काठमाडाैं- हरेक वर्ष मे १२ मा मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवस विश्वभरका नर्सहरूको योगदानलाई सम्मान गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । सन् २०२६ को नारा “हाम्रा नर्सहरू, हाम्रो भविष्य : सशक्त नर्सहरूले जीवन बचाउँछन्” ले नर्सिङ पेशाको महत्वसँगै दिगो स्वास्थ्य प्रणाली निर्माणका लागि नर्सहरूको सशक्तीकरण अपरिहार्य रहेको सन्देश दिएको छ । नेपालको सन्दर्भमा यो विषय अझ बढी सान्दर्भिक देखिन्छ । स्वास्थ्य सेवामा पहुँच, गुणस्तर र स्वास्थ्यकर्मीको असमान वितरण अझै पनि चुनौतीका रूपमा कायम छन् । नेपालमा नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा कार्यरत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नर्सिङ काउन्सिलका तथ्यांकअनुसार देशभर करिब ६० हजारभन्दा बढी दर्ता भएका नर्स…
स्वास्थ्य डायरी
चितवन – नेपाल नर्सिङ संघ चितवन शाखाले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा मङ्गलवार (आज) वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान गरी जीवन बचाउने अभियानमा सहभागी हुन संघले सबैलाई आग्रह गरेको छ । संघले जारी गरेको पत्रअनुसार कार्यक्रम आज बिहान ९ बजेदेखि भरतपुर अस्पताल परिसरमा सञ्चालन हुनेछ । कार्यक्रममा नर्सिङकर्मी, विद्यार्थी तथा सर्वसाधारणलाई रक्तदानमा सहभागी हुन अनुरोध गरिएको छ । नेपाल नर्सिङ संघ चितवन शाखाकी अध्यक्ष विष्णु माया अधिकारीद्वारा हस्ताक्षरित पत्रमा रक्तदान जीवनदान भएकाले मानवीय सेवाको भावनासहित कार्यक्रममा सहभागिता जनाउन अपिल गरिएको छ । हरेक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस विश्वभर मनाइन्छ । यस वर्ष “हाम्रा नर्स, हाम्रो…
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क क्षयरोगी खोजपडताल गरिएको छ । आधुनिक प्रविधिको प्रयोगबाट समुदायमा लुकेर बसेका क्षयरोगीको पहिचान गर्दै समयमै उपचारमा ल्याउने उद्देश्यले उच्च जोखिममा रहेका वडा नं १, ५ र ८ मा शिविर सञ्चालन गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार वडा नं ८ को पिताम्बर स्वास्थ्यचौकी, वडा नं ५ को आधारभूत स्वास्थ्य केन्द्र वन समिति र वडा नं १ को सहरी स्वास्थ्य केन्द्र बन्साहमा शिविर सञ्चालन गरिएको छ । चिकित्सकसहितको टोलीले एआई प्रविधियुक्त पोर्टेबल एक्सरे मेसिन प्रयोग गरेर क्षयरोगीको खोजपडताल गरेको उनले बताए । शिविरमार्फत कूल ६८८ जनाको क्षयरोग परीक्षण गरिएको…
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि खटाएका कर्मचारीलाई लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले कार्यालय प्रवेशमै अवरोध गराएको आरोप लागेको छ । प्रदेश सरकारको निर्णयअनुसार अस्पतालमा हाजिर हुन पुगेका कर्मचारीलाई नगर प्रहरी परिचालन गरेर कार्यालय परिसरबाट बाहिर निकालिएको कर्मचारीहरूको गुनासो छ । प्रदेश सरकारले लम्कीचुहा अस्पतालका लागि आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव, छैटौँ तहका लेखा अधिकृत गणेश विष्ट र नायब सुब्बा लक्ष्मी श्रेष्ठलाई खटाएको थियो । सामाजिक विकास मन्त्रालयको १५ वैशाखको सचिवस्तरीय निर्णयमार्फत डा. यादवलाई सरुवा गरिएको थियो भने आर्थिक मामिला मन्त्रालयले लेखा अधिकृत विष्टलाई त्यहाँ पठाएको थियो । ती कर्मचारी सोमबार अस्पतालमा हाजिर…
काठमाडौं – सरकारले देशभरिको आधारभूत स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन ‘न्यूनतम मापदण्ड’ लागू गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई नागरिकमैत्री र लागत-प्रभावी बनाइने बताए। सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थानीय तहसम्म आवश्यक जनशक्ति, औषधि र उपकरणसहितको एकीकृत स्वास्थ्य सेवा मोडेल कार्यान्वयन गरिने जानकारी दिए। विशेष गरी ग्रामीण क्षेत्रका नागरिकले सहजै स्वास्थ्य सेवा पाउने सुनिश्चितता गर्नु सरकारको प्राथमिकता रहेको उनले उल्लेख गरे। नीति तथा कार्यक्रममा बालबालिकाको स्वास्थ्य र पोषणलाई पनि विशेष महत्त्व दिइएको छ। विद्यालयहरूमा स्वास्थ्य कार्यक्रमलाई सुदृढ गरिने र न्युरो-डाइभर्सिटी भएका बालबालिकाहरूका लागि विशेष…
काठमाडौं – सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित यस्तो व्यवस्था अघि सारिएको हो । संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले देशभर समान र गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चितताका लागि न्यूनतम मापदण्ड लागू गरिने जानकारी दिएका हुन् । सरकारले औषधि, स्वास्थ्य उपकरण तथा आवश्यक पूर्वाधारसहितको एकीकृत स्वास्थ्य सेवा मोडेल कार्यान्वयनमा ल्याउने पनि जनाएको छ । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, सेवा र उपकरणको उपलब्धता सुनिश्चित गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । त्यसैगरी…
काठमाडौं – सरकारले रोग निगरानी, रोकथाम तथा नियन्त्रणका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् । सरकारले संक्रामक तथा महामारीजन्य रोगको जोखिम समयमै पहिचान गरी प्रभावकारी नियन्त्रण गर्न रोग निगरानी प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित उक्त केन्द्र स्थापना गर्ने जनाएको छ । कोभिड–१९ महामारीपछि सार्वजनिक स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने आवश्यकता बढेकाले रोग नियन्त्रण तथा आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई व्यवस्थित गर्न नयाँ संरचना अघि सारिएको सरकारको भनाइ छ ।
काठमाडाैं- सरकारले नेपाल औषधि लिमिटेडको स्तरोन्नति गर्ने जनाएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशी औषधि उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने बताउँदै नेपाल औषधि लिमिटेडको स्तरोन्नति गर्ने बताएका हुन् ।
काठमाडौं – सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित पुनर्संरचना गरिने उल्लेख गरिएको छ । संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सुधार गरिने जानकारी दिएका हुन् । सेवाग्राहीले सहज, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पाउनुपर्ने माग बढ्दै गएको सन्दर्भमा कार्यक्रमलाई सुधार गर्ने आवश्यकता औँल्याइएको छ ।
काठमाडौं- सरकारले आरोग्य अध्ययन तथा पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकतामा राख्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई आरोग्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गरिने बताएका हुन् । सरकारले योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आध्यात्मिक अध्ययनसँग सम्बन्धित आरोग्य पर्यटनलाई विस्तार गर्ने नीति अघि सारेको छ । नीति तथा कार्यक्रममा नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य केन्द्रका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार विकास, अध्ययन–अनुसन्धान तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यस पहलमार्फत स्वास्थ्य, संस्कृति र पर्यटनलाई एकीकृत गर्दै देशलाई नयाँ पर्यटन गन्तव्यका रूपमा अघि बढाउने…

