स्वास्थ्य डायरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएकी छन्। नर्सिङ पेशाबाट राजनीति यात्रा सुरु गरेकी मेहता अहिले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै संघीय सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुगेकी हुन्। सुनसरीको इनरुवामा २०४४ साल साउन २२ गते जन्मिएकी मेहता पेशागत रूपमा नर्स हुन्। भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर अध्ययन पूरा गरेपछि उनी नेपाल फर्किएकी थिइन्। त्यसपछि उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा स्वास्थ्य सेवा प्रदान गर्दै आएकी थिइन्। सांसदको प्रमाणपत्र लिएपछि मात्रै उनले आफ्नो पेशागत जिम्मेवारीबाट राजीनामा दिएकी हुन्। मेहता रास्वपाको स्थापनाकालदेखि नै पार्टीसँग आबद्ध रहँदै आएकी थिइन्। अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा परे पनि सांसद बन्न सफल…

विस्तृतमा...

लुम्बिनी – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाको हिसाबले पुनः उत्कृष्ट अस्पताल घोषित भएको छ। न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै उक्त अस्पतालले लगातार तेस्रो वर्ष देशभर पहिलो स्थान कायम राख्न सफल भएको हो। यस वर्ष ‘सेकेण्डरी बी’ लेभलको मूल्याङ्कनमा सुधार गर्दै ९० अंक प्राप्त गरी अस्पतालले आफ्नो उत्कृष्टता निरन्तरता दिएको छ। अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक पूर्वाधार तथा जनशक्तिबारे विस्तृत प्रस्तुति गरिएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालप्रति जनमानसमा रहेको नकारात्मक धारणा क्रमशः हट्दै गएको उल्लेख गरे। उनले मूल्याङ्कनमा प्राप्त अंक मात्रै होइन, सेवाग्राहीले प्रत्यक्ष अनुभूति…

विस्तृतमा...

चितवन- चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । अस्पतालले चैत २५ गते आफ्नो ७० औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । जसको लागि अस्पताल विकास समितिका अध्यक्ष डा. ढुण्डीराज पौडेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु बनाईएको छ । वार्षिकोत्सव अन्तर्गत खेलकुद प्रतियोगिता, कविता प्रतियोगिता, स्वास्थ्य सम्बन्धी वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, वार्षिक प्रतिवेदन र स्मारिका प्रकाशन तथा विमोचन, निःशुल्क स्वास्थ्य शिविर, वृहत् रक्तदान कार्यक्रम, फलफुल वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मान लगायत थुप्रै कार्यक्रमहरू रहने उनले बताए । यस अस्पतालको स्थापना वि.सं. २०१३ सालमा राप्ती दुन…

विस्तृतमा...

काठमाडौँ- गौरीबहादुर कार्की संयोजकत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदनले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा स्वास्थ्य प्रणाली नै संकटमा परेको देखाएको छ। प्रतिवेदनअनुसार आन्दोलनका क्रममा ठूलो संख्यामा गोली लागेका घाइतेहरू एकैपटक विभिन्न अस्पतालमा पुगेपछि आपतकालीन अवस्था सिर्जना भएको चिकित्सकहरूले बताएका छन्। राष्ट्रिय ट्रमा सेन्टर, केएमसी अस्पताल र सिभिल अस्पतालका चिकित्सकहरूका अनुसार प्रारम्भिक अनुमानभन्दा फरक, सामान्य लाठीचार्ज नभई व्यापक रूपमा गोली प्रहार भएको देखिएको थियो। चिकित्सकहरूका अनुसार अधिकांश घाइतेको छाती, टाउको र स्पाइनल कर्ड जस्ता अति संवेदनशील अंगमा गोली लागेको थियो, जसले अवस्थालाई झन् जटिल बनाएको थियो। घटनापछि अस्पतालहरूले तत्काल इमर्जेन्सी घोषणा गर्दै बेड खाली गराउने, अपरेशन थिएटर तयारी अवस्थामा…

विस्तृतमा...

काठमाडौं – धुम्बाराहीस्थित हाम्स अस्पतालले कोलोरेक्टल क्यान्सर सचेतना महिनाको अवसरमा निःशुल्क स्क्रिनिङ शिविर सुरु गरेको छ। विश्वभर मार्चलाई कोलोरेक्टल क्यान्सर सचेतना महिनाका रूपमा मनाइने परिप्रेक्ष्यमा, हाम्स अस्पतालले हरेक वर्षझैं यस वर्ष पनि जनचेतना र स्वास्थ्य जाँचको लागि विशेष अभियान सञ्चालन गरेको हो। अस्पताल प्रशासनका अनुसार, शिविर १५ मार्चबाट सुरु भई २७ मार्चसम्म सञ्चालन हुनेछ। “कोलोरेक्टल क्यान्सरको उपचारमा सबैको समान पहुँच” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ संचालन हुने यस शिविरमा सहभागी हुनेहरूलाई प्रारम्भिक जाँच र विशेषज्ञ परामर्श निःशुल्क उपलब्ध गराइनेछ। कोलोरेक्टल क्यान्सर ठूलो आन्द्रा (कोलोन) वा मलाशयमा सुरु हुने क्यान्सर हो, जुन पाचन प्रणालीको अन्तिम भागसँग सम्बन्धित छ। चिकित्सकहरूका अनुसार, यो क्यान्सर…

विस्तृतमा...

दैलेख- दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो । तर यहाँस्थित दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका आठबीस नगरपालिका–७ गैराखेतका एक युवकको ज्यान जोगिएको छ । अस्पतालका इन्चार्ज डा मनोज विश्वकर्माको टोलीले सदरमुकामदेखि ११० किलोमिटर टाढाको सो स्थानमा पुगेर गुडिरहेको एम्बुलेन्सभित्रै आपत्कालीन उपचार गरेको हो । २७ वर्षीय जीवन चन्दलाई बुधबार राति ३१ वर्षीय जिराबहादुर चन्दले धारिलो हतियार प्रहार गरी नाडी नै छिनाल्ने प्रयास गरेका थिए । मदिरा सेवन गरी भएको सामान्य विवाद र पुरानो रिसइबीका कारण सो घटना…

विस्तृतमा...

चितवन- चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्ण प्रसाद पौडेलले अझ गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह तर्फ आफूहरूको ध्यान केन्द्रित भएको बताएका छन् । अस्पतालले चैत २५ गते ७० औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको बताउँदै उनले अस्पतालमा नयाँ-नयाँ सेवा थप गरी अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइएको जानकारी दिए । मेरुदण्डमा समस्या भएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर सञ्चालनमा ल्याउन लागिएको उनले बताए । त्यस्तैगरी, मानसिक स्वास्थ्यसम्बन्धी उपचार, पुनर्स्थापना सेवा र जनचेतना अभिवृद्धिको उद्देश्यसहित अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य  केन्द्र स्थापना गरी सञ्चालन गर्न लागिएको जानकारी दिए । यो केन्द्र…

विस्तृतमा...

काठमाडौं- मध्यपूर्व (पश्चिम एसिया) क्षेत्रमा चर्किँदै गएको द्वन्द्वको प्रभाव नेपालसम्म आइपुगेको छ। यसको प्रत्यक्ष असर देशको औषधि उत्पादन र आपूर्ति प्रणालीमा पर्न थालेको सरोकारवालाहरूले बताएका छन्। नेपाल औषधि उत्पादक संघ (एप्पोन) का महासचिव सन्तोष बरालका अनुसार कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा औषधि उद्योग दबाबमा परेको छ। औषधि उत्पादनदेखि प्याकेजिङसम्म पेट्रोलियमका उपउत्पादनमा उच्च निर्भरता हुने भएकाले आपूर्ति शृंखलामा समस्या आउँदा औषधि अभाव र मूल्यवृद्धिको जोखिम बढेको उनले बताए। औषधि उद्योगका अनुसार धेरैजसो औषधिका कच्चा पदार्थ पेट्रोकेमिकलबाट तयार हुने गर्छन्। पेट्रोलियमको मूल्य बढेसँगै ती कच्चा पदार्थको लागत स्वतः बढ्ने र त्यसको सिधा प्रभाव औषधिको उत्पादन लागत तथा बजार…

विस्तृतमा...

जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्नेमा जोड दिइएको छ । प्रतिष्ठानको आयोजनामा बुधबार यहाँ भएको सर्वदलीय सर्वपक्षीय छलफल तथा सुझाव ग्रहण कार्यक्रमका सहभागीहरूले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकको अभाव हुन नदिन सबै जिम्मेवार बन्नुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्वास्थ्य नैसर्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै आमनागरिकको पहुँच स्थापित गर्न आवश्यक रहेको बताए । नेपाली कांग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीले स्थानीयस्तरमै प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै बिरामीलाई बाहिर ‘रेफर’ गर्नुपर्ने अवस्थालाई न्यूनीकरण…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मानिसको स्वच्छता व्यवहारमा उल्लेखनीय सुधार आएको उल्लेख छ । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा मदन उपाध्यायका अनुसार एक वर्षभित्र स्वच्छता व्यवहार दुई प्रतिशतबाट वृद्धि भई ५३ प्रतिशत पुगेको छ । प्रतिवेदनमा कार्यक्रममार्फत खोप ‘कभरेज’मा वृद्धि, ‘ड्रपआउट’ तथा खोप खेर जाने दरमा कमी र पखाला रोगको दर १५ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको उल्लेख छ । स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता पनि उल्लेखनीय रूपमा अभिवृद्धि भएको तथा स्वास्थ्यकर्मीको आत्मविश्वास र कार्यक्षमता बढेको तथा समग्र स्वास्थ्य प्रणाली सुदृढीकरणमा सकारात्मक…

विस्तृतमा...