
काठमाडौं- औषधि व्यवस्था ऐनका दुई उपदफा खारेज गर्न माग गर्दै देशभरका औषधि व्यवसायी आज आन्दोलनमा उत्रिएका छन्। औषधि ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ तत्काल खारेज गर्नुपर्ने मागसहित उनीहरूले आज देशभरका औषधि पसल एक घण्टाका लागि बन्द गरेका हुन्।
आइतबार बिहान ११ बजेदेखि आयात, थोक तथा खुद्रा सबै प्रकारका औषधि पसल एकैपटक बन्द गर्दै व्यवसायीहरू औषधि व्यवस्था विभाग पुगेका छन्। विभागको केन्द्रीय तथा शाखा कार्यालयहरूसहित सम्बन्धित निकायहरूमा व्यवसायीहरूले धर्ना दिँदै विरोध जारी राखेका छन्।
औषधि व्यवसायी संघका अनुसार विवादित उपदफा खारेज नगरेसम्म आन्दोलनलाई थप कडा बनाउँदै लैजाने चेतावनी पनि दिइएको छ।


