काठमाडौं- पहुँच र प्रभावको आधारमा सुगमका अस्पतालमा काज मिलाएर कार्यरत रहेका विशेषज्ञ चिकित्सकहरू अब आफ्नै दरबन्दी रहेको कार्यस्थलमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभर स्वास्थ्य सेवामा सन्तुलन कायम गर्न र दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव हटाउन कडाइ गरेसँगै पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई सम्बन्धित अस्पतालमा फिर्ता पठाइएको हो। मन्त्रालयका अनुसार लामो समयदेखि शक्तिको पहुँचको भरमा सुगम रोज्ने प्रवृत्तिलाई अन्त्य गर्दै दुर्गम जिल्लामा पनि विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरिएको हो। यसले सर्वसाधारणले आफ्नै क्षेत्रमा सहज रूपमा विशेषज्ञ उपचार पाउने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ। पहिलो चरणको निर्णयअनुसार डडेल्धुरा,…
स्वास्थ्य डायरी
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि काठमाडौँ तथा ठूला शहरका अस्पतालमा केन्द्रित रहेका विशेषज्ञ चिकित्सकहरूलाई आफ्नै दरबन्दी भएका दुर्गम तथा आवश्यक अस्पतालमा फिर्ता पठाउने प्रक्रिया सुरु गरेको छ। यस कदमलाई देशभर स्वास्थ्य सेवाको सन्तुलित विस्तारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दीअनुसार सम्बन्धित अस्पतालमा खटाउन थालेको हो। मन्त्रीको सचिवालयका अनुसार पहिलो चरणमा १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरी उनीहरूलाई मूल कार्यस्थलमै पठाइएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिमको डडेलधुरा अस्पतालमा ४ जना, मधेश प्रदेशको नारायणी अस्पतालमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पतालमा ५ जना विशेषज्ञ…
काठमाडौँ – मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय कार्यसूचीमा स्वास्थ्य क्षेत्रको सुधारका लागि ६ वट बुँदा समेटिएकोे छ । जसमा डिजिल प्रणाली चुस्त बनाउने सरकारको प्राथमिकतामा रहेको छ । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीले अस्पताल सेवामा पहुँच नपाउने, आर्थिक कारणले उपचारबाट वञ्चित अवस्थाको अन्त्य गर्न र निजी–सरकारी दुवै क्षेत्रमा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सरकारी तथा निजी अस्पतालका कुल शय्यामध्ये कम्तीमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसैगरी सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा निःशुल्क सेवा उपलब्धता, लाभग्राही विवरण तथा सेवा उपयोगको रियल टाइम अनुगमनका लागि ‘फ्रि हेल्थ पोर्टल’ विकास गरी…
मकवानपुर- पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना सङ्क्रमित भेटिएका छन् । सबैभन्दा बढी डेङ्गुबाट हेटौँडा उपमहानगरपालिका प्रभावित छन् । हेटौँडामा १६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा नौ/नौ जना, बकैयाँ गाउँपालिकामा तीन जना, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा दुई/दुई जना सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार मकवानपुर राक्सीराङ गाउँपालिकामा पनि एक जना सङ्क्रमित भेटिएको छ । यस्तै मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन् । जसमध्ये हेटौँडामा मात्र २६ जना रहेको…
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले सोमबार छलफल गरेका छन् । मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम स्वास्थ्य बिमामार्फत एकद्वार प्रणालीमा सञ्चालन गर्ने गरी अघि बढाइने बताइन् । उनले स्वास्थ्यका सामाजिक सुरक्षा कार्यक्रमलाई एक ठाउँमा ल्याउन सके वित्तीय अवस्था बलियो हुनेसमेत बताइन्। छलफलमा मन्त्री मेहतासँग स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र यसका चुनौतीबारे छलफल गरिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए। उनका अनुसार मन्त्री मेहतालाई स्वास्थ्य बिमा बोर्डले हालसम्म भोग्नुपरेका चुनौती, भुक्तानी समस्याबारे पनि अवगत गराइएको छ । छलफलमा प्यूठानबाट निर्वाचित सांसद सुशान्त वैदिकले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउनुपर्नेमा…
काठमाडौँ- विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न तथा नगराउन…
नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिए । उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताए । उनले भने, ‘खुला सीमा क्षेत्रका कुखुराका चल्ला र अण्डा ल्याउँछन् तर प्रहरी देखेपछि छाडेर भाग्छन् ।’ सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । डा यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिएको जानकारी दिँदै कुखुराको आयात निर्यातमा कडाइ…
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ। महानगरले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क परीक्षण र प्रारम्भिक निःशुल्क उपचार सुरु गरेको हो। निःशुल्क परीक्षणका लागि महानगरले वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट रिफरल स्लिप उपलब्ध गराएको कार्यबाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्। चैत्र २० गतेसम्म हुने निःशुल्क परीक्षण कार्यक्रममा महिलाहरुले सहज रुपमा उपचार लिन सक्ने व्यवस्था गरिएको उनले बताइन्। निःशुल्क परीक्षणको पहिलो दिनको जाँचका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट १३६ लाई रिफरल स्लिप दिइएको छ। यसरी रिफरल स्लिप पाउनेमध्ये ५ जनामा स्तन क्यान्सर र ३ जनामा सर्भाइकल क्यान्सर रहेको महानगरले जनाएको छ।
चितवन- चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारी विशिष्टीकृत स्वास्थ्य शिविर गर्ने भएको छ । अस्पतालले आफ्नो ७० औँ वार्षिकोत्सवको अवसर पारी आगामी चैत २३ गते सोमबार रत्ननगरमा विशिष्टीकृत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । रत्ननगर नगरपालिका १ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बकुलहरको सहकार्यमा सोही स्थानमा सो स्वास्थ्य शिविर गर्न लागेको हो । स्वास्थ्य शिविर अन्तर्गत ग्यास्ट्रोएन्टेरोलोजी, युरोलोजी, डेण्टल, कार्डियोलोजी, डर्माटोलोजी, अर्थोपेडिक, ईन्डोक्राइनोलोजी, ई.एन.टी (नाक, कान, घाटी) लगायतका विशिष्टीकृत सेवा उपलब्ध हुने मेसु डा. पौडेलले जानकारी दिए । सो शिविरमा विभिन्न रोग विशेषज्ञ डाक्टरहरु आएर सेवा दिने भएकाले…
गुल्मी- गुल्मी अस्पताल तम्घासमा पहिलो पटक स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ। रेसुङ्गा नगरपालिका–८ की ७२ वर्षीया एक वृद्धामा देखिएको स्तन क्यान्सरको सफल अपरेशन गरिएको अस्पताल प्रशासनले जनाएको छ। आर्थिक अवस्थाबाट समेत पीडित ती वृद्धाको शल्यक्रियाले जिल्लामै नयाँ सम्भावना उजागर गरेको छ। गुल्मी अस्पतालले पछिल्लो डेढ वर्षदेखि प्रत्येक महिनाको दोस्रो शनिबार क्यान्सर परीक्षण सेवा सञ्चालन गर्दै आएको छ। सोही क्रममा अस्पताल पुगेकी ती वृद्धामा क्यान्सरको शंका लागेपछि थप परीक्षणका लागि बुटवल पठाइएको थियो। आवश्यक परीक्षणपछि क्यान्सर पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्तन तथा क्यान्सर रोग विशेषज्ञ शल्य चिकित्सक डा. सन्जय पाण्डेको नेतृत्वमा गुल्मीमै शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि बिरामीको स्वास्थ्य…

