काठमाडौं । नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूले अघि सारेका मागप्रति कलेज व्यवस्थापनले बेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गत भदौ ३१ गतेदेखि विभिन्न माग राख्दै आवासीय चिकित्सकहरू कामबाट विमुख भएको अवस्थामा समेत कलेज प्रशासनले उनीहरूका मागबारे कुनै सुनुवाइ नगरेको भन्दै सङ्घले आपत्ति जनाएको हो। सङ्घका अनुसार कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरू तनावपूर्ण अवस्थाका बाबजुद अहोरात्र सेवामा खटिनुपर्ने स्थिति रहेको छ। उनीहरूको ड्युटी आवर, तलब, भत्तालगायतका सुविधामा एकरूपता नरहेको र त्यसको वैज्ञानिक ढङ्गले व्यवस्थापनसमेत नगरिएको सङ्घले जनाएको छ। आवासीय चिकित्सकमाथि अन्यायपूर्ण रूपमा अनावश्यक कारबाही गर्ने कामसमेत भएको भन्दै सङ्घले आपत्ति जनाएको छ। कलेज…
स्वास्थ्य डायरी
चितवन । समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ । आठ वर्षभित्र आँखाको समस्या देखिएमा यसको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् । भरतपुर आँखा अस्पतालका बाल आँखारोग विशेषज्ञ डा मनिषा श्रेष्ठ जन्मिएको दुई वर्षभित्रमा आँखा परीक्षण गर्नुपर्नेमा जोड दिन्छिन् । दुई वर्षसम्ममा आँखाको विकासक्रम ८० प्रतिशत हुने जनाउँदै उनले यही समयभित्र परीक्षण गरे कुनै समस्या भएमा समाधान हुने बताइन् । उनले भनिन्, “बालबालिकाहरूको दुई वर्षसम्मको समय आँखाका लागि निकै महत्त्वपूर्ण समय हो ।” यो समयलाई सुनौलो हजार दिन पनि भनिन्छ । यो समयमा नसकेमा आठ वर्ष नकटाउन उनले सुझाव दिइन्। सामान्यतया गर्भधारणदेखि बच्चाको दुई वर्ष उमेरसम्मको समयलाई सुनौलो…
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लामा मिर्गाैलाका बिरामीले अझै पनि ‘डायलासिस’ सेवा पाउन सकेका छैनन् । यहाँका सात पहाडी जिल्लामध्ये डडेल्धुरा अस्पतालमा पाँच शय्याको मिर्गाैला ‘डायलासिस’ सेवा सञ्चालनमा छ । भने बाँकी ६ जिल्लाका मृगौला पीडित बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । पाँच शय्या रहेको डडेल्धुरामा ३० जनाले डायलासिस सेवा लिइरहेको अस्पतालले जनाएको छ । यहाँका पहाडी जिल्लाका मृगौला पीडित बिरामी उपचारका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका साथै भारतका विभिन्न अस्पतालसमेत धाउनुपर्ने बाध्यता छ। तराईको दुई जिल्ला र डडेल्धुरामा ‘डायलासिस’ सेवा रहेपनि चाप अत्यधिक हुँदा बिरामीले सहज रुपमा सेवा नपाउने स्थिती रहेको छ। कैलालीको सेती प्रादेशिक,…
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्। काउन्सिलले असोज ५ र ६ गते सञ्चालन गरेको परीक्षामा एमबीबीएसतर्फ लाइसेन्सका लागि १ हजार ७५ जनाले आवेदन दिएका थिए। तीमध्ये १ हजार ५४ जनाले परीक्षा दिएका थिए। परीक्षा दिएका १ हजार ५४ जनामध्ये ४७३ जना मात्रै उत्तीर्ण भएका छन्। यो कुल परीक्षार्थीको ४४.८८ प्रतिशत हो। एमबीबीएसतर्फ ५८१ जना अनुत्तीर्ण भएका छन्। यस्तै, बीडीएसतर्फको नतिजा पनि कमजोर देखिएको छ। काउन्सिलका अनुसार परीक्षा दिएका १३१ जनामध्ये ३८ जना मात्रै उत्तीर्ण भएका छन्। यो कुल परीक्षार्थीको २९.०१ प्रतिशत हो। बीडीएसतर्फ ९३ जना अनुत्तीर्ण भएका छन्…
काठमाडौं । औषधि व्यवस्था विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको मधुमेहको औषधि ‘ग्लिपिड–१’ गुणस्तरहीन नभएको दाबी गर्दै उत्पादक टाइम फार्मास्युटिकल्स लिमिटेडले विभागको निर्णय पुनर्विचार गर्न माग गरेको छ। विभागले असोज १ गते टाइम फार्मास्युटिकल्सद्वारा उत्पादित ब्याच नम्बर जीएम–०७० को ‘ग्लिपिड–१’ तोकिएको घुलन (डिसोलुसन) परीक्षणमा मापदण्डअनुसार नदेखिएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। तर कम्पनीले असोज ४ गते विभागलाई पत्र पठाउँदै आफ्नै प्रयोगशालामा रहेको ‘कन्ट्रोल नमुना’ परीक्षण गर्दा औषधिको गुणस्तर ठीक रहेको दाबी गरेको हो। विभाग स्रोतबाट प्रप्त भएको पत्रअनुसार कम्पनीले विभागमा यसअघि नै बुझाइएको उत्पादन मापदण्डअनुसार परीक्षण गर्दा समेत उक्त औषधि ‘डिसोलुसन फेल’ भएको नदेखिएको जनाएको छ। टाइमले औषधिको…
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ छातीमा असजिलो भएपछि स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्। मंगलबार मध्यान्ह महाबौद्धस्थित ट्रमा सेन्टर पुगेका उनले चिकित्सकको टोलीमार्फत आवश्यक स्वास्थ्य परीक्षण गराएका हुन्। तर, गृहमन्त्रीले छातीसम्बन्धी समस्या देखिएपछि उपचारका लागि रोजेको अस्पताललाई लिएर अहिले प्रश्न उठेको छ। दुर्घटना तथा ट्रमा उपचारका लागि परिचित राष्ट्रिय ट्रमा सेन्टरमै छातीको परीक्षण गराउन पुग्नु र नजिकै रहेको वीर अस्पताल नजानुको हास्यास्पद रहेकाे बताइन थालेकाे छ। ट्रमा सेन्टरमा छातीसम्बन्धी परीक्षण वा उपचार हुँदै नहुने भन्ने होइन। तर, छाती तथा श्वासप्रश्वाससम्बन्धी उपचारका लागि वीर अस्पतालमा छुट्टै छाती तथा श्वासप्रश्वास युनिट छ। अस्पतालको आधिकारिक विवरणअनुसार त्यहाँ पल्मोनरी, क्रिटिकल केयर तथा…
बागलुङ । डेंगुको केन्द्र बनेको बागलुङ बजार क्षेत्रमा संक्रमणको कारण, जोखिमका कारक तथा फैलिरहेको डेंगुको भेरियन्ट पहिचान गर्न विशेषज्ञ टोलीले ‘भेक्टर सर्भे तथा केस–कन्ट्रोल’ सर्वेक्षण सुरु गरेको छ। स्वास्थ्य सेवा विभागका डा. गोकर्ण दाहाल, फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी र विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त सहभागी टोलीले बागलुङ नगर क्षेत्रका १५० घरधुरीमा डेंगु सार्ने एडिस जातको लामखुट्टेको अवस्था अध्ययन गरिरहेको छ। सर्वेक्षणमा प्रदेश जनस्वास्थ्य कार्यालय, धौलागिरि प्रादेशिक अस्पताल, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा फेयरमेड फाउन्डेसनले सहजीकरण गरिरहेका छन्। टोलीले डेंगु संक्रमित र संक्रमित नभएका व्यक्तिबीच जोखिमका कारक तुलना गर्न ‘केस–कन्ट्रोल’ अध्ययनसमेत गरिरहेको छ। धौलागिरि प्रादेशिक…
ललितपुर । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्याङ्कन गरिएको जानकारी दिए । जनस्वास्थ्य कार्यालयले आज आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्याङ्क प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट शिक्षण अस्पतालले जिल्लाका निजी अस्पतालमध्ये प्रथम स्थान हासिल गरेको जानकारी दिइयो । कार्यक्रममा जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए । त्यस अवसरमा सहभागी अस्पतालले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्क प्रस्तुतका…
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले प्रसूतिका बेला हुने हिंसालाई कसुरका रूपमा वर्गीकरण गर्नुपर्ने माग गरेका छन्। महिला, कानुन र विकास मञ्चले आयोजना गरेको ‘सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधनसम्बन्धी कानुनको आवश्यकता’ विषयक छलफलमा सांसद सुशीला ढकाल आचार्यले प्रसूतिका समयमा हुने समस्यामा श्रीमान्ले साथ र सहयोग गर्नुपर्ने बताइन्। सांसद बलावती शर्माले प्रसव पीडाका बेला हुने हिंसा न्यूनीकरणका लागि कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन्। पारिवारिक हिंसा न्यूनीकरण गर्नुका साथै चिकित्सक र नर्सलाई यस विषयमा सचेत गराउनुपर्ने उनको भनाइ थियो। सांसद ललिताकुमारीले चिकित्सक र नर्सलाई अपमानित हुने अभिव्यक्ति नदिन आग्रह गर्दै कमजोरी भए सुधार गर्नुपर्ने बताइन्। सांसद राधिका रम्तेलले केही समयअघि कालिकोटमा प्रसूति…
लमजुङ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको काम सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत मात्रै पूरा भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०७८ साउन १९ गते सम्झौता भएको अस्पतालको काम विसं २०८१ असारदेखि रोकिएको छ। निर्माणको काम रोकिए पनि पटकपटक म्याद थपिँदै आएको गाउँपालिकाले जनाएको छ। पछिल्लो पटक गत भदौमा तीन महिनाका लागि निर्माणको म्याद थप गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीले काम अघि बढाउने भन्दै पटकपटक म्याद थप्दै गए पनि अपेक्षित प्रगति हुन सकेको छैन। निर्माणको काम क्रमशः रोकिँदै आएको र व्यवसायीलाई काम अघि…

