स्वास्थ्य डायरी

चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् ।अहिले जाडो बढेसँगै रुघाखोकीका बिरामी बढेका हुन् । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार यहाँ उपचारमा आउने बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका बिरामी हुन् । उनले भने, ‘सामान्य समयभन्दा अहिले यस्ता बिरामीको चाप बढेको छ ।’ अहिले अस्पतालमा दैनिक एक हजार ५०० देखि दुई हजार हाराहारी बिरामी आउने गरेका छन् । आएका बिरामीमध्ये ३०० भन्दा बढी मौसमी रुघाखोकी र ज्वरोका रहेका उनले जानकारी दिए । अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीका अनुसार लगातार चार दिनसम्म ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने, खाना नरुच्ने…

विस्तृतमा...

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स दुर्घटनामा पर्दा चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय कुमार राई गम्भीर घाइते भएका हुन्। बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा मंगलबार बिहान करिब पौने ९ बजे एम्बुलेन्स दुर्घटना परेको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ। घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भएको होम्ताङका वडाध्यक्ष सुरेश कुमार राईले बताए।

विस्तृतमा...

पाल्पा- चिसोको तीव्रता बढेसँगै पाल्पा जिल्लामा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या उल्लेख्य रुपमा बढेको छ। अचानक तापक्रममा गिरावट आएपछि उपचारका लागि अस्पताल धाउने बिरामी बढेको पाल्पा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार अहिले दैनिक सरदर ५०–६० जना श्वासप्रश्वासका समस्या लिएर अस्पताल पुगिरहेका छन्। तापक्रम घट्दादेखि आवश्यक सावधानी र सुरक्षा नअपनाउँदा यस्तो किसिमका बिरामी बढ्ने गरेको चिकित्सकहरूले बताएका छन्। विशेषगरी ग्रामीण बस्तीका वृद्ध–वृद्धा, महिला र बालबालिकामा यो समस्या बढी देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। मौसमी परिवर्तनअनुसार खानपान र जीवनशैलीमा ध्यान नदिँदा श्वासप्रश्वाससँगै हाड–जोर्नी दुख्ने, आँखासम्बन्धी समस्या लगायतका बिरामी पनि बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। जिल्लाको मिसन अस्पताल, लुम्बिनी मेडिकल…

विस्तृतमा...

काठमाडौं – वैज्ञानिकहरूले रगतमा बसोबास गर्ने तर धेरै कम अध्ययन गरिएको ब्याक्टेरियाबाट उत्पादन हुने नयाँ एन्टि–एजिङ यौगिकहरू (इन्डोल मेटाबोलाइट) पत्ता लगाएका छन् । जसले भविष्यमा छाला पुनर्जागरण (स्किन–रिजुभेनेसन) उपचारका लागि नयाँ बाटो खोलिदिने सम्भावना देखिएको छ । प्रयोगशालामा उमारिएका मानव छाला कोषहरूमा गरिएको परीक्षणमा यी यौगिकहरूले सूजन, अक्सिडेटिभ स्ट्रेस र कलेजेन नष्ट गर्ने गतिविधिलाई उल्लेखनीय रूपमा घटाउने क्षमता देखाएका छन् । खोजिएका १२ इन्डोल यौगिकमध्ये तीन—जसमध्ये दुई पहिले कहिँ नदेखिएका सबैभन्दा प्रभावकारी प्रमाणित भएका छन् । वैज्ञानिकहरूका अनुसार यी प्राकृतिक रूपमा बन्ने अणुहरू शरीरभित्रै रहेका एक विशेष रक्त–ब्याक्टेरियाबाट उत्पादन हुन्छन, जसले छालामा हुने क्षति र सूजन दुवै घटाउने क्षमता राख्छन्…

विस्तृतमा...

काठमाडौं- नेपाल चिकित्सक संघले चिसो मौसम सुरु भएसँगै ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमणको जोखिम बढेको भन्दै सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ। संघले सोमबार जारी गरेको अपिलमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई समयमै ‘फ्लु भ्याक्सिन’ लगाउन सुझाव दिइएको छ। संघका महासचिव डा. सञ्जिब तिवारीका अनुसार, हाल देशभर चिसो बढ्दै गएपछि मानिसहरूमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेका छन् भने विभिन्न स्थानमा इन्फ्लुएन्जा भाइरसको संक्रमण देखिन थालेको छ। डा. तिवारीले भने, “रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु उपयुक्त हुन्छ। त्यसैले रोकथाममूलक कदमहरू अवलम्बन गर्नु आवश्यक छ।” संघले सरकारले जोखिमयुक्त जनसंख्यालाई खोपको दायरामा ल्याउनुपर्ने र हरेक वर्ष…

विस्तृतमा...

काठमाडौं- बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सीमित स्रोत–साधनका कारण प्रदेशका अस्पताल सञ्चालनमा चुनौती बढेको बताएका छन्। हेटौँडामा प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको एक जिल्ला एक स्वास्थ्य सहर तथा एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमका स्वास्थ्य सहजकर्ता एवम् सरोकारवालासँगको पैरवी, समन्वय तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले स्वास्थ्य सेवा व्यवस्थित बनाउन तीनै तहका सरकारबीच दृढ सहकार्य अपरिहार्य रहेको बताए। उनका अनुसार तीन तहले छुट्टाछुट्टै कार्यक्रम बनाउँदा दोहोरोपन देखा परिरहेको छ। “यदि जनप्रतिनिधि तीनै तह एकै ठाउँ बसेर योजना बनायौँ भने दोहोरोपन हट्छ,” मन्त्री थापाले भने। प्रदेश सरकारले पठाएको सशर्त बजेट धेरै स्थानीय तहमा खर्च नहुने गरेको भन्दै उनले…

विस्तृतमा...

काठमाडौँ- सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४औँ दिन (डिसेम्बर ८) विश्वभर अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनको संयोजनमा ‘राष्ट्रिय युवा परिषद् तथा मेन इन्गेज अलायन्स (ग्लोबल)’ को सह–आयोजनामा ‘अन्तरराष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्स–२०२५’ हुने भएको हो । आज पत्रकार सम्मेलनमार्फत सम्मेलन सञ्जालका प्रेस सल्लाहकार गोविन्द खड्काले डिसेम्बर ८ देखि १० सम्म तीनदिने सम्मेलन काठमाडौँमा आयोजना हुने जानकारी गराए । यस वर्ष पनि ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभरि मनाइने भएको…

विस्तृतमा...

नेपालगञ्ज- बाँकेमा एचआईभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआईभी सङ्क्रमित फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालयका एचआईभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको जानकारी दिए । तीमध्ये २७ पुरुष र १२ महिला रहेका छन् । सङ्क्रमितध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् । आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआईभी सङ्क्रमित ८० जनामध्ये १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेको जिल्ला…

विस्तृतमा...

काठमाडौं – ‘अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने नाराका साथ आज ३८औँ विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गरेकी छन् । उनले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन् । लक्ष्यको अर्थ ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरु मध्ये ९५…

विस्तृतमा...

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यौन रोगी भेटिएको हो । उनीहरूलाई भिरिङ्गी रोग देखिएको हो । उनका अनुसार असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमितमा यौन रोग बढ्न थालेको हो । अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ । त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो । जिल्लामा हाल एक हजार दुई सय ४३…

विस्तृतमा...