

काठमाडौँ- नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचन अन्तर्गत मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ। हालसम्म ५ हजार ९६५ मत गणना सम्पन्न भइसकेको छ र प्रमुख पदहरूमा प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ।
अध्यक्ष पदमा डा. बद्री रिजाल २६६९ मतसहित अग्रस्थानमा रहेका छन्। उनलाई डा. मंगल रावलले २५०७ मतसहित पछ्याइरहेका छन् भने डा. नारायणप्रसाद भुसाल ७१६ मतसहित तेस्रो स्थानमा छन्।
वरिष्ठ उपाध्यक्ष पदतर्फ डा. सञ्जीव तिवारी २४९२ मतसहित अगाडि छन्। डा. कीर्तिपाल सुवेदी १९५४ मतसहित दोस्रो स्थानमा रहँदा डा. अजयकुमार मिश्र १२४१ मतसहित तेस्रो स्थानमा छन्।
महासचिव पदमा डा. विश्वराज दवाडी २२५९ मतसहित अग्रस्थानमा छन्। उनलाई डा. कालुसिंह खत्रीले २०७१ मतसहित पछ्याइरहेका छन् भने डा. अमृत भुसाल १३८२ मतसहित तेस्रो स्थानमा छन्।
प्रदेश उपाध्यक्षतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का २५२२ मतसहित अगाडि छन् भने डा. टंकप्रसाद बाराकोटी १९०९ मतसहित दोस्रो स्थानमा छन्। मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र २६२६ मतसहित अग्रस्थानमा रहँदा डा. उदयनारायण सिंह १७७६ मतसहित पछ्याइरहेका छन्।
बागमती प्रदेशमा डा. सुवास भट्टराई २०३२ मतसहित अगाडि छन् भने डा. अरुण शाही १८०९ मतसहित दोस्रो स्थानमा छन्। गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल २६३४ मतसहित अग्रस्थानमा रहँदा डा. नवराज लम्डारी २३६० मतसहित नजिकै छन्।
लुम्बिनी प्रदेशमा डा. नन्दाकुमारी गुरुङ २४२२ मतसहित अगाडि छन् भने डा. सन्तोष पोखरेल १९२७ मतसहित दोस्रो स्थानमा छन्। कर्णाली प्रदेशमा डा. रविन खड्का २११२ मतसहित अग्रस्थानमा रहँदा डा. सरोज गिरी १९७६ मतसहित पछ्याइरहेका छन्।
सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी २८८९ मतसहित स्पष्ट अग्रता बनाएका छन् भने डा. निरज अर्याल २२२५ मतसहित दोस्रो स्थानमा छन्।
कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य २६२५ मतसहित अगाडि छन् भने डा. चाँदनी जैसवाल १७७४ मतसहित दोस्रो स्थानमा छिन्।
सहसचिव पदमा डा. हुलास अग्रवाल २९७९ मतसहित अग्रस्थानमा छन् भने डा. राम जीवन प्रसाद १३४१ मतसहित दोस्रो स्थानमा छन्।
सह–कोषाध्यक्ष पदमा डा. तेजसुसिंह मल्ल २७२७ मतसहित अगाडि छन् भने डा. सुवास गुरुङ १९५९ मतसहित दोस्रो स्थानमा छन्।
सदस्य पदतर्फ हालसम्मको मतपरिणामअनुसार डा. अमित झा २४२६ मतसहित पहिलो स्थानमा छन्। डा. राकेश शाह २३८२ मतसहित दोस्रो स्थानमा छन्। डा. पल्पसा श्रेष्ठ २३४६ मतसहित तेस्रो स्थानमा उक्लिएकी छन् भने डा. सुस्मित काफ्ले २१५२ मतसहित चौथो स्थानमा छन्।
त्यसैगरी, डा. बिना श्रेष्ठ २०५० मतसहित पाँचौँ स्थानमा रहेकी छन् भने डा. शेषराज घिमिरे २०८२, अरुण उप्रेती २०२९ र डा. हिमलाल भण्डारी २०१३ मतसहित अन्य प्रतिस्पर्धीहरू पनि नजिकै छन्।


