स्वास्थ्य डायरी

काठमाडौँ- विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न तथा नगराउन…

विस्तृतमा...

नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिए । उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताए । उनले भने, ‘खुला सीमा क्षेत्रका कुखुराका चल्ला र अण्डा ल्याउँछन् तर प्रहरी देखेपछि छाडेर भाग्छन् ।’ सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । डा यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिएको जानकारी दिँदै कुखुराको आयात निर्यातमा कडाइ…

विस्तृतमा...

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ। महानगरले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क परीक्षण र प्रारम्भिक निःशुल्क उपचार सुरु गरेको हो। निःशुल्क परीक्षणका लागि महानगरले वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट रिफरल स्लिप उपलब्ध गराएको कार्यबाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्। चैत्र २० गतेसम्म हुने निःशुल्क परीक्षण कार्यक्रममा महिलाहरुले सहज रुपमा उपचार लिन सक्ने व्यवस्था गरिएको उनले बताइन्। निःशुल्क परीक्षणको पहिलो दिनको जाँचका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट १३६ लाई रिफरल स्लिप दिइएको छ। यसरी रिफरल स्लिप पाउनेमध्ये ५ जनामा स्तन क्यान्सर र ३ जनामा सर्भाइकल क्यान्सर रहेको महानगरले जनाएको छ।

विस्तृतमा...

चितवन- चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारी विशिष्टीकृत स्वास्थ्य शिविर गर्ने भएको छ । अस्पतालले आफ्नो ७० औँ वार्षिकोत्सवको अवसर पारी आगामी चैत २३ गते सोमबार रत्ननगरमा विशिष्टीकृत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । रत्ननगर नगरपालिका १ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बकुलहरको सहकार्यमा सोही स्थानमा सो स्वास्थ्य शिविर गर्न लागेको हो । स्वास्थ्य शिविर अन्तर्गत ग्यास्ट्रोएन्टेरोलोजी, युरोलोजी, डेण्टल, कार्डियोलोजी, डर्माटोलोजी, अर्थोपेडिक, ईन्डोक्राइनोलोजी, ई.एन.टी (नाक, कान, घाटी) लगायतका विशिष्टीकृत सेवा उपलब्ध हुने मेसु डा. पौडेलले जानकारी दिए । सो शिविरमा विभिन्न रोग विशेषज्ञ डाक्टरहरु आएर सेवा दिने भएकाले…

विस्तृतमा...

गुल्मी- गुल्मी अस्पताल तम्घासमा पहिलो पटक स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ। रेसुङ्गा नगरपालिका–८ की ७२ वर्षीया एक वृद्धामा देखिएको स्तन क्यान्सरको सफल अपरेशन गरिएको अस्पताल प्रशासनले जनाएको छ। आर्थिक अवस्थाबाट समेत पीडित ती वृद्धाको शल्यक्रियाले जिल्लामै नयाँ सम्भावना उजागर गरेको छ। गुल्मी अस्पतालले पछिल्लो डेढ वर्षदेखि प्रत्येक महिनाको दोस्रो शनिबार क्यान्सर परीक्षण सेवा सञ्चालन गर्दै आएको छ। सोही क्रममा अस्पताल पुगेकी ती वृद्धामा क्यान्सरको शंका लागेपछि थप परीक्षणका लागि बुटवल पठाइएको थियो। आवश्यक परीक्षणपछि क्यान्सर पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्तन तथा क्यान्सर रोग विशेषज्ञ शल्य चिकित्सक डा. सन्जय पाण्डेको नेतृत्वमा गुल्मीमै शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि बिरामीको स्वास्थ्य…

विस्तृतमा...

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ । बस्तीदेखि टाढा शान्त र एकान्त वातावरणमा रहेको प्रभुचेलामा भौतिक पूर्वाधार तयार भएपछि तनाव व्यवस्थापनका लागि मानिसहरू ‘ध्यान’ गर्न आउन थालेका हुन् । प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको ध्यान गर्ने थलोका रूपमा विकास भएको प्रभुचेला धुरी ध्यानाश्रम समितिका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन)ले जानकारी दिए । ‘परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला आधुनिक समाजको व्यस्त जीवनशैलीबाट टाढा भएर तनाव व्यवस्थापनका लागि मेडिटेसन गर्नेहरूका लागि उपयुक्त गन्तव्यका रूपमा विकास भएको छ’, उनले भने, ‘सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर खाने, बस्ने र योगध्यान गर्ने ठाउँ…

विस्तृतमा...

ललितपुर- तरकारी उत्पादनका समयमा गरिने तरकारीमा हुने अत्यधिक विषादी प्रयोगमा सावधानी नअपनाउँदा क्यान्सर र मिर्गाैला रोगी बढ्दै गएको भन्दै सरोकारवालाले सचेतता जगाउनुपर्नेमा जोड दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले आयोजना गरेको पोषण प्रवर्द्धनअन्तर्गत विषादी न्यूनीकरणसम्बन्धी समन्वयात्मक बैठकमा धारणा राख्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले तरकारी उत्पादनका समयमा विषादी प्रयोग गर्दा सचेत नहुँदा क्यान्सर, मिर्गाैला लगायतका रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले प्रभावकारी रूपमा सचेतना जगाउनु आवश्यक रहेकोमा जोड दिए । “विषादी प्रयोगमा सचेत नहुँदा हरेक जटिल किसिमका रोगका धेरै बिरामीका लागि सिफारिस गर्नुपरेको छ, यसको प्रमुख कारण विषादीको अत्यधिक प्रयोग हो, त्यसको असरबाट बच्ने उपाय थाहा नहुँदा समस्या…

विस्तृतमा...

धनगढी- कैलालीको धनगढीमा तीन वर्षीय एक बालकमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरका ती बालकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। हाल उनको धनगढीस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले जानकारी दिए। बालक चैत १२ गते आमासँगै गाउँ गएका थिए। त्यहाँबाट फर्किएपछि उनलाई उच्च ज्वरो देखिएपछि अस्पताल लगिएको थियो। परीक्षणका क्रममा स्क्रबटाइफस पुष्टि भएपछि उनलाई भर्ना गरेर उपचार सुरु गरिएको हो। बालककी आमाका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार स्क्रबटाइफस मुसाको शरीरमा पाइने उपियाँको टोकाइबाट सर्ने रोग हो। उपियाँले…

विस्तृतमा...

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै राखेर उपचार गरिने भएको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार ओलीलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखेर उपचार गर्ने निर्णय गरिएको छ। “उहाँलाई निरन्तर निगरानीमा राखिएको छ, भोलिसम्म स्वास्थ्यमा आउने सुधार हेरेर थप निर्णय लिइनेछ,” उनले भने। ओली हाल अस्पतालको एनेक्स–१ भवनको बेड नम्बर ५०१ मा उपचाररत छन्। मुटुको धड्कन (ढुकढुकी) सम्बन्धी समस्या देखिएपछि उनलाई चैत १४ गते अस्पतालमा भर्ना गरिएको हो। अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार ओली मिर्गौला प्रत्यारोपणपछि हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म, एट्रियल फिब्रिलेसन तथा पित्तथैलीसम्बन्धी समस्याबाट पनि पीडित छन्। पित्तथैलीमा पत्थरी देखिएकाले…

विस्तृतमा...

काठमाडौँ – नेपाल चिकित्सक संघको रोकिएको निर्वाचनका लागि नयाँ मिति तय गरिएको छ। संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले उपत्यका बाहिर र भित्र फरक–फरक मितिमा निर्वाचन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते निर्वाचन हुनेछ भने उपत्यका भित्र बैशाख १८ र १९ गते मतदान हुने तय गरिएको छ। यसअघि सार्वजनिक गरिएको संशोधित तालिकालाई पुनः परिमार्जन गर्दै नयाँ मिति निर्धारण गरिएको हो। चिकित्सक संघको निर्वाचन यसअघि दुई पटक सारिएको थियो। प्रारम्भिक तालिकाअनुसार माघ २ र ३ गते उपत्यका बाहिर तथा माघ १०, ११ र १२ गते काठमाडौँ उपत्यकाभित्र निर्वाचन हुने भनिएको थियो। त्यसपछि पुनः संशोधन…

विस्तृतमा...