काठमाडौं : जनता समाजवादीका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित सपथ ग्रहण समारोह राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री यादवलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । यादवसँगै राज्यमन्त्री हसिना खानलाई पनि राष्ट्रपति पौडेलले सपथ ग्रहण गराएका छन् । नवनियुक्त स्वास्थ्यमन्त्री यादवले सोमबारै कार्यभार सम्हाल्ने छन् ।
Aricle Tech
नेपालगन्ज : पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. पाण्डेलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिनुभन्दा एकदिन अगाडि डा. पाण्डेलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेका हुन् । उनलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरिएको जनाइएको छ ।
गण्डकी : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दिएको रातो र सेतो रगत छुट्टाउने उपकरण (कम्पानेन्ट सेन्ट्रीफ्यूज) प्रयोगमा आउन सकेको छैन । थप उपकरण र प्राविधिक जनशक्ति अभावमा उक्त उपकरण एक वर्षदेखि थन्किएको हो । रु २३ लाख मूल्यको उक्त उपकरण गत वर्ष नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मातहतको रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराइएको थियो ।रेडक्रस जिल्ला शाखाका सभापति जगन्नाथ आचार्यले मुख्य उपकरण आएपनि त्यसलाई सञ्चालन गर्न चाहिने सहयोगी उपकरण मन्त्रालयले नदिएको जानकारी दिए । “थप उपकरण किन्न हामीसँग आर्थिक अभाव छ, उपकरण चलाउन प्राविधिक जनशक्ति पनि छैन”, उनले भने, “अपुग रहेको उपकरण पटकपटक माग गर्दा…
कैलाली : कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीकाे मृत्यु भएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाकाे बलचाैरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे । उक्त दुर्घटनामा परेर भारतकाे हल्द्वानीबाट उपचार गरि फर्किरहेकी बर्दियाकाे राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारकाे उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएकाे हाे । एम्बुलेन्समा सवार अन्य पाँच जना व्यक्ति भने सकुशल रहेका छन् । एम्बुलेन्स र चालक भारतकाे नैनितालका ५० वर्षीय प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा…
काठमाडाैं : प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट (सिएनएचएमआई) र प्रभु बैंकबीच बैंकका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच चिरायु हस्पिटलका डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत (सिएमओ) रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु हस्पिटलमा पेश गर्नुपर्ने छ । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले उक्त हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग…
तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो । सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा ३०० शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरू भएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । भारत सरकारले ३०० शय्याको श्वासप्रश्वास र नेपाल सरकारले ७०० शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने…
काठमाडाैं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिक दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विसकित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
काठमाडौं, बैशाख ३१ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् । राजधानीको सोल्टी होटलमा आयोजना गरिएको नेपाल स्वास्थ्य सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘नेपालको बजेट प्रणालीमा सबै खर्च रोग, त्यसको उपचार र साधनस्रोतमा खर्च भइरहेको छ । यसैको एउटा हिस्सालाई रोकथाममा खर्च गर्न जरुरी छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । ‘यसका लागि हामीले यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेका छौं ।’ आफु गृहमन्त्री रहँदा मातहतका सबै निकायलाई योग र ध्यानको शिविर…
काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू)ले एमबीबीएसका दुई विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको भन्दै पुन: परीक्षा लिने भएको छ । केयू परीक्षा नियन्त्रण कार्यालयले अंग्रेजी क्यालेन्डर अनुसार मे ५ र १० मा लिएका दुई विषयको परीक्षा पुन: लिन लागेको जनाएको छ। मेडिसिन एन्ड एलाइड (डर्माटोलोजी) १ र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको परीक्षा पुन: हुने भएको हो । नयाँ परीक्षा कार्यतालिका अनुसार एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी) १ को आगामी मे १६ मा बिहान १० देखि दिउसो १ बजेसम्म र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको मे १६ मा दिउसो २ देखि २:३० बजेसम्म परीक्षा हुने छ ।
कास्की : पोखरा महानगरपालिकाले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन प्रारम्भ गरेको छ । जसअन्तर्गत पहिलो चरणमा पोखरा २५ हेमजा क्षेत्रमा हिजोदेखि यो सेवा सुरु गरिएकोमा त्यसको प्रभावकारीताका आधारमा अन्य वडाहरुमा पनि क्रमश सेवा विस्तार गर्ने योजना महानगरको रहेको नगर प्रमुख धनराज आचार्यले बताए । महानगरले यस कार्यक्रमलाई वडा नागरिक आरोग्य कार्यक्रम भनेको छ । जसअन्तर्गत ७० वर्ष माथिका तथा जुनसुकै उमेर समूहका दीर्घ रोगी नागरिकको घरमै पुगी रक्तचाप, नाडीको चाल, स्वासप्रश्वास, जण्डिस, अक्सिजनको मात्रा, मधुमेह, तौल लगायत जाँच गरिने छ । त्यसका साथै उनीहरुले खाइरहेको औषधी, नियमित खानपान पनि ठीक छ की छैन भनेर पनि परीक्षण हुने छ…

