स्वास्थ्य डायरी

चितवन- अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बीपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतना मूलक एवं सिर्जनात्मक कार्यक्रम गरी मनाएको छ । अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर बाल क्यान्सर दिवस मनाएको हो । कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बाल क्यान्सरसम्बन्धी तालिम, अभिभावकसँग समस्या र समाधानका विकल्प विषयक छलफल र बालबालिकाको विशेष समारोह गरी बाल क्यान्सर दिवस मनाइएको हो । सो अवसरमा चित्रकला प्रतियोगितासमेत गरिएका थियो । अस्पतालको वार्डमा रहेका बालबालिकालाई मास्क, सेनिटाईजर, कापी कलम, रङ्, प्रोटिनयुक्त खाना र पानीका बोतल जस्ता…

विस्तृतमा...

बैतडी- माघ २३ गते बैतडीको पुर्चौडी–७ मा भएको बस दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ४५ जना घाइते भएका थिए। घाइतेमध्ये १४ जनाको हाल पनि धनगढीमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये पाँच जनाको डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। घटनास्थलबाट घाइतेलाई अस्पताल पुर्‍याउन झण्डै पाँच घण्टा लागेको थियो। यदि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा निर्माण भएको ट्रमा युनिट सञ्चालनमा आएको भए दुर्घटनाका घाइतेको प्राथमिक उपचार त्यहीँ सम्भव हुने थियो। तर पाँच वर्षअघि निर्माण भएको उक्त ट्रमा युनिट हालसम्म प्रयोगविहीन छ। सङ्घीय सरकारले ट्रमा सेवा सञ्चालन कार्यविधि, २०७७ अनुसार ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने…

विस्तृतमा...

कैलाली- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन मागिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने रोजगारीसम्बन्धी एक घटनाले नयाँ बहस सुरु भएको छ। सेती प्रादेशिक अस्पतालमा लामो समयदेखि कार्यरत ४५ जना नर्स, कर्मचारी, मजदुर तथा सरसफाइ कर्मी एकैपटक हटाइएको घटनाले स्थानीयस्तरमा ठूलो तरंग पैदा गरेको हो। अस्पताल प्रशासनले उनीहरूको सेवा सम्झौता नवीकरण नभएको कारण हटाइएको बताएको छ। तर निष्कासित कर्मचारीहरूले भने बिना कारण रोजगारी खोसिएको भन्दै गुनासो गरेका छन्। पीडित कर्मचारीहरूका अनुसार उनीहरू वर्षौँदेखि अस्पतालमा निरन्तर सेवा दिँदै आएका थिए। अचानक हटाइँदा उनीहरूको जीविकोपार्जनमा गम्भीर असर परेको बताएका छन्। “हामी…

विस्तृतमा...

जुम्ला- जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा रु २५ हजार तोकिएपछि स्थानीयले विरोध जनाएका छन् । जिल्ला एम्बुलेन्स समितिले आफूखसी भाडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयले असन्तुष्टि जनाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ बमोजिम जिल्ला एम्बुलेन्स समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा पुस २४ गते बसेको बैठकले जुम्ला जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्सहरूको भाडादर निर्धारण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख किरणकुमार शर्माले जानकारी दिए । निर्धारित भाडादरबारे जनगुनासो आएको स्वीकार गर्दै कार्यालय प्रमुख शर्माले भने, “आवश्यक परेमा आगामी बैठकबाट पुनरावलोकन गर्न सकिन्छ । चन्दननाथ नगरपालिकाभित्र एम्बुलेन्सको भाडा रु…

विस्तृतमा...

काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बीमा कार्यक्रममार्फत दीर्घरोगका औषधि अब एक महिनाका लागि मात्र उपलब्ध गराउने निर्णय गरेको छ। अस्पताल प्रशासनले जारी गरेको सूचनामा भनिएको छ कि लामो समयसम्म सेवन गर्नुपर्ने औषधि पहिले तीन महिनाका लागि उपलब्ध गराइँदै आएको थियो। तर, विशेष कारणका कारण माघ २९ देखि नयाँ व्यवस्था लागू गर्दै, अर्को सूचना नभएसम्म बिमित सदस्यहरूलाई औषधि एक महिनाका लागि मात्र उपलब्ध गराइने जानकारी दिइएको छ। अस्पताल प्रशासनले यस नयाँ व्यवस्थाबाट सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

विस्तृतमा...

बागमती – इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्री, बुधबार साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको अनुगमन गरेका थिए। अनुगमनको क्रममा ड्युटी समयमा अस्पतालमा डाक्टर र कर्मचारी अनुपस्थित भेटिए। घटना प्रकाशमा आएपछि बिहीबार मुख्यमन्त्रीको कार्यालयमा मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, रजिष्ट्रार तथा अस्पताल अध्यक्ष भीमसागर गुरागाईं, र निमित्त निर्देशक डा. हरिबहादुर खड्कालाई बोलाएर छलफल गरिएको थियो। मुख्यमन्त्री बानियाँले ड्युटी समयमा अनुपस्थित डाक्टर र कर्मचारीलाई सचेत गराउँदै तत्काल सुधार गर्न निर्देशन दिएका छन्। उनले चेतावनी दिँदै भने, “यदि सुधार नगरेमा प्रदेश सरकारले गैरजिम्मेवार कर्मचारी, डाक्टर र अस्पताल प्रशासनमाथि कारबाही गर्नेछ।” साथै मुख्यमन्त्रीले बिदामा बसेका कर्मचारीले…

विस्तृतमा...

नवलपरासी – नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज(शुक्रबार)बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन् । एक वर्षअघि सुरु भएको दुई तल्ले भवनको पहिलो तल्लाको ढलान कार्यक्रम आज तय गरिएको छ । अवलोकनका क्रममा चौधरीले परियोजनाको महत्व औंल्याउँदै सम्बन्धित निर्माण पक्षलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । चिसापानी अस्पताल परिसरमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना आगामी असोज २३ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस अवसरमा विनोद चौधरीले भने, ‘बर्दघाट–चिसापानीमा निर्माण भइरहेको…

विस्तृतमा...

काठमाडाैं- हरेक मानिसको शरीरमा कुनै न कुनै प्रकारको रङ हुन्छ। शरीरको रङ कसरी बन्छ भन्ने विषय धेरैका लागि कौतुहलको विषय हुन सक्छ। आमाको गर्भमै हुँदा शरीरमा मेलानोसाइट नामक विशेष कोषहरू बन्छन्, जसले मेलानिन नामक रासायनिक तत्व उत्पादन गर्छन्। यही मेलानिनले छाला, कपाल र आँखालाई रङ दिने काम गर्छ। शरीरमा मेलानिन बढी भए छाला कालो देखिन्छ भने कम भए गोरो देखिन्छ। नेपालीहरूको छाला प्रायः मध्यम खालको हुन्छ, जसलाई सामान्यतया गहुँगोरो छाला भनिन्छ। कुनै–कुनै अवस्थामा छालामा रङको मात्रा असामान्य रूपमा घट्न वा बढ्न सक्छ। रङ बढी भए कालो दाग देखिन्छ भने रङ अत्यन्तै कम भए सेतो दाग देखिन्छ, जसलाई बोलीचालीमा सेतो दुबी…

विस्तृतमा...

काठमाडौँ- आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह गरेका छन् । उनले स्वादिष्ट भोजनभन्दा शरीरलाई तन्दुरुस्त बनाउने खानेकुरामा जोड दिनुमै सबैको हित रहेको बताए । राष्ट्रिय कर्मचारी सङ्घ, राससद्वारा केन्द्रीय कार्यालयमा आयोजित ‘सन्तुलित भोजन, स्वास्थ्य जीवन’ विषयक कार्यक्रममा डा अधिकारीले स्वास्थ्य रहन सन्तुलित भोजन र स्वास्थ्य जीवनशैली अपनाउनुपर्ने सल्लाह दिए । उनले सकारात्मक भाव पैदा गर्ने खानामा दिन सबैले जोड दिन र खानाप्रतिको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । डा अधिकारीले भने, “कम्तीमा दैनिक सात हजार पाइला हिँड्न आवश्यक छ । पत्रु खाना मात्र होइन, पत्रु जीवनशैली नै त्याग्नुपर्छ ।…

विस्तृतमा...

काठमाडौँ- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुङ्गुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलसम्म रोगविरुद्धको कुनै खोप उपलब्ध नभएकाले सुङ्गुर/बङ्गुपालन फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा सुङ्गर, बङगुर मरेमा तत्काल सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयले आग्रह गरेको हो । घरपालुवा सङ्गुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा विषाणुका कारण अफ्रिकन स्वाइनफिभर लाग्ने भएकाले ती पशुमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री) आउने, कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुनेलगायत लक्षण देखिन्छ । पशुको शरीरमा निलो धब्बा देखिने, खाना नखाने,…

विस्तृतमा...