काठमाडाैं : आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा नेपालका नर्सिङ्ग कलेज तथा सम्बन्धित संघसंस्थाले कार्यक्रम गर्दैछन् । ‘लेडी विथ द ल्याम्प’को उपनामले चिनिने फ्लोरेन्स नाइटिंगेलको जन्मदिन अर्थात् हरेक वर्ष मे १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा इटालीको फ्लोरेन्समा भएको थियो ।
जर्मनीमा नर्सिङ तालिम गरेकी उनलाई क्राइमिया युद्धका क्रममा सन् १८५३ मा टर्कीको सैन्य अस्पतालमा पठाएको थियो । टर्कीमा सैनिकको हेरचाह तथा स्याहार गरिएकोे त्यो पहिलो पटक थियो । सन् १९१० मा नाइटिंगेलको ९० वर्षको उमेरमा निधन भयो । सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलले हरेक मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्स दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।