स्वास्थ्य डायरी

काठमाडौं – औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी’ नामक एन्टिबायोटिक औषधि न्यून गुणस्तरको भेटिएपछि तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ। औषधि व्यवस्था विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि तोकिएको मापदण्डअनुसार नपरेको पाइएको हो। विभागले जानकारी दिएअनुसार कोरेक्श फार्मास्युटिकल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित ‘एनक्लेभ ओडी’ (Amoxicillin and Clavulanate Potassium Tablets IP) को ब्याच नम्बर TEOD–026 मा गुणस्तरसम्बन्धी समस्या देखिएको छ। परीक्षणका क्रममा उक्त औषधि ‘प्रेस्क्राइब्ड आईपी २०२२’ अनुसार अमोक्सिसिलिन तथा क्लाभुलानिक एसिडको मात्रा र डिसोलुसन परीक्षणमा असफल भएको विभागले जनाएको छ। उक्त ब्याचको उत्पादन मिति डिसेम्बर २०२४ र म्याद…

विस्तृतमा...

नेपालगन्ज- बाँकेका सीमावर्ती बजारमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कुखुराको अण्डा फेला परेको छ। नेपालगन्जको जमुनाह क्षेत्रमा खटिएको संयुक्त बजार अनुगमन टोलीले विभिन्न पसलहरूबाट अवैध रूपमा भित्र्याइएको भारतीय सेतो अण्डा बरामद गरेको हो। पशु क्वारेन्टाइन कार्यालय बाँकेका अनुसार पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लागिरहेको अवस्थामा ती अण्डा पसलहरूमा बिक्रीका लागि राखिएको पाइएको हो। अनुगमनका क्रममा बरामद अण्डा कारबाहीस्वरूप जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ। पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा हरेराम यादवले अवैध आयात नियन्त्रण र जनचेतना फैलाउने उद्देश्यले बजार अनुगमन तीव्र बनाइएको बताए। उनका अनुसार विगत करिब १० वर्षदेखि भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाइएको…

विस्तृतमा...

काठमाडौँ – सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । वि.सं. २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो । तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखानाका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिए। “केही समय समस्या भएको थियो, हाल उत्पादन वृद्धिमा ध्यान दिएर लागेका छौँ । उत्पादन वृद्धिसँगै कारोबारमा बढाइरहेका छौँ”, उनले भने,“हाल सरकारी औषधालयमा मात्र रु दुई करोड बराबरको औषधि माग आएको छ ।” कुनै बेला आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुने वैद्यखाना साउनयता नाफामा गएको कार्यकारी निर्देशक केसीले जानकारी दिए। समयमा कच्चापदार्थको आपूर्ति नहुँदा औषधि उत्पादन…

विस्तृतमा...

काठमाडौं –  काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। सोमबार वायु गुणस्तर सूचकांक १७८ बाट बढेर आज १९१ पुगेको छ। यस परिस्थितिले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, र श्वास–प्रश्वास तथा मुटुरोगीमा असर गर्न सक्ने चेतावनी दिइएको छ। विश्वव्यापी सूचीअनुसार काठमाडौँ वायु गुणस्तर सूचकांकमा भारतको दिल्ली र पाकिस्तानको लाहोर पछि तेस्रो स्थानमा पुगेको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार, वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्ने सम्भावना रहेको छ। वर्षा पराजुलीले भने, उपत्यकामा सवारी साधनको वृद्धि, डिजेल–पेट्रोलको धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, वन डढेलो र लामो सुक्खा मौसम प्रदूषण बढाउने मुख्य कारण हुन्। सरकारले वायु गुणस्तर सुधारका…

विस्तृतमा...

बैतडी– जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन थालिएको छ । स्वास्थ्यकर्मीहरू टोलटोलमै परीक्षण थालिएको हो । सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले नसर्ने रोगको पहिचानका लागि एकमहिने अभियानअन्तर्गत गाउँपालिकाले टोलटोलमै स्वास्थ्यकर्मी खटाएको जानकारी दिए । गाउँपालिकाभरिका आठवटै वडाका ६६ टोलमा स्वास्थ्यकर्मी खटाएर नसर्ने रोगको परीक्षण भइरहेको बताइएको छ । उनले भने, ‘हामीले प्रत्येक टोलमा स्वास्थ्यकर्मीलाई खटाएर नसर्ने रोगको परीक्षण गरिरहेका छौँ । आठवटै वडाका ६६ वटा टोलमा यो अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुसार औषधिसमेत वितरण गरिरहेका छौँ ।’ नसर्ने रोगको पहिचानका लागि एकमहिनेअन्तर्गत स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने…

विस्तृतमा...

नवलपरासी- पश्चिम नवलपरासीमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक देखिएको छ। स्थानीय तहसँगको समन्वयमा हेलन केलर इन्टरनेशनलले बेस नेपालमार्फत सञ्चालन गरेको ‘पोषणमार्फत जीवन रूपान्तरण’ परियोजनाअन्तर्गत गरिएको पोषण लेखाजोखामा उल्लेखनीय संख्यामा बालबालिका कुपोषित भेटिएका हुन्। जिल्लाका सातै स्थानीय तहमा भइरहेको पोषण लेखाजोखाअनुसार हालसम्म १३ हजार २२६ जना बालबालिकाको जाँच गर्दा १५ प्रतिशतमा कुपोषणको समस्या देखिएको छ। जसमध्ये १३ दशमलव ७ प्रतिशत अर्थात एक हजार ८१६ जना बालबालिकामा मध्यम खालको कुपोषण र एक दशमलव तीन प्रतिशत अर्थात १७२ जनामा कडा खालको कुपोषण पुष्टि भएको छ। जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका कुल २२ हजार ६३६ जना बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गर्ने लक्ष्य…

विस्तृतमा...

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणलाई लक्षित गर्दै ‘सुरक्षित मातृत्व अभियान’ विशेष अभियान सुरु गरेको छ । विभिन्न स्थानीय तहका अधिकारी सहभागी रहेको कार्यक्रमले निःशुल्क प्रयोगशाला तथा युएसजी परीक्षण, सम्मानजनक सेवा प्रवद्र्धन र स्थानीय तहस्तरीय अनुगमनलाई एकीकृत ढङ्गले अघि बढाउने निचोड पनि निकालेको छ । सेवाको निरन्तरतामा चुनौती लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा गर्भवती जाँच (एएनसी) ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगेको छ । तर सुत्केरीपछिको जाँच (पीएनसी) ६६ प्रतिशतमा सीमित रहनु सेवाको निरन्तरतामा चुनौती देखिएको सङ्केत भएको जनाइएको छ । सार्वजनिक विवरणमा आर्थिक वर्ष २०८१/८२ मा ७९ हजार ५३६ संस्थागत…

विस्तृतमा...

काठमाडौँ- जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए । कात्तिक र मङ्सिर १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको उनले जानकारी दिए । “जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि घाइते सम्पर्कमा आएनन् भनेर जानकारी दियो । त्यसैले वर्गीकरणको सङ्ख्या धेरै भएन”, प्रवक्ता बुढाथोकीले भने । उगले सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण सङ्कलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि…

विस्तृतमा...

काठमाडौँ– अब स्वास्थ्य बीमा प्रणालीमा बिमितले आफ्नो खर्च विवरण सजिलै थाहा पाउने भएका छन्। स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै बिमितको खाताबाट दैनिक रुपमा गरिएको दाबी रकमको विवरण एचआईभी एलर्ट प्रणालीमार्फत बिमितको मोबाइलमा एसएमएसमार्फत प्राप्त हुने व्यवस्था सुरु गरिएको जानकारी दिएको छ। पहिले बिमितले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत औषधी वा उपचार गर्दा अस्पतालबाट बिल पाए पनि कति रकम खर्च भयो र कति बाँकी छ भनेर थाहा पाउन जटिलाइ भएको थियो। बिमितहरूले आफ्नो खातामा खर्च र बाँकी रकम तुरुन्तै पत्ता लगाउने सुविधा माग गर्दै आएका थिए। बोर्डले यस नयाँ डिजिटल सेवा सुरु गरेर बिमितको सहजता, पारदर्शिता र विश्वास अझ मजबुत बनाउन…

विस्तृतमा...

काठमाडौँ – सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन आग्रह गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि किशोरीहरुलाई खोप लगाउन आग्रह गरेका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान सुरु गरेको छ । “आधारहिन हल्ला र भ्रममा नलागौँ । अरुका कुरा सुनेर आफ्ना बालिकाको स्वास्थ्यसँग खेलवाड नगरौँ । आफ्नो स्वास्थ्यको संरक्षणका लागि खोप लगाऔँ”, अध्यक्ष प्रा.डा. अधिकारीले भने, “एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट…

विस्तृतमा...