स्वास्थ्य डायरी

कैलाली- कैलालीको गेटामा सञ्चालनमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक तथा उप–प्राध्यापकका लागि आवेदन आह्वान गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै विश्वविद्यालयले शैक्षिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न २६ जना प्राध्यापक र ३६ जना उप–प्राध्यापक पदका लागि दरखास्त माग गरेको जनाएको छ। विश्वविद्यालयले आवश्यक योग्यता पुगेका उम्मेदवारलाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ।

विस्तृतमा...

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत देशभरका सबै विद्यालयमा अध्ययनरत किशोरीहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। किशोरीहरूको स्वास्थ्य, सरसफाइ र विद्यालय उपस्थितिमा सुधार ल्याउने उद्देश्यसहित यो कार्यक्रम अघि सारिएको हो। एमालेले घोषणापत्रमा किशोरीहरूले मासिक धर्मका कारण विद्यालय जान छोड्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राख्दै स्यानिटरी प्याड सहज र नियमित रूपमा उपलब्ध गराइने उल्लेख गरेको छ। यसले किशोरीहरूको आत्मविश्वास बढाउने र विद्यालय शिक्षामा निरन्तरता कायम गर्न सहयोग पुग्ने पार्टीको विश्वास छ। घोषणापत्रमा कक्षा १० सम्म अध्ययनरत सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरिने प्रतिबद्धता पनि समेटिएको छ। दिवा खाजा कार्यक्रममार्फत विद्यार्थीको पोषण अवस्था सुधार गर्नुका…

विस्तृतमा...

काठमाडौं – नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी स्पष्ट योजना तयार गरेको जनाएको छ। पार्टीले स्वास्थ्य सेवामा देखिएको अव्यवस्थालाई अन्त्य गर्दै सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्य अघि सारेको छ। बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा बोल्दै कांग्रेस सभापति गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः संरचना गरेर प्रभावकारी रूपमा सञ्चालन गरिने बताए। सभापति थापाले कांग्रेसकै पहलमा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल अलपत्र अवस्थामा पुगेको उल्लेख गर्दै अब त्यसलाई कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने भन्ने विषयमा पार्टीले गम्भीर रूपमा सोचिसकेको बताए। “हामीले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारिएको छ। अब यसलाई कसरी रन…

विस्तृतमा...

काठमाडौँ- सरकारले ५ स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत बच्चादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएकाे छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका, मोरङको इटहरी उपमहानगरपालिका, महोत्तरीको बर्दिवास नगरपालिका,स्याङ्जाको बालिङ नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य सेवा विभागका नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरादेवी निरौला जानकारी दिइन्। ती नगरपालिकाको प्रत्येक वडामा एक जना नर्सले खटिई स्थानीयवासीको स्वास्थ्यसम्बन्धी पूर्ण तथ्याङ्क सङ्लन, स्वास्थ्य अवस्थालगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने उनले बताइन् । “घरदैलो कार्यक्रममा नर्सहरु प्रत्येक घरमा गई गर्भवतीदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचसम्मको डिजिटल प्रोफाइल तयार गरिन्छ”, उनले भनिन्, “ती व्यक्तिको स्वास्थ्य जोखिमको आधारमा…

विस्तृतमा...

खोटाङ- खोटाङको जिल्ला अस्पतालमा पहिलोपटक पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ। यो सेवा सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि पनि ठुलो खर्च गरेर काठमाडौँ वा विराटनगर धाउनुपर्ने जिल्लावासीको बाध्यता हटेको छ। अस्पतालमा सेवा सुरु भएलगत्तै दुईजना महिलाको सफल शल्यक्रिया समेत गरिसकिएको छ। अस्पताल प्रमुख डा. अमिताब ठाकुरले जिल्लामै उपलब्ध विशेषज्ञताको प्रयोग गरी विपन्न र पहुँचविहीन महिलालाई लक्षित गरेर यो सेवा थालिएको जानकारी दिए। अस्पतालले पाठेघरको शल्यक्रिया मात्र नभई पाठेघरको मुखको क्यान्सर परीक्षण, बाँझोपनको उपचार र जटिल प्रसूति सेवा (दोस्रो पटकको शल्यक्रिया) समेत उपलब्ध गराउन थालेको छ। आफ्नै जिल्लामा विशेषज्ञ डाक्टर र निःशुल्क उपचार पाइने भएपछि लामो समयदेखि…

विस्तृतमा...

काठमाडौँ- आधुनिक विज्ञान र प्रविधिको युगसँगै स्वाथ्य क्षेत्रमा विकास भएका आधुनिक चिकित्सा पद्धतिका बीचमा पनि सबै खालका स्वास्थ्य समस्या प्राकृतिबाटै पनि सम्भव रहेको दाबी गरिएको छ । ध्वनि चिकित्सा विज्ञ राजाराम पाण्डेले ब्रहाम्ण्डको मौलिक ऊर्जाका रूपमा रहेको ध्वनिका माध्यमद्वारा आरोग्यता प्राप्त गर्न सकिने बताए । “ध्वनि भनेको ब्रह्माण्डको मौलिक ऊर्जा हो, जसको प्रभाव हाम्रो शारीरिक, मानसिक, भावनात्मक, र आध्यात्मिक पक्षमा प्रत्यक्ष रूपमा देखिन्छ । मानव सभ्यताको आदि कालदेखि नै ध्वनि विविध रूपमा प्रयोग हुँदै आएको छ”, उनले भने, “यो एक शुद्ध ब्रह्माण्डीय ऊर्जाको वैज्ञानिक, सूक्ष्म र सजीव प्रक्रिया हो । जसले शरीरका ऊर्जा केन्द्र (चक्रहरू) लाई सन्तुलनमा ल्याएर समग्र स्वास्थ्यमा…

विस्तृतमा...

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई थान मेडिकल ग्यास एनालाइजर हस्तान्तरण गरेको छ। यो सहयोग नेपालले कार्यान्वयन गरिरहेको राष्ट्रिय अक्सिजन रोडम्यापलाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि मानिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ महामारीका क्रममा स्वास्थ्य संस्थाहरूमा अक्सिजनको उपलब्धता मात्र होइन, गुणस्तर सुनिश्चिततामा पनि गम्भीर कमजोरी रहेको तथ्य उजागर भएको थियो। सोही अनुभवका आधारमा अक्सिजन प्रणालीलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो। बिरामीको सुरक्षाका लागि सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर वा पीएसए प्लान्टमार्फत उपलब्ध गराइने अक्सिजनले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्नु अत्यावश्यक मानिन्छ। विशेषगरी सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सेवा,…

विस्तृतमा...

काठमाडौं – मेथी स्वास्थ्यका लागि अत्यन्त लाभदायक र बहुगुणी खाद्यान्न हो। हाम्रो रैथाने परम्परामा मेथीलाई औषधि सरह प्रयोग गर्ने चलन निकै पुरानो छ। पहिलेका दिनमा पेट दुख्दा वा पखाला लाग्दा बज्यै–आमाहरूले एक मुठी चामल र दुई मुठी दालमा मेथी र लसुन घिउमा फुराएर बनाएको ‘मेथी जाउलो’ खुवाउने गर्थे। वैज्ञानिक शब्द थाहा नहुन सक्छ, तर रैथाने ज्ञानले नै रोग निको पार्ने उनीहरूको अभ्यास आज पनि उत्तिकै सान्दर्भिक छ। आधुनिक विज्ञानले पनि मेथीमा प्रशस्त औषधीय गुण हुने पुष्टि गरिसकेको छ। मेथीमा पाइने रेसादार तत्वले कब्जियत कम गर्न सहयोग गर्छ। मधुमेह (चिनी रोग) र उच्च रक्तचाप भएका व्यक्तिका लागि पनि मेथीको सेवन लाभदायक…

विस्तृतमा...

काठमाडौं – औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी’ नामक एन्टिबायोटिक औषधि न्यून गुणस्तरको भेटिएपछि तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ। औषधि व्यवस्था विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि तोकिएको मापदण्डअनुसार नपरेको पाइएको हो। विभागले जानकारी दिएअनुसार कोरेक्श फार्मास्युटिकल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित ‘एनक्लेभ ओडी’ (Amoxicillin and Clavulanate Potassium Tablets IP) को ब्याच नम्बर TEOD–026 मा गुणस्तरसम्बन्धी समस्या देखिएको छ। परीक्षणका क्रममा उक्त औषधि ‘प्रेस्क्राइब्ड आईपी २०२२’ अनुसार अमोक्सिसिलिन तथा क्लाभुलानिक एसिडको मात्रा र डिसोलुसन परीक्षणमा असफल भएको विभागले जनाएको छ। उक्त ब्याचको उत्पादन मिति डिसेम्बर २०२४ र म्याद…

विस्तृतमा...

नेपालगन्ज- बाँकेका सीमावर्ती बजारमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कुखुराको अण्डा फेला परेको छ। नेपालगन्जको जमुनाह क्षेत्रमा खटिएको संयुक्त बजार अनुगमन टोलीले विभिन्न पसलहरूबाट अवैध रूपमा भित्र्याइएको भारतीय सेतो अण्डा बरामद गरेको हो। पशु क्वारेन्टाइन कार्यालय बाँकेका अनुसार पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लागिरहेको अवस्थामा ती अण्डा पसलहरूमा बिक्रीका लागि राखिएको पाइएको हो। अनुगमनका क्रममा बरामद अण्डा कारबाहीस्वरूप जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ। पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा हरेराम यादवले अवैध आयात नियन्त्रण र जनचेतना फैलाउने उद्देश्यले बजार अनुगमन तीव्र बनाइएको बताए। उनका अनुसार विगत करिब १० वर्षदेखि भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाइएको…

विस्तृतमा...