काठमाडाैं- ओखर अत्यन्त पौष्टिक फल मानिन्छ । यसमा भिटामिन बी, भिटामिन ई, ओमेगा–३, ओमेगा–६, अल्फालिनोलेनिक एसिड, म्याग्नेसियम, जिङ्क, कपर, आइरन, क्याल्सियम, एन्टिअक्सिडेन्ट र विभिन्न प्राकृतिक मिनरल प्रशस्त मात्रामा पाइन्छन्।
ओखरमा पाइने एन्टिअक्सिडेन्टले कपाल र छालासम्बन्धी समस्या कम गर्न मद्दत गर्छ । नियमित सेवनले उमेर बढ्दै जाँदा देखिने चाउरीपनबाट समेत बचाउँछ।
दैनिक चार–पाँचवटा ओखर खाने बानीले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग पुर्याउँछ। क्याल्सियम प्रशस्त भएकाले यो हड्डी मजबुत बनाउन उपयोगी हुन्छ।
मधुमेहका बिरामीका लागि पनि यसको सन्तुलित सेवन लाभदायक मानिन्छ। यसमा हुने फाइबरले पाचन क्रियालाई मजबुत बनाउँछ र कब्जियत घटाउँछ।
ओखरले मानसिक तनाव कम गर्न, मस्तिष्कलाई स्वस्थ राख्न, र पुरुषको प्रजनन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न मद्दत गर्छ। साथै नियमित ओखर सेवनले रक्तचाप, मृगौला, कोलेस्ट्रोल र मुटुसम्बन्धी समस्याबाट बचाउन उपयोगी हुन्छ र मृगौलामा पत्थरी बन्नबाट पनि जोगाउने गुण राख्दछ।









