स्वास्थ्य डायरी

काठमाडौं- कपिलवस्तुको शिवराज नगरपालिका–स्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्री गरेर संकलन गरिएको रकम बैंकमा जम्मा नगरी अपचलन गरिएको उजुरीपछि अनुसन्धान सुरु गरिएको हो। शिवराज नगरपालिकाले २०८३ वैशाख ४ गते अस्पतालको आर्थिक कारोबारमा अनियमितता भएको भन्दै छानबिनको माग गरेपछि घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा अस्पतालबाट उठेको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्ने प्रक्रियामै गम्भीर शंका देखिएको थियो। प्रहरीले विभिन्न मितिका १२९ वटा भौचरमार्फत कुल…

विस्तृतमा...

काठमाडौं- नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनका अनुसार हालै आन्द्रा महासागर क्षेत्रमा सञ्चालनमा रहेको एक पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण देखिए पनि नेपालमा यसको तत्काल जोखिम नदेखिएको हो । उनका अनुसार यो भाइरस समूहको ‘एन्डिज भाइरस’ विशेष गरी दक्षिण अमेरिकी क्षेत्रमा पाइने केही प्रकारका मुसामा मात्र सीमित छ । नेपालमा त्यस्ता मुसा सामान्यतया नपाइने भएकाले यहाँ यसको जोखिम अत्यन्त न्यून रहेको उनले स्पष्ट पारे । “हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट सङ्क्रमित हुने मुसा नेपालमा पाइँदैन, त्यसैले नेपालमा तत्काल जोखिम अत्यन्त न्यून छ,” डा. भट्टचनले बताए…

विस्तृतमा...

काठमाडौं- युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस तथा शिक्षण अस्पतालका अध्यक्ष एवं वरिष्ठ निर्माण व्यवसायी रमेश शर्मालाई प्रहरीमार्फत मन्त्रालय उपस्थित गराइएको घटनाप्रति एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपाल(एपीएमडीसीएन)ले घोर आपत्ति जनाएको छ। संस्थाले विज्ञप्ति जारी गर्दै कुनै स्पष्ट कानुनी आधारबिना शर्मामाथि गरिएको धरपकड निन्दनीय भएको उल्लेख गरेको छ। एपीएमडीसीएनका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जारी गरेको विज्ञप्तिमा देशको विकास र चिकित्सा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तिमाथि गरिएको यस्तो व्यवहारले निजी क्षेत्र र लगानीकर्तामा असुरक्षाको भावना पैदा गर्ने उल्लेख छ। संस्थाले सरकारसँग उक्त घटनाको तत्काल समीक्षा गरी शर्मालाई ससम्मान व्यवहार गर्न आग्रह गरेको छ। साथै, कठिन घडीमा संस्था…

विस्तृतमा...

काठमाडौं – ह्याम्स अस्पतालले अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा नर्सहरूको अथक मेहनत, समर्पण र स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान व्यक्त गरिएको थियो । कार्यक्रममा अस्पताल व्यवस्थापन, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने नर्सहरूलाई सम्मानसमेत गरिएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले बिरामीको उपचार तथा हेरचाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सेवाभाव र जिम्मेवारीले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाएको बताएको छ । कार्यक्रममा सहभागीहरूले नर्सहरूको पेशागत सम्मान, सुरक्षित कार्य वातावरण तथा क्षमता विकासमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए । अन्तर्राष्ट्रिय…

विस्तृतमा...

पोखरा- पोखरामा सञ्चालित केही आयुर्वेद अस्पताल तथा क्लिनिकमा गैरकानुनी र गुणस्तरहीन औषधिको बिक्रीवितरण भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा मंगलबार गरिएको आकस्मिक अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा यस्तो गम्भीर लापरबाही फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार अनुगमनका क्रममा औषधि व्यवस्था विभागबाट अनुमति नलिएका तथा म्याद गुज्रेका ठूलो परिमाणका औषधि बरामद गरी नष्ट गरिएको छ । “अधिकांश अस्पताल तथा क्लिनिकमा गैरकानुनी रूपमा औषधि बिक्री भइरहेको पाइयो,” बरालले भने, “उपचारको नाममा भइरहेको यस्तो विकृति नियन्त्रण गर्न प्रशासनले अनुगमनलाई कडाइ गरेको छ । दोषीमाथि कानुनअनुसार कारबाही गरिन्छ ।” अनुगमन टोलीले मापदण्ड…

विस्तृतमा...

महोत्तरी- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा व्याप्त कुपोषणको समस्या समाधानका लागि नागरिकको बानीव्यवहारमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताएका छन्। मधेस प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय सपही धनुषाले लालगढमा सोमबारदेखि सुरु गरेको तीनदिने ‘मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३’ उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्। मुख्यमन्त्री यादवले मधेसका प्रत्येक घरको भान्साघर व्यवस्थित गर्न सके कुपोषणको अवस्थामा ठूलो सुधार आउने उल्लेख गरे। खाद्य सामग्री उत्पादनका दृष्टिले मधेस अन्य प्रदेशको तुलनामा धेरै अगाडि भए पनि उत्पादित सामग्रीको सही ढङ्गले उपयोग हुन नसक्दा यहाँ कुपोषण एउटा गम्भीर समस्याका रूपमा देखिएको उनको भनाइ छ। स्थानीय स्तरमा उपलब्ध पोषणयुक्त खानाको सही पहिचान र…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धसँगै स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना दिएका थिए भने मन्त्री मेहताले नेपालका स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरेकी छन्। छलफलका क्रममा नेपालका राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण तथा विशिष्टीकृत उपचार केन्द्रहरूको विस्तारबारे पनि सकारात्मक संवाद भएको मन्त्रालयले जनाएको छ। दुवै पक्षबीच स्वास्थ्य पूर्वाधार विकासमा भारतीय सहयोगलाई आगामी दिनमा…

विस्तृतमा...

काठमाडौं – अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा ह्याम्स अस्पतालकी नर्सिङ इन्चार्ज कुसुम केसीले नर्सिङ पेशा केवल जागिर नभई मानव सेवाको सबैभन्दा संवेदनशील दायित्व भएको बताएकी छन्। ‘हाम्रा नर्सहरू, हाम्रो भविष्य : सशक्त नर्सहरूले जीवन बचाउँछन्’ भन्ने नारासहित मनाइँदै गरेको सन् २०२६ को अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा उनले बिरामीको सेवा नै नर्सको धर्म भएको उल्लेख गरिन्। १० वर्षदेखि नर्सिङ सेवामा सक्रिय केसीले नर्सले बिरामीको पीडा, डर र भावनालाई नजिकबाट बुझ्ने बताइन्। ‘नर्सले बिरामीको दुःखलाई आफ्नै दुःखझैँ महसुस गर्छ। बिरामीको आँसु देख्दा आफू पनि भावुक हुन्छौँ,’ उनले भनिन्, ‘हामी बिरामीको हरेक क्षणसँग जोडिएर काम गरिरहेका हुन्छौँ।’ उनका अनुसार नर्सिङ पेशाले केवल स्वास्थ्य सेवा…

विस्तृतमा...

काठमाडौं- मिर्गौला तथा विभिन्न दीर्घरोगबाट पीडित व्यक्तिहरूको हकहितका लागि कार्यरत मिर्गौला पीडित सरोकार समाजले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै समाजले मंगलबार ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेको हो। माइतीघर मण्डलामा भेला भएका पीडित तथा उनीहरूका आफन्तहरूले उपचारमा सहज पहुँच, निःशुल्क औषधि र राज्यद्वारा उपलब्ध गराइने सुविधाको प्रभावकारी कार्यान्वयनको माग गरेका छन्। प्रदर्शनकारीहरूले बिरामीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका थिए। उनीहरूले देशभरका अस्पतालमा डायलासिस सेवालाई थप व्यवस्थित, सहज र झन्झटरहित बनाउनुपर्ने माग राखेका छन्। त्यसैगरी, मिर्गौला प्रत्यारोपण गरेका तथा अन्य कडा रोगका बिरामीलाई आवश्यक पर्ने महँगो औषधि सहुलियत दरमा वा निःशुल्क…

विस्तृतमा...

काठमाडौं- युवा चिकित्सक डा. प्रज्ञान बस्नेतले नेपालका आवासीय चिकित्सकमाथि भइरहेको श्रमशोषण, मानसिक दबाब र अमानवीय कार्यबोझबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएका छन् । वैशाख २८ गते प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको निवेदनमार्फत उनले एमडी, एमएस तथा एमडीएस अध्ययनरत आवासीय चिकित्सकहरू अत्यधिक श्रमशोषणको सिकार भइरहेको उल्लेख गरेका छन् । डा. बस्नेतका अनुसार नेपालका शिक्षण अस्पतालहरूमा आवासीय चिकित्सकलाई लगातार ३६ घण्टासम्म ड्युटी गराइने तथा सातामा १०० घण्टाभन्दा बढी काममा लगाइने गरिएको छ । जबकि श्रम ऐनले दैनिक ८ घण्टा र सातामा ४८ घण्टा मात्रै काम गर्न पाउने व्यवस्था गरेको उनले स्मरण गराएका छन् । निवेदनमा अस्पताल सञ्चालनको मुख्य आधारजस्तै रहेका आवासीय चिकित्सकलाई…

विस्तृतमा...