कास्की – पोखरा महानगरपालिकाले अति तथा मध्यम गरिब परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेशबीच सम्झौता भइसकेको छ। महानगरपालिकाले ‘विपन्न नागरिक स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२’ तथा स्वास्थ्य बिमा ऐन र नियमावलीअनुसार कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त गरिब घरधुरीको विवरणका आधारमा २०८३ जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गर्ने योजना रहेको छ। स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको परिवारका लागि ३ हजार ५ सय रुपैयाँ र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्य ७ सय रुपैयाँका…
स्वास्थ्य डायरी
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार स्वास्थ्य परीक्षणमा ओलीको अवस्था सामान्य देखिएको छ। “भर्ना हुँदा मुटुको धड्कन केही बढेको थियो, अहिले नियन्त्रणमा आएको छ। मिर्गौलाको अवस्था पनि सामान्य छ,” उनले बताए। प्रवक्ता सेढाईंले ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले अस्पतालमै राखेर उपचार जारी राखिने जानकारी दिए। ओलीलाई प्रहरीले हिजाे पक्राउ गरेर उपचारका लागि अस्पताल भर्ना गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको…
चितवन- यहाँको कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुई वटा ठूला मेडिकल कलेजमा सहज रुपमा उपचार पाउने भएकाले पनि कैदी बन्दीको रोजाइमा यो कारागार पर्ने गरेको हो । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार केही दिनअघि मात्रै केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामीलाई उपचारका लागि यहाँ पठाइएको छ । देशका विभिन्न जिल्लामा रहेका बिरामी कैदीबन्दी उपचारका लागि पहिलो रोजाइ काठमाडौँ र त्यसपछि चितवन हुने गरेको हो । चितवन मध्यभागमा पर्ने भएकाले यातायातको सहज सुविधा हुँदा बिरामीका आफन्तलाई सहज हुने भएकाले यहाँ आउने गरेका छन् । उनका अनुसार हाल कारागारमा…
काठमाडाैं- सुदूरपश्चिमसहित देशका दुर्गम तथा पहाडी क्षेत्रका आपतकालीन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारले एयर एम्बुलेन्स ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्ने व्यवस्था मिलाउने भएको छ। शासकीय सुधारका लागि तय गरिएको १०० दिने कार्यसूचीअन्तर्गत उक्त योजना अघि सारिएको हो। कार्यसूचीमा सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी भेगमा आकस्मिक स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तत्काल तयारी अवस्थामा राख्ने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ। यस्तै, सरकारले सरकारी तथा निजी अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ। निःशुल्क सेवाको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न ‘फ्री हेल्थ पोर्टल’ विकास गरी ३० दिनभित्र देशभर…
काठमाडौं- जन्मेदेखि किशोरावस्थासम्मका बालबालिकामा देखिने जटिल स्वास्थ्य समस्याको समाधानमा बाल शल्यचिकित्साको भूमिका अत्यन्त महत्वपूर्ण रहेको चिकित्सकहरूले बताएका छन्। ह्याम्स अस्पतालमा कार्यरत बाल शल्य चिकित्सक डा. दिनेश प्रसाद कोइरालाका अनुसार जन्मदेखि १६ वर्षसम्मका बालबालिकामा देखिने विभिन्न संरचनात्मक तथा जन्मजात समस्याहरू शल्यक्रियामार्फत सफलतापूर्वक उपचार गर्न सकिन्छ। डा. कोइरालाले भने, “जन्मिँदैदेखि देखिने समस्या जस्तै खाद्यनली नभएको अवस्थामा जोड्ने, फोक्सोमा प्वाल परेर आन्द्रा छातीमा सर्ने, आन्द्रा पेटबाहिर निस्किने, पिसाब नलीको समस्या, लिंगमा देखिने विकृति लगायतका जटिल समस्या शल्यक्रियाबाट समाधान गर्छौं।” उनका अनुसार यस्ता समस्या अधिकांश अवस्थामा बच्चा पेटमै हुँदा गरिने अल्ट्रासाउन्डबाट नै पहिचान गर्न सकिन्छ भने जन्मेपछि पनि समयमै उपचार सम्भव हुन्छ। उनले हर्निया,…
काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन्। सुनसरीको इनरुवामा हुर्किएकी मेहता लामो समयसम्म अस्पतालका वार्डमा बिरामीको सेवा गर्दै आएकी स्वास्थ्यकर्मी हुन्। प्रत्यक्ष स्वास्थ्य सेवाबाट अनुभव सँगालेकी उनी अब स्वास्थ्य क्षेत्रको नीतिगत नेतृत्वमा पुगेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी मेहता मधेशी महिला कोटाबाट निर्वाचित भएकी हुन्।
Kathmandu — Rastriya Swatantra Party (RSP) leader Deepak Kumar Sah has been appointed as the Minister for Labour, Employment and Social Security. He took the oath of office and secrecy before the President during a special ceremony held at Sheetal Niwas, the President’s Office. Elected to the House of Representatives from Mahottari–2, Sah, who is also a vision specialist by profession, has an impressive academic background. He has pursued studies as a PhD scholar at the London School of Hygiene and Tropical Medicine and holds a master’s degree in Health Policy, Planning, and Financing from the London School of Economics.…
Kathmandu — Nisha Mehta, who once served patients wearing a white apron, has now taken charge as the Minister for Health and Population. A Member of Parliament from the Rastriya Swatantra Party (RSP), Mehta has been entrusted with the responsibility in the cabinet led by Prime Minister Balendra Shah (Balen). Born in Inaruwa, Sunsari, Mehta spent years working directly in hospitals, providing care to patients in wards. She holds a postgraduate degree in Nursing from a university in Gwalior, India. She worked as a clinical nurse for around three years at BP Koirala Institute of Health Sciences in Dharan before…
काठमाडौं- सेतो एप्रोन लगाएर बिरामीको सेवा गर्दै आएकी निशा मेहता अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा पुगेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मेहताले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी हुन्। सुनसरीको इनरुवामा जन्मिएकी मेहता लामो समय स्वास्थ्य सेवामा सक्रिय रहँदै अस्पतालका वार्डमा बिरामीको प्रत्यक्ष उपचार तथा हेरचाहमा संलग्न थिइन्। उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा करिब तीन वर्ष क्लिनिकल नर्सका रूपमा काम गरेपछि उनी शिक्षण क्षेत्रमा प्रवेश गरिन्। विराटनगरस्थित विराट मेडिकल कलेजमा लेक्चररका रूपमा नर्सिङ विषय अध्यापन समेत गरिन्। स्वास्थ्य सेवामा प्रत्यक्ष अनुभव सँगालेकी…
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अप्टोमेट्रिस्ट साहले उच्च शैक्षिक योग्यता हासिल गरेका छन्। उनले लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा पीएचडी स्कलरका रूपमा अध्ययन गरेका छन् भने लण्डन स्कूल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी तथा प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्। त्यसैगरी, उनले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थ र अप्टोमेट्रीमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी समेत पूरा गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन तथा युके हेल्थ सेक्युरिटी…

