चितवन- कारागार कार्यालय चितवनमा रहेका क्षयरोगीलाई छुट्टै आइसोलेसन कक्ष निर्माण गरिएको छ । यहाँ रहेका पाँच जना क्षयरोगी बिरामीलाई कारागारभित्रै छट्टै कक्षमा राखेर उपचार गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी रहेको यस कारागारमा गत भदौमा गरिएको परीक्षणका क्रममा कारागारभित्रका आठ जनालाई क्षयरोग देखिएको थियो । त्यसपछि छुट्टै आइसोलेसन कक्ष निर्माण गरी राखिएको कारागार कार्यालय चितवनका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए । जेनजी आन्दोलनपछि भागेका कैदीबन्दी पुनःफर्किएसँगै आइसोलेसनमा राखेर उपचार गर्न थालिएको हो । उनका अनुसार अहिले सो आइसोलेसनमा पाँच जना बिरामी रहेका छन् । उनले भने, “आठ जनामध्ये तीन जना अहिलेसम्म फर्किएर आएका छैनन् ।” फर्किएकालाई आएकालाई बीचमा औषधि छुटेको…
स्वास्थ्य डायरी
कैलाली- बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । पालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाउँदा भवन अधुरो छ । निर्माण कम्पनीलाई रु ३५ लाख भुक्तानी दिन बाँकी छ । भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको छ । पालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार उक्त भवन निर्माण प्रारम्भ भएको हो । यसैगरी, जिल्लाको लम्कीचुहा नगरपालिका–१० चुहामा निर्माणाधीन ५० श्ययाको सामुदायिक अस्पताल भवन पनि…
काठमाडौँ- ग्राण्डी इन्टरनेशनल अस्पताललाई आर्थिक वर्ष २०८१/८२ मा टोखा नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी कर तिरेको अस्पतालका रूपमा सम्मानित गरिएको छ। नगरको विकास तथा निर्माणमा पुर्याएको योगदानको उच्च कदर गर्दै टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवसको अवसरमा अस्पताललाई विशेष सम्मान प्रदान गरेको हो। अस्पतालले प्राप्त गरेको यस सम्मानले संस्था र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाएको बताइएको छ। ग्राण्डी इन्टरनेशनल अस्पतालले समुदायप्रति आफ्नो उत्तरदायित्व निरन्तर सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। अस्पतालका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सरकारी निकायहरूसँग सहकार्य बढाउँदै समुदाय विकासमा योगदान जारी राख्ने योजनालाई अझ प्रभावकारी रूपमा अघि बढाइनेछ।
चितवन – एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने गरेको पाइएको छ । यहाँका सङ्क्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुने गरेको एवं नखुल्दा सेवा पाउन समस्या हुने गरेको बताएका छन् । माडी नगरपालिकाकी अस्मिता महतो (नाम थर परिवर्तित)ले सङ्क्रमित भनेर खुल्दा रोजगारी नपाउने र नखुल्दा सेवा नपाउने गरेको गुनासो गरिन्। ‘खुल्दा पनि समस्या नखुल्दा पनि समस्या कसरी हामीले काम गर्ने ?,’ उनले प्रश्न गर्दै भनिन् । आफुले काम गरिराखेको संस्थाले एचआइभी सङ्क्रमित भन्ने थाहा पाएपछि कामबाट निकालेकाे समेत उनले बताइन्। आफूले एआरटी खान थालेको थाहा भएपछि रोजगारी खोसिएको उनकाे गुनासाे छ । परिवार चलाउन समस्या परेर काम…
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर सञ्चालनमा रहेका सबै एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन सम्बन्धित सबै संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयले आज सार्वजनिक गरेको सूचनामा आगामी मङ्सिर २१ गतेभित्र आवश्यक विवरण मन्त्रालयको इमेल ठेगानामा पठाउन अनुरोध गरिएको छ। सूचनामा प्रभावकारी, व्यवस्थित, मितव्ययी र सेवाग्राहीमैत्री एम्बुलेन्स तथा शववाहन सेवा सुनिश्चित गर्न एकीकृत प्रणालीलाई सुदृढ बनाउनु आवश्यक भएकाले देशभर सञ्चालनमा रहेका सबै सेवा प्रदायक संस्थाले आफ्ना सवारीसाधनको अद्यावधिक विवरण अनिवार्य रूपमा पठाउनुपर्ने उल्लेख छ। हाल ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ र ‘शववाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७’ कार्यान्वयनमा रहेकाले त्यसअनुसार सेवा व्यवस्थित गर्न मन्त्रालयले पुनः ध्यानाकर्षण गराएको छ।
मुस्ताङ- अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन् । चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याएको पाइएको छ । प्रादेशिक अस्पताल जोमसोममा पछिल्लो समय चिसोका कारण रुघाखोकी, निमोनियालगायत समस्याका बिरामी भर्ना हुने क्रम बढेको अस्पतालले जनाएको छ । हिउँदयाममा चिसोबाट जोगिन विशेष सावधानीका उपाय अपनाउन नसक्दा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलले बताइन् । उनका अनुसार अस्पतालमा भर्ना भएर सेवा लिनेमध्ये ८० प्रतिशतभन्दा बढी बालबालिका छन् । अस्पतालबाट चालु आवको साउनमा ७४९, भदौमा ६०९, असोजमा ५७० र कात्तिकमा ४८८ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । साउनमा…
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शिक्षा कन्सल्टेन्सीहरूसँग मिलेर व्यापारिक प्रचारप्रसारमा सहभागी भएका केही चिकित्सकप्रति गम्भीर आपत्ति जनाएको छ। काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले आफ्नो नाम, फोटो, डिग्री तथा पदवीलाई शिक्षा परामर्श व्यवसायको विज्ञापनमा प्रयोग गरेकोबारे परेको उजुरीपछि काउन्सिलले यसप्रति कडा ध्यानाकर्षण गराएको हो। काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले विज्ञप्ति जारी गर्दै चिकित्सकहरूले कन्सल्टेन्सीका साइनबोर्ड, ब्रोसर, पम्प्लेट तथा अन्य प्रचार सामग्रीमा आफूलाई ‘ब्रान्ड’ का रूपमा प्रस्तुत गर्नु नै कोड अफ इथिक्स तथा प्रोफेसनल कन्डक्ट्सको उल्लंघन हुने उल्लेख गरेका छन्। विज्ञप्तिमा काउन्सिलको आचारसंहिता तथा व्यवहार नियमावलीको बुँदा नं. ५(ए) को स्पष्ट उल्लंघन हुने गरी चिकित्सकको पहिचान प्रयोग गर्दै शैक्षिक परामर्श प्रदान गरिएको पाइएकाले…
डाक्टर विश्वराज दवाडी नेपाली समाजमा डाक्टर भन्नेबित्तिकै कि त ‘एमबिबिएस’ को सामान्य चिकित्सक कि त मुटु, पेट, स्नायु वा मिर्गौलाजस्ता निश्चित अङ्गको उपचार गर्ने ‘विशेषज्ञ’ भन्ने बुझाइ रहेको छ । तर, नेपालको विषम भौगोलिक बनोट र सीमित स्वास्थ्य पूर्वाधारका लागि यी दुई विधाको बीचमा एउटा यस्तो अत्यन्त महत्वपूर्ण र बहुमुखी विधा छ, जसलाई नेपालको स्वास्थ्य प्रणालीको ‘मेरुदण्ड’ मानिन्छ–त्यो हो एमडिजिपीअर्थात् ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन’ मा विशेषज्ञता । नेपालको सुदूर पहाडी जिल्ला अस्पतालहरूको सङ्कटकालीन वार्डदेखि काठमाडौँका व्यस्त कर्पाोरेट अस्पतालहरूको आकस्मिक विभागसम्म, एमडिजिपी डाक्टरहरूले नेपाली स्वास्थ्य सेवाको मुहार फेरिरहेका छन् । उनीहरूको भूमिका, क्षमता र नेपालले बेहोरिरहेका स्वास्थ्य चुनौतीहरूमाथिको प्रभावका बारेमा…
काठमाडौं – नाबालिकाहरूको डिम्ब गैरकानुनी रूपमा निकालिएको आरोप लागेका होप फर्टिलिटी एन्ड आइभीएफ सेन्टरविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सोमबार भएको सुनुवाइमा रिटलाई अग्राधिकार दिँदै आदेश जारी गरिएको हो। अधिवक्ता अंकिता त्रिपाठीले दायर गरेको रिटमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, महान्यायाधिवक्ता कार्यालय, उच्च सरकारी वकिल कार्यालय ललितपुर र सिआइबीलाई विपक्षी बनाइएको छ। रिट अनुसार नाबालिकाको उमेर ढाँटेर, अभिभावकको मञ्जुरीबिना, बेहोस बनाएर र घणौं खाना–पानी नदिई चिकित्सकीय उपकरण प्रयोग गरी डिम्ब निकालिएको कार्य जबरजस्ती करणीसमेतको दायरामा पर्न सक्ने दाबी गरिएको छ। रिटकर्ताले मुलुकी अपराध संहिता दफा २१९(३) को हवाला दिँदै चिकित्सकीय…
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैय्याको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन् । मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा कोइरालासँग छलफल गर्नुकासाथै…

