स्वास्थ्य डायरी

कञ्चनपुर – नेपाल मेडिकल काउन्सिलको विशेष टोलीले कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका डेन्टल क्लिनिकहरूको आकस्मिक अनुगमन गर्दा अधिकांश क्लिनिक मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ। चिकित्सकबिनै उपचार गर्ने, स्वास्थ्य कार्यालयमा दर्ता नगरी सेवा सञ्चालन गर्ने तथा न्यूनतम स्वास्थ्य मापदण्ड समेत पालना नगरेको तथ्य अनुगमनका क्रममा खुलेको हो। काउन्सिल सदस्य डा. अजय कुमार शाहको नेतृत्वमा विज्ञहरू डा. विकास खड्का र डा. अमृतराज जैशी सम्मिलित टोलीले मंगलबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म गुलरिया, झलारी र महेन्द्रनगर क्षेत्रका विभिन्न डेन्टल क्लिनिकहरूको स्थलगत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा गुलरियास्थित स्टार डेन्टल क्लिनिकमा गम्भीर लापरबाही फेला परेको टोलीले जनाएको छ। उक्त क्लिनिक स्वास्थ्य कार्यालयमा…

विस्तृतमा...

चितवन – चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र बागमती प्रदेश राजधानि मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौँमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा भने भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौँको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने जानकारी दिए । सत्र रोपनी जमिनमा रु १२ अर्बभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुआतमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने उनले बताए । अस्पतालमा क्यान्सरसहित अतिविशिष्टिकृत सेवा…

विस्तृतमा...

कैलाली- कैलालीको धनगढी र अत्तरिया क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश डेन्टल क्लिनिकहरूले जनस्वास्थ्यसँग गम्भीर खेलबाड गरिरहेको पाइएको छ। नेपाल मेडिकल काउन्सिलको विशेष अनुगमन टोलीले सोमबार गरेको आकस्मिक निरीक्षणका क्रममा चिकित्सकको अनुपस्थितिमा कार्यालय सहयोगी र क्लिनिक सञ्चालक आफैँले बिरामीको उपचार गरिरहेको तथ्य फेला परेको हो। काउन्सिल सदस्य डा. अजय कुमार शाहको नेतृत्वमा डा. विकास खड्का, डा. अमृतराज जैशी र इन्स्पेक्टर जेनित कुँवर सम्मिलित टोलीले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म धनगढी र अत्तरियाका १० वटा डेन्टल क्लिनिकमा सघन अनुगमन गरेको थियो। अनुगमनका क्रममा स्मृति डेन्टल क्लिनिकमा कार्यालय सहयोगीले नै बिरामीको दाँत सफा गर्ने (स्केलिङ) कार्य गरिरहेको अवस्थामा भेटिएको टोलीले जनाएको छ। उक्त…

विस्तृतमा...

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको स्थलगत अनुगमन टोलीले काठमाडौं महानगरभित्र सञ्चालित विभिन्न डेन्टल क्लिनिकहरूमा गम्भीर अनियमितता फेला पारेको छ। काउन्सिलका सदस्यहरू डा. अस्मिता पोखरेल, डा. सारिका गोइत, डा. निना राई, डा. योविन कुमार यादव तथा विज्ञ सदस्यहरू डा. भुमेश काफ्ले र डा. हरी वली सम्मिलित टोलीले रामहिटी–जोरपाटी क्षेत्रमा रहेका चार डेन्टल क्लिनिकको निरीक्षण गरेको थियो। अनुगमनमा पद्मा स्माइल डेन्टल क्लिनिक, मेन्डु डेन्टल केयर सेन्टर, रामनगर क्लिनिक एण्ड डायग्नोस्टिक तथा प्लाटिनियम डेन्टल क्लिनिक प्रालि समेटिएका थिए। अनुगमनका क्रममा विशेषगरी मेन्डु डेन्टल केयर सेन्टर र रामनगर क्लिनिक एण्ड डायग्नोस्टिकमा जनस्वास्थ्यका न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको छ। यी क्लिनिकहरू सम्बन्धित निकायमा दर्ता बिना…

विस्तृतमा...

काठमाडौं – सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले डा अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडीनसमेत रहेका डा अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् । उक्त नियुक्तिबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले भनिन्, ‘स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा डा अग्रवालको नियुक्तिले प्रधानमन्त्रीज्यूलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने…

विस्तृतमा...

चितवन – ३४औँ अन्तर्राष्ट्रिय मिडवाइफ दिवसको अवसरमा भरतपुर अस्पतालको मातृत्व वार्डका मिडवाइफहरूले एएनसीदेखि पीएनसीसम्मको सेवाको निरन्तरताबारे विशेष प्रदर्शनी आयोजना गरेका छन् । मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारमा मिडवाइफ सेवाको महत्त्व उजागर गर्ने उद्देश्यले मङ्गलवार उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले जानकारी दिए । उक्त कार्यक्रमले गर्भावस्थादेखि सुत्केरीपछिको हेरचाहसम्मका सेवाहरूको जानकारी प्रदान गरेको थियो । कार्यक्रममा गर्भवती जाँच , सुरक्षित सुत्केरी तथा सुत्केरीपछिको जाँच सम्बन्धी सचेतनामूलक सामग्री प्रदर्शन गरिएको उनले बताए । उनका अनुसार, प्रदर्शनीमार्फत समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्यकर्मीहरूलाई समेत सो बारे जानकारी दिनु मुख्य लक्ष्य रहेको छ । कार्यक्रमले सेवाग्राही र स्वास्थ्यकर्मीबीच…

विस्तृतमा...

काठमाडौं – वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्नो राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालयले भने उनको राजीनामा अझै स्वीकृत गरिसकेको छैन। सरकारले हालै जारी गरेको अध्यादेशअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल) लगायतका संस्थाका पदाधिकारीहरू पदमुक्त हुने व्यवस्था भएपछि डा. शर्माले राजीनामा दिएका हुन्। अध्यादेश लागू भएसँगै यसअघि नियुक्त भएका विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भइसकेको अवस्थामा डा. शर्माले पनि सोही कानुनी मर्मअनुसार जिम्मेवारीबाट अलग भएको बताएका छन्। उनको राजीनामासँगै वीर अस्पताल हाल नेतृत्वविहीन अवस्थामा पुगेको छ।

विस्तृतमा...

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगत तर्फको सदस्यमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का अध्यक्ष भक्तबहादुर हमाल विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंगलबार सम्पन्न निर्वाचनमा सदस्य पदका उम्मेदवार हमाल विजयी भएका हुन्। महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका हुन्। निर्वाचनमा श्रेष्ठले ६३ मत प्राप्त गर्दा घिमिरेले ६० मत पाएका छन्। वस्तुगत समूहतर्फ २६ जना उम्मेदवारमध्येबाट १३ जना विजयी भएका छन्। विजयी हुनेहरूमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट,…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार पदमुक्त भएका पदाधिकारीलाई पदमुक्त भएको जानकारीको पत्र पठाउने क्रम सुरु गरिएको छ । “अध्यादेशअनुसार मन्त्रालयअन्तर्गतका प्रतिष्ठान, समिति र बोर्डअन्तर्गतका ती पदाधिकारी पदमुक्त भएका छन् । पदमुक्त भएका पदाधिकारीलाई पत्राचार गरिरहेका छौँ”, उनले भने । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य…

विस्तृतमा...

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति मार्फत जनाएको छ । जना महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउँदै उसले सङ्कमित महिलाको अप्रिल– २७ मा मृत्यु भइसकेको उल्लेख गरेको छ । एक दम्पती र एक जना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परे पछि सङ्मणको आशङ्कामा उनीहरु सहित करिब १५० जना यात्रुहरु जहाजमै रहेको जनाइएको छ । हालै पुष्टि भएको हान्टाभाइरस सङ्क्रमीत यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ । जहाजमा रहेका दुई जना…

विस्तृतमा...