियो। सुदूरपश्चिमका सात पहाडी जिल्लाका सर्वसाधारण यही समस्याले हैरान भइरहेका थिए। ११औँ तहका मेडिकल सुपरिन्टेन्डेन्ट नियुक्त भएपछि पहिलोपटक अस्पतालमा सेवा समयबारे प्रभावकारी परिवर्तन गरिएको हो। दुई सिफ्टमा सेवा सुरु गरिएको जानकारी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुधा देवकोटाले दिइन्। उनका अनुसार अब दिउँसोपछि अस्पताल पुगेका बिरामीले सहजै ओपीडी सेवा पाउनेछन्, जसले इमर्जेन्सी टिकट काट्नुपर्ने झन्झट अन्त्य गरेको छ। डा. देवकोटाका अनुसार पहिले २ बजेपछिका बिरामीलाई चिकित्सकले हेर्छु भने मात्र…

विस्तृतमा...

काठमाडाैं- ओखर अत्यन्त पौष्टिक फल मानिन्छ । यसमा भिटामिन बी, भिटामिन ई, ओमेगा–३, ओमेगा–६, अल्फालिनोलेनिक एसिड, म्याग्नेसियम, जिङ्क, कपर, आइरन, क्याल्सियम, एन्टिअक्सिडेन्ट र विभिन्न प्राकृतिक मिनरल प्रशस्त मात्रामा पाइन्छन्। ओखरमा पाइने एन्टिअक्सिडेन्टले कपाल र छालासम्बन्धी समस्या कम गर्न मद्दत गर्छ । नियमित सेवनले उमेर बढ्दै जाँदा देखिने चाउरीपनबाट समेत बचाउँछ। दैनिक चार–पाँचवटा ओखर खाने बानीले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग पुर्याउँछ। क्याल्सियम प्रशस्त भएकाले यो हड्डी मजबुत बनाउन उपयोगी हुन्छ। मधुमेहका बिरामीका लागि पनि यसको सन्तुलित सेवन लाभदायक मानिन्छ। यसमा हुने फाइबरले पाचन क्रियालाई मजबुत बनाउँछ र कब्जियत घटाउँछ। ओखरले मानसिक तनाव कम गर्न, मस्तिष्कलाई स्वस्थ…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ । मन्त्रालयले भाइबर, इमो र ह्वाटसएपमार्फत मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्श २४सै घण्टा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार मिर्गौला रोगसम्बन्धी सेवाका लागि नम्बर ००९७७ ९७६३४९०९०० मा भाइबर, इमो वा ह्वाटसएपमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । मिर्गौलासम्बन्धी रोगको परामर्श सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अन्य स्वास्थ्य सेवासम्बन्धी परामर्श सेवा वीर अस्पतालबाट २४सै घण्टा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए । अन्य स्वास्थ्य सेवाका लागि ००९७७ ९८५१३४५७०१ र ००९७७ ९८५१३४५७०२ नम्बरको भाइबर र…

विस्तृतमा...

काठमाडौं- विशेषज्ञको अभाव हुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको केन्द्रको सेवा प्रभावित भएको छ । केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव भएपछि यहाँबाट प्रदान गरिँदै आइएको कलेजो प्रत्यारोपण रोकिएको हो । केन्द्रका कार्यकारी निर्देशक डा कल्पना श्रेष्ठले केन्द्रका एक मात्र कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठको अवकाश भएपछि गत साउनदेखि कलेज प्रत्यारोपण रोकिएको जानकारी दिइन् । विसं २०७३ देखि केन्द्रमा कलेज प्रत्यारोपण हुँदै आएको थियो । “कलेजो प्रत्यारोपण गर्ने केन्द्रमा एक जना मात्र विशेषज्ञ चिकित्सक डा श्रेष्ठ हुनुहुन्थ्यो”, उनले भनिन्, “उहाँको अवकाश भएपछि अहिले कोही पनि सर्जन हुनुहुन्न । त्यही भएर हामीले अहिले कलेजो प्रत्यारोपण सेवा बन्द गरेका छौँ ।” निर्देशक डा…

विस्तृतमा...

काठमाडौँ- औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रा.लिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नं. सीटी २७२३ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री-वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको हो । सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जुन र म्याद सकिने मिति २०२६ मे रहेको छ । अर्थात्, म्याद गुज्रन अब करिब ६ महिना मात्र बाँकी छ तर यो औषधि बजारमा करिब अढाइ वर्षदेखि निर्बाध बिक्री-वितरण हुँदै आएको थियो । विभागले बजार अनुगमनका क्रममा विभिन्न…

विस्तृतमा...

काठमाडौं– संघीय अस्पतालको रूपमा परिचित चितवनको भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी ८८ अंक हासिल गर्दै देशकै उत्कृष्ट स्वास्थ्य सेवा दिने अस्पताल बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्ने सूचकमा सबैभन्दा अग्रस्थानमा रहेको जानकारी दिए। उनले मूल्यांकनअनुसार दाेस्राेमा भेरी अस्पताल (८३ अंक) र तेस्राेमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (७९ अंक) रहेकाे बताए । यस्तै धरान स्वास्थ्य विज्ञान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (७५ अंक) , डडेल्धुरा अस्पताल (७३ अंक) र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले (७१…

विस्तृतमा...