काठमाडौं- नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै काउन्सिलको उक्त निर्णयलाई अन्यायपूर्ण, आपत्तिजनक र अपमानजनक भएको जनाएको हो । संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विदेशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वदेश फर्किन प्रोत्साहन गर्नुपर्नेमा उल्टै दर्ता खारेज गर्नु गलत भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “विदेशमा हासिल गरेको ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्न प्रोत्साहन गर्नुपर्नेमा दर्ता नै खारेज गर्नु न्यायसंगत होइन ।” संघले एनआरएन चिकित्सकहरूले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुको सट्टा उनीहरूको…
स्वास्थ्य डायरी
बागलुङ – जिल्लाको ग्वालीचौरस्थित १५ शय्याको बडिगाड आधारभूत अस्पतालमा मिर्गौला रोगका बिरामीका लागि डायलायसिस सेवा सुरु गर्ने तयारी तीव्र बनाइएको छ । डायलायसिस सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति तयार गर्न बडिगाड गाउँपालिकाले नर्सलाई ‘डायलायसिस नर्सिङ’ तालिमका लागि काठमाडौं पठाएको छ । वीर अस्पतालमा तीन महिनाको आधारभूत तालिम लिइरहेका दुई जना नर्स दक्ष भएर फर्किएपछि सेवा औपचारिक रूपमा सुरु गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेमबहादुर पुनका अनुसार डायलायसिस मेसिन जडानको काम पूरा भइसकेको छ भने अन्य व्यवस्थापकीय काम अघि बढिरहेको छ । यसअघि गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भीमसेन वन र स्वास्थ्य संयोजक विपेन्द्र केसीसहितको…
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्दै त्यसलाई थप व्यवस्थित, सरल र जनमैत्री बनाउने तयारी सरकारले गरिरहेको बताएकी छन् । सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियानको शुभारम्भ गर्दै उनले स्वास्थ्य बीमा प्रणाली सुधारका लागि मन्त्रालयस्तरमा गहन छलफल र गृहकार्य भइरहेको जानकारी दिइन् । स्वास्थ्य बीमामा केही जटिल र पेचिला समस्या रहेको स्वीकार गर्दै मन्त्री मेहताले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने गरी नयाँ व्यवस्था ल्याउने तयारी भइरहेको उल्लेख गरिन् । उनका अनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अहिले अन्तिम चरणमा पुगेको छ । सरकारले चाँडै नै नागरिकमैत्री र प्रभावकारी व्यवस्था सार्वजनिक गर्ने तयारी…
झापा- झापामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्थाको संख्या २७ पुगेको छ । जिल्लामा नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट तथा स्वास्थ्य सेवा केन्द्रमार्फत उक्त सेवा प्रदान हुँदै आएको छ । निजी स्वास्थ्य संस्थाले पनि सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार पछिल्ला तीन वर्षमा सूचीकृत स्वास्थ्य संस्थामार्फत १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये २० वर्षमुनिका ६०६ जना किशोरी रहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यसमध्ये २९२ जना २० वर्षमुनिका…
काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना बिरामीले नियमित हेमोडायलासिस सेवा लिएका छन् । केन्द्रले सार्वजनिक गरेको वैशाख २७ गतेको दैनिक विवरणअनुसार बिहान, बेलुका, लेट इभिनिङ र रातिको सत्रमार्फत नियमित हेमोडायलासिस सेवा सञ्चालन गरिएको हो । विवरणअनुसार बिहान ४२ जना र बेलुका ४२ जनाले सेवा लिएका छन् भने लेट इभिनिङ तथा रातिको सत्रमा ३६–३६ जना बिरामीले हेमोडायलासिस गराएका छन् । यसरी नियमित सेवामार्फत कुल १५६ जनाले उपचार सेवा प्राप्त गरेका हुन् । त्यसैगरी आकस्मिक हेमोडायलासिस सेवा पाँच जना बिरामीलाई प्रदान गरिएको केन्द्रले जनाएको छ । विशेष हेमोडायलासिसअन्तर्गत सेरोपोजिटिभ बिरामीका लागि १५ वटा सत्र सञ्चालन गरिएको विवरणमा उल्लेख…
चितवन- नेपाल औषधि व्यवसायी संघको २१औं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । अधिवेशनबाट अध्यक्षमा इन्द्रराज गैरे चयन भएका छन् । त्यसैगरी निवर्तमान अध्यक्षमा विनोद तिमलसेना रहेका छन् । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मि लाल श्रेष्ठ, उपाध्यक्ष (थोक) मा तारानाथ अधिकारी तथा उपाध्यक्ष (खुद्रा) मा रूद्र प्रसाद सापकोटा निर्वाचित भएका छन् । यस्तै, महासचिवमा टेक प्रसाद सापकोटा (बासु), कोषाध्यक्षमा विनोद पन्त, सचिवमा मेघनाथ पौडेल तथा सह–कोषाध्यक्षमा राजेश पौडेल चयन भएका छन् । सदस्यहरूमा थोकतर्फ विज्ञान पौडेल र श्रीनिवास पौड्याल, खुद्रातर्फ हरी प्रसाद ढकाल र प्रेम थापा तथा खुल्ला सदस्यमा श्रीकृष्ण गौतम, धनमायाँ लुईटेल र…
चितवन – चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन्। अस्पताल प्रशासनले यही वैशाख १६ गते एक सूचना जारी गर्दै उनीहरुलाई तत्काल आवास छोड्न निर्देशन दिएको थियो । आपत्कालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्नु अस्पतालको दायित्व एवं प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिइएको हो। अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायकस्तर, अधिकृतस्तर र चिकित्सकहरुका लागि छुट्टाछुटै आवासको व्यवस्था छ । सहायकस्तरका कर्मचारीका लागि १० वटा घर जहाँ ६० परिवार बस्न मिल्छ । अधिकृतस्तरका कर्मचारीका लागि ६ वटा घर १० वटामा एकल…
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी तथा निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाएको छ । मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले डा रोशन न्यौपानेको नेतृत्वमा विशेष अनुगमन टोली परिचालन गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार अस्पतालहरूले प्रदान गरिरहेको स्वास्थ्य सेवाको गुणस्तर मूल्याङ्कन तथा नियमनलाई प्रभावकारी बनाउन दैनिक अनुगमनलाई उच्च प्राथमिकतामा राखिएको छ । यस अभियानअन्तर्गत गत हप्ता कान्तिबाल अस्पताल र अल्का अस्पतालमा छड्के अनुगमन गरिएको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा अस्पतालहरूले तोकिएको मापदण्ड पालना गरे–नगरेको, सेवा प्रवाहको अवस्था तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइएको विषयमा विशेष निगरानी गरिएको थियो । मन्त्रालयले हाल अस्पतालहरूलाई सघन सुपरिवेक्षण गर्दै…
काठमाडौँ- सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ । सरकारले सोमबारदेखि जेठ १ सम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । त्यसका लागि सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिए । सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाइसम्बन्धी आचारण विकास गर्न सरसफाइ सप्ताह सञ्चालन गर्न थालिएको उनले जानकारी दिए । सप्ताह सञ्चालन गर्न सबै संघ, प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान ८ः३०…
भद्रपुर (झापा) – जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जङ्गलीबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन् । बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिए । उनका अनुसार बिरामीमध्ये दुई…

