

काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन्।
सुनसरीको इनरुवामा हुर्किएकी मेहता लामो समयसम्म अस्पतालका वार्डमा बिरामीको सेवा गर्दै आएकी स्वास्थ्यकर्मी हुन्। प्रत्यक्ष स्वास्थ्य सेवाबाट अनुभव सँगालेकी उनी अब स्वास्थ्य क्षेत्रको नीतिगत नेतृत्वमा पुगेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी मेहता मधेशी महिला कोटाबाट निर्वाचित भएकी हुन्।


