खोटाङ- कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका ६ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र ४ जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा रु सात लाखको अक्षयकोषबाट उनीहरूलाई जनही रु सात हजार प्रदान गरिएको हो । मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापामगर र निर्मला श्रेष्ठलाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कार प्रदान गरिएको हो । यसैगरी, खार्पास्थित शारदा उच्च माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ की ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशङ्खेलाई अघिल्लो परीक्षामा…
स्वास्थ्य डायरी
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोगको स्क्रिनिङ (रोग पहिचान गर्ने काम) अभियान सुरुआत गरेको छ । उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोग पहिचान भएका बिरामीको स्वास्थ्य शिविर आयोजना गरेर निःशुल्क उपचार गर्न नगरपालिकाले स्क्रिनिङ अभियान थालनी गरेको हो । आगामी चैत पहिलो हप्तासम्म सञ्चालन हुने स्क्रिनिङ अभियानको पहिलो दिन ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । दिक्तेलस्थित नगरपालिकाको सभाहलमा आयोजित स्क्रिनिङ अभियान शुभारम्भ कार्यक्रममा सहभागी भएर स्वास्थ्य परीक्षण गराउनेमध्ये चार जनाको रक्तचाप बढेको र सात जनामा पिसाबसम्बन्धी समस्या देखिएको जनाइएको छ । पिसाबसम्बन्धी समस्या देखिएकालाई…
बागलुङ– लामो समयको प्रतीक्षापछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स–प्लाज्मा) उत्पादन सुरु भएको छ। धवलागिरि प्रादेशिक अस्पतालअगाडि रहेको रक्तसञ्चार केन्द्रमा आवश्यक उपकरणको अभावका कारण सेतो रगत उत्पादन हुन नसक्दा बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो। लामो प्रयास र करिब एक करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिएसँगै आइतबारदेखि सेतो रगत उत्पादन सुरु गरिएको हो। नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यका अनुसार विभिन्न निकायको सहयोगमा झण्डै एक करोड रुपैयाँ लगानी गरी प्रयोगशाला स्थापना गरिएको हो। उनका अनुसार केन्द्रमा तालिमप्राप्त प्रयोगशाला प्राविधिकको समेत व्यवस्था मिलाइएको छ। अब जटिल प्रकृतिका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स–प्लाज्मा बागलुङमै उपलब्ध हुने भएपछि धवलागिरि प्रादेशिक अस्पतालबाट रेफर हुने…
नेपालगन्ज– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले बाँकेमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा प्रसूति सेवाको चाप अस्वाभाविक रूपमा बढेको विषयलाई गम्भीरताका साथ लिएको बताएकी छन्। भेरी अस्पताल नेपालगन्जको निरीक्षणपछि मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री डा. शर्माले शय्या अभावका कारण बिरामीलाई उपचार दिन समस्या भइरहेको चिकित्सकहरूको गुनासोलाई गम्भीर रूपमा लिइएको उल्लेख गरिन्। अस्पतालमा शय्या संख्या बढाउनुपर्ने विषयमा कुनै दुविधा नरहेको उनको भनाइ थियो। “देशको वर्तमान आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणमा केही चुनौती अवश्य छन्,” मन्त्री डा. शर्माले भनिन्, “तर देखिएका समस्याको समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्नेछ।” मन्त्री डा. शर्माले कार्डियोलोजी विभागका लागि आवश्यक उपकरण उपलब्ध गराउने विषयमा…
काठमाडौं- नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण अनुसार सुदूरपश्चिम प्रदेशमा प्रति हजार जीवित जन्ममा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ। सर्वेक्षणका अनुसार सबैभन्दा कम नवजात शिशु मृत्युदर बागमती प्रदेशमा रहेको छ, जहाँ प्रति हजार जन्ममा १० जनाको मृत्यु हुने गरेको देखिएको छ। शिशु मृत्युदर (एक वर्षमुनिका) पनि सुदूरपश्चिम प्रदेशमै उच्च देखिएको छ। तथ्याङ्क अनुसार सुदूरपश्चिममा प्रति हजार जन्ममा ३८ जना शिशुको मृत्यु हुने गरेको छ भने बागमती प्रदेशमा यो दर सबैभन्दा कम १७ रहेको छ। त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिममै सबैभन्दा बढी देखिएको…
काठमाडौँ- नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या चिन्ताजनक देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२ अनुसार, १५–४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिलाहरू र ४१.८ प्रतिशत पुरुषहरूले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। यस्तै, ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षको उमेर नपुग्दै नै चुरोट वा अन्य सुर्तीजन्य पदार्थ सेवन सुरु गरेको पाइएको छ। यसले किशोर अवस्थामा नै लत बस्ने प्रवृत्ति बढ्दै गएको देखाउँछ। स्वास्थ्य विज्ञहरूको अनुसार, कम उमेरमै सुर्तीजन्य पदार्थको सेवन सुरु गर्नु दीर्घकालीन रूपमा क्यान्सर, मुटुरोग, श्वासप्रश्वास समस्या र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने जोखिम…
तनहुँ- जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा प्राप्ति गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निावरण मन्त्रालयको गत कात्तिक २६ मा भएको निर्णयअनुसार जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको सात रोपनी जग्गा अस्पताललाई उपयोग गर्न दिइएको हो । मालपोत कार्यालयले माघ १९ गते प्रदेश अस्पताल दमौलीलाई जग्गा उपयोगको प्रमाणपत्र उपलब्ध गराएको मालपोत प्रमुख राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समितिको नाममा रहेको पाँच रोपनी, कृषि विकास कार्यालयको नाममा रहेको दुई रोपनी र भेटेरीनरी अस्पतालको नाममा रहेको एक रोपनी जग्गा…
बागलुङ- गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकी उत्कृष्ट बनेको छ । न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनका आधारमा उक्त स्वास्थ्यचौकी उत्कृष्ट भएको हो । नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेरे उत्कृष्ट बनेको हो । मूल्याङ्कनमा नरेठाँटी स्वास्थ्यचौकीले विभिन्न स्वास्थ्य सूचकका आधारमा सो अङ्क प्राप्त गर्न सफल भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । गत वर्ष पनि नरेठाँटी स्वास्थ्यचौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो । यस वर्ष हालसम्म सम्पन्न भएका मूल्याङ्कनमा ९८ प्रतिशत अङ्कसहित नरेठाँटी स्वास्थ्यचौकी प्रदेशकै पहिलो स्थानमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग…
काठमाडौँ- नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज तिमिल्सिनालाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार पारी बिमा ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको जानकारी दिए । उक्त प्रकरणमा यसअघि तीन कम्पनीका छ जना पक्राउ परिसकेका छन् । उक्त प्रकरणले अन्तरराष्ट्रियस्तरमा…
काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेको यो सर्वेक्षण नेपालमा गरिएको चौथो बहुसूचक सर्वेक्षण हो । सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २७ शिशुको १ वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ । त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रति एक हजार जीवित जन्ममा ३१ रहेको छ । नवजात…

