
काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बीमा कार्यक्रममार्फत दीर्घरोगका औषधि अब एक महिनाका लागि मात्र उपलब्ध गराउने निर्णय गरेको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनामा भनिएको छ कि लामो समयसम्म सेवन गर्नुपर्ने औषधि पहिले तीन महिनाका लागि उपलब्ध गराइँदै आएको थियो। तर, विशेष कारणका कारण माघ २९ देखि नयाँ व्यवस्था लागू गर्दै, अर्को सूचना नभएसम्म बिमित सदस्यहरूलाई औषधि एक महिनाका लागि मात्र उपलब्ध गराइने जानकारी दिइएको छ।
अस्पताल प्रशासनले यस नयाँ व्यवस्थाबाट सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।



