स्वास्थ्य डायरी

जुम्ला- जुम्लाबाट नेपालगञ्जसम्म बिरामी बोक्ने एम्बुलेन्सको भाडा रु २५ हजार तोकिएपछि स्थानीयस्तरमा विरोध भएको छ । जिल्ला एम्बुलेन्स समितिले आफूखुसी भाडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयवासीले असन्तुष्टि जनाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ बमोजिम जिल्ला एम्बुलेन्स समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा गत पुस २४ गते बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरेको जनस्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख किरणकुमार शर्माले जानकारी दिए । निर्धारित भाडादरबारे जनगुनासो आएको स्वीकार गर्दै कार्यालय प्रमुख शर्माले भने, “आवश्यक परेमा आगामी बैठकबाट पुनरावलोकन गर्न सकिन्छ । चन्दननाथ नगरपालिकाभित्र एम्बुलेन्सको भाडा रु ६००…

विस्तृतमा...

काठमाडौँ- हङकङमा फेब्रुअरी ५ देखि ८, २०२६ सम्म सम्पन्न ४१औँ एशिया–प्यासिफिक नेत्ररोग प्रतिष्ठान (एपीएओ) महाधिवेशन तथा ३७औँ हङकङ नेत्ररोग वैज्ञानिक सम्मेलनमा नेपालको उल्लेखनीय सहभागिता, अन्तर्राष्ट्रिय सम्मान र द्विपक्षीय सहकार्यले नेपाली नेत्रचिकित्सा क्षेत्रको विश्वव्यापी पहिचान अझ मजबुत बनेको छ। “भविष्यतर्फ दृष्टि: नेत्रचिकित्सामा नवीनता” भन्ने नाराका साथ सम्पन्न सम्मेलनमा विश्वभरबाट करिब १५ हजार सहभागी तथा एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूको उपस्थिति रहेको थियो। उक्त सम्मेलनमा नेपालबाट ५० जनाभन्दा बढी नेत्ररोग विशेषज्ञहरूले सक्रिय सहभागिता जनाएका थिए। नेपाल नेत्ररोग समाजका महासचिव डा. तेजसु सिंह मल्लका अनुसार सम्मेलनकै क्रममा नेपालका अग्रणी भिट्रियो–रेटिना शल्यचिकित्सक डा. संयम बजिमायालाई एपीएओ विशिष्ट सेवा सम्मान प्रदान गरिएको छ। त्यस्तै,…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरे बापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए । बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार…

विस्तृतमा...

तनहुँ – प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन् । कार्यालयका अनुसार श्रावण महिनामा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३ जना बिरामीले उपचार सेवा लिएका छन् । यसैगरी कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२ र पुस महिनामा चार हजार ६३७ जना रहेका छन् । पछिल्लो समय प्रदेश आयुर्वेद चिकित्सालयमा उपचार गर्न आउने बिरामीको आकर्षण बढ्दै गएको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईँले जानकारी दिए । उनले भने, “आयुर्वेदिक उपचार विधिलाई प्रभावकारी बनाइएसँगै…

विस्तृतमा...

काठमाडौँ – काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको हो । आइतबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको थियो । प्रदूषण बढेर मङ्गलबार १९२ एक्युआई मापन गरिएको थियो । आज पनि प्रदूषण कम नभएको वातावरण विभागले जनाएको छ । विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयदेखि वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा प्रदूषकतत्व थुप्रिँदै गएको बताए । “उपत्यका कचौरा आकारको छ, हावा नचल्दा र वर्षा नहुँदा यहाँको प्रदूषण अनेत्र जान पनि सक्दैन । धुवाँधुलो हावामा तैरिएर बसिरहेको हुन्छ”, उनले भने, “साथै…

विस्तृतमा...

काठमाडौं- पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान ५६ जिल्लाका ४९३ स्थानीय तहमा सञ्चालन गरिएको छ । हिमाली र पहाडी भेगका २१ जिल्लाबाहेकका ५६ जिल्लामा ४९३ स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए। उनले खोप अभियान यही माघ २५ गतेदेखि सञ्चालन भएपछि हिमाली र पहाडी क्षेत्रमा जिल्लामा चिसो तथा हिमपात पर्ने भएकाले चैतमा खोप अभियान सञ्चालन हुने बताए। उनका अनुसार कोशीका ९ जिल्लामा ८८ स्थानीय तह, मधेसका ८ जिल्लामा ८५ स्थानीय तह, बागमतीमा १० जिल्लामा ९४ स्थानीय तह, गण्डकीका लुम्बिनीका ११ जिल्लाका ९५ स्थानीय तह, कर्णालीका…

विस्तृतमा...

कैलाली- सुदूरपश्चिम प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ। प्रदेशभर ३० हजार ७८६ जना बालिकालाई लक्षित गर्दै यो खोप अभियान सञ्चालन गरिएको हो। स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य निर्देशक मिनराज जोशीका अनुसार कैलालीमा सबैभन्दा बढी १० हजार ३४३ जना बालिकालाई खोप दिइनेछ। यस्तै, कञ्चनपुरमा पाँच हजार ५५३, डोटीमा दुई हजार ५८३, बाजुरामा एक हजार ८०६, बझाङमा दुई हजार ४९६, अछाममा दुई हजार ५७८, डडेल्धुरामा एक हजार ५१६, दार्चुलामा एक हजार ४५८ र बैतडीमा दुई हजार ४५३ जना बालिकालाई खोप लगाइनेछ। निर्देशक जोशीका अनुसार प्रदेशभरिका विद्यालयमा पुगेर सञ्चालन गरिने यो खोप कार्यक्रम माघ २७…

विस्तृतमा...

चितवन- भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ। सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ। चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ। भिटामिन डीयुक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ, तर केही अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ। भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा कल्याण सापकोटाका अनुसार, भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ। डा. सापकोटाले भने, ‘भिटामिन डी हर्मोन पनि हो। हाम्रो छालामा घामको प्रकाश पर्दा शरीरले यसलाई उत्पादन गर्छ।…

विस्तृतमा...

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि आर्थिक सहयोग गर्ने भएको छ । महानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कीर्तिपुर अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न सम्झौता भएको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र कीर्तिपुर अस्पतालका तर्फबाट अध्यक्ष भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गरेका छन् । चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअनुसार मेडिकल उपकरण खरिदका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सम्झौताअनुसार अस्पतालले सार्वजनिक खरिद प्रक्रियामार्फत एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर तथा ५०० एमए क्षमताको एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ । महानगरवासी तथा कीर्तिपुर…

विस्तृतमा...

जुम्ला – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको दायरा विस्तार गर्न आवश्यक बजेटको व्यवस्थापन गरिने स्पष्ट पारेकी छन् । मंगलबार जुम्ला पुगेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेकी स्वास्थ्यमन्त्री गौतमले प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरिन् । कठिन भौगोलिक अवस्था र सीमित स्रोतसाधनका बीच पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको उल्लेख गर्दै मन्त्री गौतमले बजेटको अभावका कारण प्रतिष्ठानको भौतिक पूर्वाधार विकास र सेवा सुधार रोकिन नहुने धारणा राखिन् । कर्णालीको सम्भावना बुझ्न आफू जुम्ला आएको बताउँदै उनले बजेट अभावकै…

विस्तृतमा...