काठमाडौं : सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीनसय शय्याको मेडिकल कलेज आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने योजना बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीनसय शय्या क्षमताको मेडिकल कलेज र प्राविधिक कार्यक्रम यसै वर्षदेखि सञ्चालनमा ल्याइने छ,’ उनले भने ।
Aricle Tech
काठमाडौं : सरकाले योग र ध्यानको सन्देश विश्वभर फैलाउने गरी योगध्यान पर्यटन प्रवर्द्धन गर्ने बताएको छ । संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए । “सार्वजनिक प्रशासन शिक्षा स्वास्थ्य पर्यटन र सामाजिक विकासको क्षेत्रमा योग ध्यानका बौद्धिक र वैज्ञानिक पद्धतिलाई मुल प्रवाहीकरण गरी स्वास्थ्य र नैतिकवान् समाज निर्माण गर्न संघ, प्रदेश र स्थानीयस्तरमा योग र ध्यानको अभियान सञ्चालन गरिने छ,” उनले भने ।
काठमाडौं : सरकारले गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरण गर्न नीति बनाउने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । संघीय संसद्को संयुक्त बैठकमा उनले भने, “गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणमा सहयोग गर्न नीतिगत र काुननी प्रवन्धन गरिनेछ ।”
काठमाडौं : सरकारले पर्याप्त जनशक्ति भएका संघीय अस्पतालहरूमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरिने जनाएको छ । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् । नीति तथा कार्यक्रममा वीर अस्पताल, कान्ति बाल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबाट दसर्य सिफ्टमा सेवा सञ्चालन गरिने उल्लेख छ ।
काठमाडाैं : सरकारले पाठेघरविरुद्धको खोपलाई जिल्ला अस्पतालसम्म विस्तार गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने बताए । साथै, आगामी वर्षको नीति तथा कार्यक्रमझैँ यस वर्ष पनि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रमलाई निरन्तरता दिइएको छ । राष्ट्रपति पौडेलले सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख गरे । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘पाइलटिङ डेमोन्स्ट्रेसन’ २७ भदौ २०८० मा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट सुरु गरिएको थियो । २० हजार…
काठमाडौं : सरकारले सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार गरिएको बताएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य सेवामा नागरिकको पहुँच वुद्धी गरिएको र सबै स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार गरिएको बताएका छन् ।
नेपाल दक्षिण पूर्वी एशिया क्षेत्रमा सूर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने मुलुक भएको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । संगठनले सूर्तिजन्य पदार्थमा न्यूनतम ७५ प्रतिशत कर लगाउने मापदण्ड बनाएपनि नेपालमा न्यून कर लिने गरेको भन्दै चिन्ता व्यक्त गरेको हो । राजधानीको सोल्टी होटलमा सोमबार आयोजित दोश्रो स्वास्थ्य सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य संगठनको नसर्ने रोग, मानसिक स्वास्थ्य र दुर्घटना न्यूनिकरण सम्बन्धी विभागका प्रमुख ग्याम्पो दोर्जेले नसर्ने रोग सम्बन्धी कार्ययोजना लागू गरेपनि नेपालले कर अभिवृद्धिमा भने निर्णय लिन नसकेको बताए । ‘विश्वका कतिपय देशमा १ सय ५० प्रतिशतसम्म कर उठाउने गरिएको छ । तर, नेपालमा ७५ प्रतिशत पनि नपुर्याइनु…
म्याग्दी : म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो । म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित र पाँच वर्षमुनिका चार हजार आठ सय ६९ जना बालबालिकाले पूर्णखोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिए । बालबालिकाले बीसीजी, डीपीटी, पोलियो, दादुरा, रुवेला, जेईलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनको भनाइ छ । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९…
खोटाङ : नेत्रज्योति संघ खोटाङले दिक्तेलमा आयोजना गरेको तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ। गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित १४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो चार वर्ष देखि पूर्ण रूपमा देख्न छाडेका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो । नगरपालिका, नेत्रज्योति संघ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका राधिका थपलिया र वासुदेव उपाध्यायलाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ । सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले उनीहरुलाई उक्त जिम्मेवारीका लागि त्यहाँ पठाएको हो । कोशी प्रदेशको स्वास्थ्य सचिव डा. थपलियालाई पठाइएको छ । यसअघि कोशीकी स्वास्थ्य सचिव रहेकी डा. सुधा देवकोटालाई मन्त्रालय बोलाइएको छ । यस्तै, लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. उपाध्यायलाई पठाइएको छ । उनी यसअघि आयुर्वेद विभागका प्रमुख थिए । लुम्बिनीका स्वास्थ्य सचिव रहेका डा. जनार्दन पन्थीलाई मन्त्रालयमा बोलाइएको छ ।

