Aricle Tech

काठमाडौं : आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । ६२ वर्षीय रिचर्ड ‘रिक’ स्लेम्यानको शल्यक्रिया गरेको दुई महिनापछि मृत्यु भएको अस्पतालले जनाएको हो । स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसबेला डाक्टरहरुले उनको शरीरमा राखिएको सुँगुरको मिर्गौलाले कम्तिमा पनि २ वर्ष काम गर्ने बताएका थिए । शनिबार अस्पताल र उनका परिवारले स्लेम्यानको मृत्यु भएको पुष्टि गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरुको टिमले विज्ञप्ति प्रकाशित गर्दै स्लेम्यानको मृत्युबाट आफू निकै दु:खी बनेको बताएको छ ।

विस्तृतमा...

कैलाली : कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक रु एक हजारका दरले भत्ता वितरण गरेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी सङ्क्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र मालाखेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरिएको जानकारी दिए । उनका अनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआइभी सङ्क्रमित रहेका फेला परेका छन् । सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् । गाउँपालिकाभित्र रहेका एचआइभी सङ्क्रमितको पहिचान गरी उनीहरुलाई…

विस्तृतमा...

धनगढी : धनगढीको केजी हस्पिटल प्रालिले सात लाख बढि रुपैयाँमा हर्नियाको शल्यक्रिया गरेका बृद्धको मृत्यु भएको छ । साढे दुई लाखमा शल्यक्रिया गरिदिने भन्दै हस्पिटल भर्ना भएका गौरीगां नगरपालिका–१ का ९० वर्षीय घरथरी चौधरीको मृत्यु भएको हो । मृतकका छोरा असमान चौधरीले हस्पिटलले भेन्टिलेटरबाट निकालेपछि घर ल्याउने क्रममा हस्पिटलकै गेटमा उनको मृत्यु भएको बताए । साढे दुई लाखमा शल्यक्रिया गरिदिने भनेपछि बुवालाई केजी हस्पिटलमा भर्ना गरिएको उनी बताउँछन् । तर हस्पिटलले सात लाखको बिल थमाएको थियो । दुई लाख ६५ हजार रुपैयाँ शल्यक्रिया पूर्व नै बुझाइसकेकोमा बिलअनुसारको रकम भुक्तानी गर्न दबाब दिदै हस्पिटलले चौधरीलाई डिस्चार्ज गर्न मानेको थिएन । उनका…

विस्तृतमा...

काठमाडौं : वैशाख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । १४औँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका हुन् । “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए ।…

विस्तृतमा...

काठमाडाैं : आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा नेपालका नर्सिङ्ग कलेज तथा सम्बन्धित संघसंस्थाले कार्यक्रम गर्दैछन् । ‘लेडी विथ द ल्याम्प’को उपनामले चिनिने फ्लोरेन्स नाइटिंगेलको जन्मदिन अर्थात् हरेक वर्ष मे १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा इटालीको फ्लोरेन्समा भएको थियो । जर्मनीमा नर्सिङ तालिम गरेकी उनलाई क्राइमिया युद्धका क्रममा सन् १८५३ मा टर्कीको सैन्य अस्पतालमा पठाएको थियो । टर्कीमा सैनिकको हेरचाह तथा स्याहार गरिएकोे…

विस्तृतमा...

दोलखा- भीमेश्वर नगरपालिका-२ दोलखाको धुलिखेल अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ । शनिबार भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले इन्डोस्कोपी सेवाको सुरु गरेका हुन् । धुलिखेल अस्पताल दोलखाले जिल्लामा गुणस्तरीय सेवा दिँदै आएको र इन्डोस्कोपी सेवाले उपचारमा थप गुणस्तरियता कायम हुने नगरप्रमुख इश्वर नारायण मानन्धरले अपेक्षा राखेका छन् । इन्डोस्कोपी सेवाले ग्यास्ट्राइटिस, डुओडेनाइटिस, पेप्टिक अल्सर, पेप्टिक अल्सर रक्तस्राव, एच पाइलोरी संक्रमण, रक्तस्राव, ग्यास्ट्रिक क्यान्सरलगायत धेरै रोगहरूको पहिचानपछि उपचारमा सहज हुने अस्पतालका प्रशासन प्रमुख डा. दीपेश ताम्राकारले बताए ।

विस्तृतमा...

कैलाली : कैलाली धनगढीस्थित गेटा अस्पतालले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो । अस्पतालले विभिन्न ६ वटा पदका लागि परीक्षा लिएको थियो ।

विस्तृतमा...

बैतडी : बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ । ९ महिनादेखि अतिरिक्त भत्ता र सार्वजनिक बिदामा काम गरे बापतको भत्ता रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकहरुले आइतबारदेखि काम रोकेका हुन् । उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिक र वार्ड बाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए । चिकित्सकहरुले बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्तिमेटम शनिबार सकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सकहरुको आरोप छ । आन्दोलनरत डा. गोविन्द बोगटीले चिकित्सकहरु मात्र नभएर अस्पतालमा कार्यरत…

विस्तृतमा...

काठमाडौं- बैशाख ३१ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो सस्करण आयोजना हुँदैछ। स्वस्थ नेपाल निर्माणको अग्रसरता सरकार, समुदायिक र निजी क्षेत्र सबैको सहभागिता भन्ने मुल नारा सहित स्वास्थ्य सम्मेलन हुन लागेको हो । सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजनामा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपालको साथमा कान्तिपुर मिडीया ग्रुप र नेपाल स्वास्थ्य पत्रकार मञ्चको सहकार्य र स्वास्थ्य तथा गैरस्वास्थ्य निकायहरुको सहजीकरणमा सम्मेलन हुन लागेको हो । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्दैछन् । उद्घाटन सत्रपछि सम्मेलनका अवसरमा अहिलेका मुख्य सरोकारका विभिन्न ६ वटा विषयहरुमा बृहत छलफल हुँदै छ । छलफलका सत्रहरुमा पहिला मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृश्य र…

विस्तृतमा...

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औँ पटक आमरण अनशन सुरु गरेका छन् । आज (शनिबार) अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट ‘प्रचण्ड’को राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् । ‘हाल सत्ताको नेतृत्व गरेका ‘प्रचण्ड’ त पदमा रहँदा सधैंभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरूले न्यायको…

विस्तृतमा...