

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार स्वास्थ्य परीक्षणमा ओलीको अवस्था सामान्य देखिएको छ। “भर्ना हुँदा मुटुको धड्कन केही बढेको थियो, अहिले नियन्त्रणमा आएको छ। मिर्गौलाको अवस्था पनि सामान्य छ,” उनले बताए।
प्रवक्ता सेढाईंले ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले अस्पतालमै राखेर उपचार जारी राखिने जानकारी दिए।
ओलीलाई प्रहरीले हिजाे पक्राउ गरेर उपचारका लागि अस्पताल भर्ना गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको सिफारिस कार्यान्वयनका क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


