कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरूप उपचार केन्द्र विस्तार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । सोही योजनाअनुरूप डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिन लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमले बताए । “सेवा विस्तार गरिने सर्पदंश उपचार केन्द्रमा उपचार सेवा प्रभावकारी…
स्वास्थ्य डायरी
काठमाडौँ- नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनको मतगणनामा पछिल्लो नतिजा सार्वजनिक भएको छ। हालसम्म कुल ३ हजार ७१८ मत गणना सम्पन्न भइसकेको छ। पछिल्लो परिणामअनुसार अध्यक्ष पदमा डा. मंगल रावल १,६७० मतसहित अग्रस्थानमा रहेका छन्। उनलाई १,५६८ मतसहित डा. बद्री रिजालले पछ्याइरहेका छन् भने डा. नारायणप्रसाद भुसाल ४३७ मतसहित तेस्रो स्थानमा छन्। वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी १,४०७ मतसहित अग्रस्थानमा छन्। डा. कीर्तिपाल सुवेदी १,२९३ मतसहित दोस्रो र डा. अजयकुमार मिश्र ८५० मतसहित तेस्रो स्थानमा रहेका छन्। महासचिव पदमा डा. कालुसिंह खत्री १,३९५ मतसहित अग्रस्थानमा छन्। उनलाई डा. विश्वराज दवाडीले १,२८२ मतसहित पछ्याइरहेका छन् भने डा. अमृत भुसाल…
विराटनगर- नेपाल नर्सिङ संघले विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ड्युटीमा रहेका नर्सहरूमाथि बिरामी तथा उनका आफन्तबाट भएको अभद्र व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा भर्त्सना गरेको हो। विज्ञप्तिमा ड्युटीमा खटिएका नर्सहरूमाथि दुर्व्यवहार, धाकधम्की तथा अपमानजनक गतिविधि भएको उल्लेख गर्दै यस्तो व्यवहार स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा अस्वीकार्य र निन्दनीय भएको जनाइएको छ। संघकी महासचिव डा. देवका कुमारी आचार्य र अध्यक्ष प्रा. चन्द्रकला शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। यसका साथै, स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरोकारवाला निकायलाई प्रभावकारी…
काठमाडाैं- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को जारी निर्वाचनमा १ हजार ६७३ मत गणना सम्पन्न हुँदा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा ‘टिम मंगल’का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। प्रारम्भिक परिणामले प्रतिस्पर्धा कडा देखिए पनि केही मुख्य पदमा स्पष्ट अन्तर देखिएको छ। अध्यक्ष पदमा डा. मंगल रावल ७६८ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी डा. बद्री रिजालले ६८९ मत ल्याएका छन् भने डा. नारायणप्रसाद भुसाल १९७ मतसहित तेस्रो स्थानमा छन्। वरिष्ठ उपाध्यक्ष पदमा डा. किर्तिपाल सुवेदी ७०० मतसहित अगाडि छन्। उनलाई डा. सञ्जीव तिवारीले ६४० मतसहित पछ्याइरहेका छन् भने डा. अजयकुमार मिश्रा २३८ मतसहित तेस्रो स्थानमा छन्। महासचिव पदमा ‘टिम मंगल’कै…
काठमाडौं – “हाँसो नै उत्तम औषधि हो” भन्ने मूल सन्देशसहित आज विश्वभर ‘विश्व हाँसो दिवस’ मनाइँदैछ । प्रत्येक वर्ष मे महिनाको पहिलो आइतबार मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै विश्व शान्ति, भ्रातृत्व र मित्रताको भावना फैलाउने उद्देश्यले यो दिवस मनाइने गरिएको हो । पछिल्लो समय व्यस्त जीवनशैली र बढ्दो मानसिक तनावका बीच हाँसोले मानिसमा सकारात्मक ऊर्जा भर्ने र सामाजिक सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिएको छ । यस दिवसको सुरुवात सन् १९९८ मा भारतका डा. मदन कटारियाले ‘लाफ्टर योग’ अभियानमार्फत गरेका थिए । विस्तारै यो अभियान विश्वभर फैलिँदै अहिले ‘विश्व हाँसो…
सुर्खेत- सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको छतमा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड तयार भएसँगै दुर्गम क्षेत्रबाट आउने गम्भीर बिरामीको उद्धार र उपचार थप छिटो र सहज हुने अपेक्षा गरिएको छ । नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वाटर सुर्खेतको समन्वयमा शुक्रबार हेलिप्याडको प्राविधिक परीक्षण तथा परीक्षण उडान सम्पन्न गरिएको हो । अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीका अनुसार आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हेलिप्याड निर्माण गरिएको हो, जसले गम्भीर अवस्थाका बिरामीलाई तत्काल उद्धार गरी समयमै उपचार उपलब्ध गराउन सहयोग पुर्याउनेछ । निर्माण कम्पनीबाट औपचारिक हस्तान्तरण भएपछि हेलिप्याड पूर्ण रूपमा सञ्चालनमा ल्याइने उनले जानकारी दिइन् । यसअघि हेलिकोप्टरमार्फत ल्याइएका बिरामीलाई सुर्खेत विमानस्थलमा अवतरण…
काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनको प्रारम्भिक मतगणनामा अध्यक्ष पदमा डा. मंगल रावलले अग्रता कायम गरेका छन् भने अन्य प्रमुख पदहरूमा कडा प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष पदतर्फ हालसम्म गणना भएका ५९८ मतमध्ये डा. रावलले ३०५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. बद्री रिजालले २३६ मत पाएका छन् भने डा. नारायणप्रसाद भुसालले ५४ मत ल्याएका छन् । कुल मतमध्ये ३ मत बदर भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । डा. सञ्जीव तिवारी २५५ मतसहित अग्रस्थानमा छन् भने डा. किर्तिपाल सुबेदी २३३ मतसहित पछ्याइरहेका छन् । डा. अजयकुमार मिश्राले…
काठमाडौँ – सरकारले अध्यादेशमार्फत स्वास्थ्य, चिकित्सा तथा विज्ञान क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र नियामक निकायहरूमा कार्यरत पदाधिकारीहरूलाई एकैपटक पदमुक्त गरेको छ । यस निर्णयले देशको स्वास्थ्य तथा चिकित्सा शिक्षाको नेतृत्व संरचनामा व्यापक फेरबदल ल्याएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन संशोधन अध्यादेश तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ जारी गरेका हुन् । अध्यादेश लागू भएसँगै उपकुलपति, रजिष्ट्रार, अध्यक्ष, डिन, निर्देशकलगायत पदाधिकारीहरू पदबाट हटेका छन् । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, योगमाया आयुर्वेद विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालयका उपकुलपति तथा अध्यक्षहरू पनि पदमुक्त भएका छन् ।…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा बसोबास गरिरहेका सुकुमबासीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका २३ जनालाई रिफर गरिएको छ। कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट १७ जनालाई वीर अस्पताल र ६ जना बालबालिकालाई कान्ति बाल अस्पताल पठाइएको हो। सुकुमबासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई सेवा दिन मन्त्रालयले कीर्तिपुर र त्रिपुरेश्वरमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। कीर्तिपुरमा आयोजित एकदिने शिविरमा ८२ जनाले सेवा लिएका छन्। तीमध्ये ४२ जनाको साधारण स्वास्थ्य परीक्षण, २० जनाको आँखा परीक्षण, २० जनाको दन्त जाँच तथा १४ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। शिविरमा ४६ जनालाई निःशुल्क औषधि…
कालीकोट – ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसँग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् । उनले चाँडै पुनः आँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि गरेकी थिइनन् । बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण दाहिने आँखाको दृष्टि पूर्णरूपमा उनले गुमाएकी थिइन् । अन्यत्रको सहारा लिनुपर्दा उनको आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँच टाढा र अभिभावकको सीमित उपस्थितिका कारण समयमै उपचार सम्भव हुन सकेको थिएन । उनका बुबा रोजगारीका लागि भारतमा रहने भएकाले परिवारको जिम्मेवारी पनि सहज थिएन । यस्तो अवस्थामा…

