स्वास्थ्य डायरी

‘स्वास्थ्य’ क्षेत्र आफैँमा निकै संवेदनशील मानिन्छ । कारण, स्वास्थ्यमा कुनै पनि समस्या देखिए त्यसले समग्र मुलुक र कहिलेकाहीँ महामारीको कारण समग्र विश्वलाई समेत प्रभावित बनाउन सक्छ । स्वस्थ मानिसबिना स्वस्थ समाज र मुलुकको कल्पनासमेत गर्न सकिँदैन । त्यस कारण पनि स्वास्थ्यलाई विशेष प्राथमिकता र जोड दिएर नै सबैले आफ्नो कामलाई अघि बढाउनुपर्ने हुन्छ । ‘स्वास्थ्य पत्रकार’ को हुन् ? स्वास्थ्यको विषयमा मानिसलाई सु-सूचित गर्ने, स्वास्थ्यमा नागरिकको पहुँच पुर्‍याउनका लागि भूमिका निर्वाह गर्ने, स्वास्थ्यका हरेक पाटोलाई केलाउने तथा स्वास्थ्य विधामा सशक्त रूपमा कलम चलाउने पत्रकार, ‘स्वास्थ्य पत्रकार’ हुन् । किन संवेदनशील छ स्वास्थ्य पत्रकारिता ? स्वास्थ्य पत्रकारले स्वास्थ्य, चिकित्सा, जनस्वास्थ्य नीति…

विस्तृतमा...

भक्तपुर- बागमती प्रदेश सरकारले विस्थापित सुकुम्बासीलाई राखिएको भक्तपुरका होल्डिङ सेन्टरहरूमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। भक्तपुर प्रादेशिक अस्पताल र ख्वप नगरपालिका अस्पतालको प्राविधिक सहयोगमा जनस्वास्थ्य कार्यालय भक्तपुरले आइतबार र सोमबार शिविर सञ्चालन गरेको हो। शिविरका क्रममा केही सुकुम्बासीमा मानसिक स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। एक स्वास्थ्यकर्मीका अनुसार कतिपय विस्थापितहरू चिन्ताबाट ग्रसित देखिएका छन् भने ३ जनामा अनिद्रा, शरीर अनियन्त्रित रूपमा काम्ने र झट्का लाग्ने गम्भीर लक्षण देखिएका छन्। यस्तै ४ जनामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। शिविरमा उच्च रक्तचापका बिरामीहरू पहिचान गरिनुका साथै ३ जना मुटुरोगीसमेत फेला परेका छन्। खरिपाटीस्थित होल्डिङ सेन्टरमा एक जनामा गम्भीर अल्कोहल विड्ड्रअल सिन्ड्रोम देखिएको छ।…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग भएको भन्ने आरोप निराधार रहेको स्पष्ट पारेको छ। मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनले कर्मचारीबाट इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको हो। सञ्चारमाध्यममा जलेका सवारीसाधनको नाममा इन्धन दुरुपयोग भएको खबर आएपछि मन्त्रालयले वैशाख १५ गते छानबिन समिति गठन गरेको थियो। समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन खपतसम्बन्धी अभिलेख, भुक्तानी विवरणलगायत कागजातको अध्ययन तथा विश्लेषण गरेको थियो। सोही आधारमा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालिएको सह–प्रवक्ता अधिकारीले जानकारी दिए। मन्त्रालयले तथ्यमा आधारित सूचनामात्र सार्वजनिक गर्न र…

विस्तृतमा...

काठमाडौँ- सरकारले मुलुकलाई क्षयरोगमुक्त बनाउन स्थानीय तहमा अभियान सञ्चालन गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले मुलुकलाई क्षयरोगमुक्त बनाउन पहिलो चरणमा १४९ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । सरकारले सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने र सन् २०५० सम्म मुलुकमा क्षयरोग निवारण गर्ने लक्ष्य राखेको छ । सन् २०५० मा १० लाखमा एक जना क्षयरोगका बिरामी झार्ने लक्ष्य रहेको केन्द्रका निर्देशक डा पौडेलले जानकारी दिए । उनका अनुसार सन् २०३५ मा एक लाखमा १० जनाभन्दा कममा झार्ने लक्ष्य रहेको छ । केन्द्रका निर्देशक पौडेलले आगामी आर्थिक वर्षदेखि ५ सय ७३ स्थानीय तहमा क्षयरोगमुक्त…

विस्तृतमा...

काठमाडौँ- नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचन अन्तर्गत मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ। हालसम्म ५ हजार ९६५ मत गणना सम्पन्न भइसकेको छ र प्रमुख पदहरूमा प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ। अध्यक्ष पदमा डा. बद्री रिजाल २६६९ मतसहित अग्रस्थानमा रहेका छन्। उनलाई डा. मंगल रावलले २५०७ मतसहित पछ्याइरहेका छन् भने डा. नारायणप्रसाद भुसाल ७१६ मतसहित तेस्रो स्थानमा छन्। वरिष्ठ उपाध्यक्ष पदतर्फ डा. सञ्जीव तिवारी २४९२ मतसहित अगाडि छन्। डा. कीर्तिपाल सुवेदी १९५४ मतसहित दोस्रो स्थानमा रहँदा डा. अजयकुमार मिश्र १२४१ मतसहित तेस्रो स्थानमा छन्। महासचिव पदमा डा. विश्वराज दवाडी २२५९ मतसहित अग्रस्थानमा छन्। उनलाई डा. कालुसिंह खत्रीले २०७१…

विस्तृतमा...

काठमाडौँ – बीएण्डबी अस्पतालले ‘खाद्य तथा पोषण सचेतना’ प्रदर्शनी आयोजना गर्दै बिरामीको अवस्था अनुसार उचित आहारको महत्वबारे जानकारी दिएकाे छ। अस्पतालकी न्यूट्रिसन एण्ड फूड म्यानेजमेन्ट हेड ऋतु जोशीका अनुसार प्रदर्शनीमार्फत विभिन्न रोग तथा अवस्थाअनुसार आवश्यक पर्ने पोषणयुक्त खानाको जानकारी दिइएको हो। उनले अस्पतालमा आउने बिरामीलाई उनीहरूको स्वास्थ्य अवस्थाअनुसार आवश्यक सेवा प्रदान गरिने बताइन्। मधुमेह लगायत विभिन्न रोगका बिरामीले कस्तो आहार लिनुपर्छ भन्ने विषयमा प्रदर्शनीमा विशेष रूपमा जानकारी दिइएको थियो। साथै गम्भीर अवस्थाका बिरामीले खाने खानाका परिकारहरू समेत प्रदर्शन गरी व्यवहारिक जानकारी प्रदान गरिएको उनले बताइन्। जोशीका अनुसार सामान्यतया बिरामीलाई दिनमा पाँच पटक खाना दिइन्छ। तर, डाइटिसियनको सल्लाहअनुसार बिरामीको अवस्था हेरेर…

विस्तृतमा...

काठमाडौँ । सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार राजधानीका प्रमुख सरकारी अस्पतालहरूमा ओपीडी सेवा लिन आउने बिरामीको भीड असामान्य रूपमा बढेको छ। शनिबार र आइतबार बिदा दिने सरकारी निर्णयपछि सोमबार एकै दिन उपचारका लागि अस्पताल पुग्नेको संख्या ह्वात्तै बढ्दा स्वास्थ्य सेवा व्यवस्थापनमा थप दबाब परेको हो। राजधानीका वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका ठूला सरकारी अस्पतालमा बिहानैदेखि बिरामीहरूको लामो लाइन देखिएको छ। सामान्य जाँचदेखि जटिल रोगको उपचारसम्मका लागि एकै स्थानमा निर्भर रहनुपर्ने अवस्थाले भीड नियन्त्रणभन्दा बाहिर गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। चिकित्सकहरूका अनुसार एक जना चिकित्सकले दैनिक औसत १०० देखि १५० जना बिरामी जाँच गर्नुपर्ने अवस्था…

विस्तृतमा...

भक्तपुर- यहाँका सुकुमबासी राखिएको दुई शिविरमा चिकित्सकसहितको स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षण र उपचार शिविर सञ्चालन गरिएको छ । मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवन र खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुमबासी शिविरमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो । बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुमबासी शिविरमा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएलगत्तै आइतबार बिदाका दिनसमेत चिकित्सकको टोली दुवै सकुम्बासी शिविरमा पुगेर स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्काले जानकारी दिइन् । दुवै सुकुमबासी शिविरमा सुत्केरी महिलादेखि ज्येष्ठ नागरिकसमेतको स्वास्थ्य परीक्षण गरिएको…

विस्तृतमा...

गण्डकी – गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ रहेका छन् । त्यसैगरी जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिए । “प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१/८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बीमा भएको हो”, उनले भने, “अपाङ्गता भएका नागरिकलगायतले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाइरहनुभएको छ ।” गण्डकी…

विस्तृतमा...

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ का कारण विभिन्न निकायमा नियुक्त १,५९४ जना पदाधिकारी एकैपटक पदमुक्त भएका छन्। यस अध्यादेशको प्रभाव स्वास्थ्य क्षेत्रका थुप्रै निकायमा समेत परेको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य बीमा बोर्डका पदाधिकारीसँगै नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल नर्सिङ परिषद्लगायत संस्थाका अध्यक्ष, सदस्य र रजिष्ट्रारहरू पदमुक्त भएका छन्। तर, नेपाल मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलका रजिष्ट्रार भने यस निर्णयबाट बाहिर परेका छन्। मेडिकल काउन्सिलका अध्यक्ष तथा सरकारद्वारा मनोनित सदस्यहरू पदमुक्त भए पनि रजिष्ट्रार डा. सतिशकुमार देवबारे अध्यादेशमा कुनै उल्लेख गरिएको छैन। त्यस्तै, फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग…

विस्तृतमा...