काठमाडौं – नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडका अध्यक्ष तथा वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठलाई ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’ले ‘सर्टिफिकेट अफ एमिनन्स’ प्रदान गरेको छ। अस्पतालले जारी गरेको जानकारीअनुसार यो अन्तर्राष्ट्रिय सम्मान डा. श्रेष्ठको दूरदर्शी नेतृत्व र नेपालमा अन्कोलोजी सेवाको रूपान्तरणमा पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो। साथै, देशभित्रै विश्वस्तरीय क्यान्सर उपचार सेवा विस्तार गर्दै बिरामीहरूलाई आशा दिलाउने उनको निरन्तर प्रयासलाई समेत उक्त सम्मानले उजागर गरेको जनाइएको छ। डा. श्रेष्ठको नेतृत्वमा नेपाल क्यान्सर हस्पिटलले क्यान्सर उपचार, अनुसन्धान तथा सेवा विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। पछिल्ला वर्षहरूमा अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवामार्फत क्यान्सर उपचारलाई सहज र…
स्वास्थ्य डायरी
काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनमा उपत्यकाभित्र पहिलो दिन अपेक्षाभन्दा कम मतदान भएको छ। शुक्रबार सम्पन्न पहिलो दिनको मतदानमा कुल १ हजार २ सय २३ मत खसेको निर्वाचन समितिले जनाएको छ। निर्वाचनअघि उपत्यकामा करिब ४ हजारदेखि ५ हजारसम्म मत खस्ने अनुमान गरिए पनि पहिलो दिनको सहभागिता त्यसभन्दा न्यून रह्यो। शुक्रबार मात्रै १ हजार ५ सयभन्दा बढी मत खस्ने प्रक्षेपण गरिए पनि वास्तविक मतदान त्यसभन्दा कम देखिएको हो। श्रमिक दिवसको सार्वजनिक बिदाका बाबजुद बिहीबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गरेपछि धेरै चिकित्सक कार्यस्थलमै व्यस्त हुँदा मतदानमा अपेक्षित सहभागिता हुन नसकेको बताइएको…
काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकाभित्र आजदेखि मतदान सुरु भएको छ। निर्वाचन समितिका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आज र भोलि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदान सञ्चालन हुनेछ। यसअघि पहिलो चरणअन्तर्गत काठमाडौं उपत्यकाबाहिरका २३ मतदान केन्द्रमा वैशाख ४ र ५ गते मतदान सम्पन्न भइसकेको छ। निर्वाचन समितिका अनुसार उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको थियो। अब उपत्यकाभित्रको मतदान सम्पन्न भएपछि संघको नयाँ नेतृत्वको टुंगो लाग्नेछ। यसपटक संघको १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन समूहबीच प्रतिस्पर्धा भइरहेको छ। अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, सात प्रदेशबाट १–१ जना उपाध्यक्ष, महासचिव १,…
चितवन- चितवनस्थित भरतपुर अस्पतालले चिकित्सकहरूलाई महँगा तथा दर्ता नभएका न्यूट्रास्युटिकल्स औषधि प्रेस्क्राइब नगर्न निर्देशन दिएको छ । बिरामी तथा उनका आफन्तहरूबाट आएको गुनासोका आधारमा अस्पताल प्रशासनले यस्तो निर्णय लिएको हो । अस्पतालद्वारा जारी सूचनामा केही चिकित्सकहरूले उपचारका क्रममा अत्यधिक महँगा न्यूट्रास्युटिकल्स लेख्ने गरेको पाइएको उल्लेख गरिएको छ । यस्ता औषधिहरू औषधि व्यवस्था विभागमा दर्ता नभएको र यसले सर्वसुलभ तथा सस्तो उपचार उपलब्ध गराउने सरकारी नीतिविपरीत काम गरेको अस्पतालको भनाइ छ । अस्पताल प्रशासनले अबदेखि दर्ता नभएका कुनै पनि न्यूट्रास्युटिकल्स प्रेस्क्राइब नगर्न चिकित्सकहरूलाई सचेत गराएको छ । साथै, उक्त निर्देशन उल्लङ्घन गरेको पाइएमा प्रेस्क्रिप्सन अडिट गरी आवश्यक कारबाही अघि बढाइने चेतावनी…
काठमाडौं – चितवनस्थित भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले पदबाट राजीनामा दिएका छन्। भरतपुर महानगरपालिका–१२ निवासी पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। वर्तमान सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई स्वेच्छाले पद त्याग्न गरेको आग्रहलाई सम्मान गर्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन्। उनले राजीनामा पत्रमा २०८२ चैत १२ गतेसम्म सरकारले नियुक्त पदाधिकारीहरूलाई स्वेच्छाले राजीनामा दिन गरेको आग्रह तथा सामाजिक सञ्जालमा उठेका मागलाई ध्यानमा राख्दै २०८३ वैशाख २० गतेदेखि लागू हुने गरी अवैतनिक अध्यक्ष पदबाट अलग हुने निर्णय गरेको बताएका छन्। पौडेलले अध्यक्षका रूपमा कुनै पनि आर्थिक लाभ नलिने प्रतिबद्धताअनुसार बैठक भत्ता वापत लिएको रकमसमेत अस्पतालकै खातामा…
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले १९ जना चिकित्सकको दर्ता खारेज गरेको छ। काउन्सिलले आफ्नो आधिकारिक दर्ता किताबबाट नाम हटाउँदै उनीहरूको चिकित्सक दर्ता रद्द गरेको जनाएको हो। काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ को व्यवस्था अनुरूप नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकहरूको दर्ता खारेज गरिएको हो। काउन्सिलले उक्त निर्णय वैशाख १८ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ।
काठमाडौँ- अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सम्पन्न भएको छ । अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेष सत्र आयोजना गरिएको थियो, जहाँ नेपालको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (एसआरएचआर)को अवस्था, उपलब्धि र चुनौतीबारे छलफल गरिएको महिला, कानुन र विकास मञ्चले जनाएको छ । नेपालसम्बन्धी उक्त विशेष सत्र मञ्च, ओरेक नेपाल र वन हर्ट वर्ल्ड वाइडको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । सत्रमा नेपालमा प्रजनन स्वास्थ्य अधिकारको कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, सामाजिक चुनौती र सुधारका सम्भावनाबारे बहुआयामिक दृष्टिकोण प्रस्तुत गरिएको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले राससलाई जानकारी दिए…
तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन् । यही वैशाख १६ र १७ गते सञ्चालित शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, सुर्तीजन्य पदार्थबाट हुने नाक, कान, मुख र घाँटीको क्यान्सरलगायत रोगको परीक्षण गरिएकामध्ये बीस जनामा क्यान्सर देखिएको हो । उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाले जानकारी दिँदै उनहरूको थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पठाइएको बताए । नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना, व्यास नगरपालिकाको आर्थिक सहयोग, बिपी कोइराला क्यान्सर अस्पतालको प्राविधिक सहयोग र…
काठमाडौँ – नेपालमा मधुमेहका बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ। सन् २०२४ मा करिब १२ लाख ६० हजार वयस्क नेपालीहरू मधुमेहबाट प्रभावित रहेको अनुमान गरिएको छ, जुन कुल वयस्क जनसंख्याको करिब ७.७ प्रतिशत हो। समयमै जाँच र रोकथाममा ध्यान नदिएमा सन् २०५० सम्म यो संख्या झण्डै २४ लाख पुग्न सक्ने चेतावनी दिइएको छ। यसैबीच भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नेपाल मेडिकल शो–२०२६’ मा मधुमेहसम्बन्धी जनचेतना अभिवृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिएको छ। शोमा एकूरेक्स (ACCUREX) ले स्टल नम्बर A-155 मार्फत स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिरहेको छ। एकूरेक्सले निःशुल्क रगतमा चिनी (सुगर) परीक्षण सेवा प्रदान गरिरहेको हो।…
काठमाडौँ – पाटन अस्पतालले क्यान्सरका बिरामीलाई लक्षित गर्दै महँगा औषधि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको खुलासा भएको छ। राजधानीमा आयोजित कार्यक्रममा क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले यस्तो जानकारी दिएका हुन्। ख्यातिप्राप्त गायिका मीरा राणाले स्थापना गरेको ‘मीरा राणा क्यान्सर समाज’बारे जानकारी दिने क्रममा डा. शाहीले एक अमेरिकी संस्थाको सहकार्यमा अस्पतालले विभिन्न प्रकारका क्यान्सर औषधि निःशुल्क वितरण गरिरहेको बताए। बिरामीहरूको आर्थिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचारमा सहजता ल्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले स्पष्ट पारे। उनका अनुसार अमेरिकास्थित म्याक्स फाउन्डेसनको सहयोगमा पाटन अस्पतालले क्यान्सरका १३ प्रकारका औषधि प्राप्त गर्दै आएको छ। बजारमा मासिक १०–१५ हजार रुपैयाँदेखि १०–१५ लाख रुपैयाँसम्म पर्ने यी…

