काठमाडौं : भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल निर्माण हुने बताइएको छ । त्यसैका लागि गुरुङले सो सहयोग घोषणा गरेका हुन् ।
Aricle Tech
काठमाडौं : काठमाडौं महानगरभित्रका मेडिकल कलेजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्य अस्पतालमा काम नगर्न महानगरपालिकाले ध्यानाकर्षण गराएको छ । एक सार्वजनिक सूचना जारी गर्दै मेडिकल कलेजका अस्पतालमा कार्यरत चिकित्सकहरु उक्त अस्पतालमा नभेटिने गुनासो आइरहेको महानगरले जनाएको छ । सूचनामा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितामा उल्लिखित छ। उक्त कानुनी व्यवस्थाअनुसार “आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्ने” भन्ने बाध्यात्मक व्यवस्था छ । सो कानुनी व्यवस्थाको यथार्थ परिपालना गर्न र गराउन सम्बद्ध व्यक्ति,…
काठमाडौं : कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपीडी सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौं मूख्य कार्यालय तथा नारायणगढर बुटवलमा रहेका शाखा कार्यालयहरुबाट सेवा लिदा १० प्रतिशत, विशेष डेन्टल सेवाहरूमा ७ प्रतिशत, सामान्य सेवाहरूमा १० प्रतिशत , क्लिनिकल प्याथोलोजीमा प्रतिशत छुट र साथै पहिलो भिजिटमा निशुल्क आँखा परीक्षण प्राप्त गर्न सकिनेछ…
काठमाडौँ : औषधि व्यवस्था विभागले नेपाली बजारमा धेरै बिक्री हुने दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध लगाएको छ । बाराको नेशनल हेल्थ केयरले उत्पादन गरेको पीडीडीटी २२०४९ ब्याच नम्बरको प्रोडोक्जिम ड्राई सिरप र रुपन्देहीको एशियन फर्मास्युटिकलले उत्पादन गरेको आईएनडीएच ९०२९ ब्याच नम्बरको इन्सेफ ड्राई सिरपलाई प्रतिबन्ध लगाइएकाे हाे । बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएको भन्दै प्रयोग गर्न अनुपयुक्त भएकाले प्रतिबन्ध लगाइएको औषधि विभागका महानिर्देशक नारायण ढकालले जनाएका छन् ।
काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ । हाल एच५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै सङ्केत नरहेको जनाएको छ जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढ्छ । संयुक्त राष्ट्र संघले यो भाइरस र संक्रमणका केसहरूको निरन्तर निगरानी गर्न आग्रह गरेको छ । संयुक्त राज्य अमेरिकाका विभिन्न क्षेत्रहरूमा लाखौं दुग्ध गाईवस्तुहरूमा बर्ड फ्लूको प्रकोप छ र हालसम्म एक जना संक्रमित भएको रिपोर्ट गरिएको छ । अहिलेसम्म कम्तिमा २२० जनालाई निगरानीमा राखिएको छ भने ३० जनाको परीक्षण गरिएको छ । संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीका महानिर्देशक…
काठमाडौँ : अछाम जिल्लाको बयालपाटा अस्पतालमा दोस्रो ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ हिजाेबाट सुरु भएको छ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा सम्मेनल सुरु भएको हो । नेपालको ग्रामिण क्षेत्रमा अर्थोपेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको पहिलो २ दिन प्रिवर्कसप सम्मेलन हुँदैछ । जसमा भिडियो एक्सरे गरेर चोटपटक लागेको बिरामीलाई कसरी राम्रो सेवादिन सकिन्छ र बिरामीहरुको चोट भिडियो एक्सरे मार्फत कसरी पत्तालगाउन सकिन्छ भनेर स्तर बृद्धि गर्न तथा हातखुट्टा टुटेको बिरामीको भिडियो एक्सरे मार्फत दुखाई कम कसरी गर्न सकिन्छ भनेर अमेरिकामा रहेको ब्राउन विश्वविद्यालयको प्राविधिक वर्कसप सुरु भएको हो ।…
धरान : धरानकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्डियोलोजी विभागका चिकित्सकको टिमले एक बिरामीको मुटु र फोक्सोको बीचमा रहने धमनीमा पुगेको प्लाष्टिकको पाइप चिरफार नै नगरी निकाल्न सफल भएका छन् । ठूलो आन्द्रामा क्यान्सर भएपछि आठौं पटकको किमोथेरापी गरिरहेका बेला ५२ वर्षीय कुमार तामाङको कुम नजिकैको नशामा राखिएको किमोपोर्टबाट चुँडिएर पाइपको टुक्रो रगतसँगै बग्दै मुटु र फोक्सो छेवैमा पुगेको थियो । उक्त करिब १० सेन्टिमिटर लामो पाइपलाई बिनाचिरफार चिकित्सकहरुले निकाल्न सफल भएका हुन् । गत मंगलबार तामाङको मुटुबाट फोक्सोमा जाने धमनीमा पुगेको किमो पाइप निकालिएको उपचारमा संलग्न चिकित्सकले बताए । चिकित्सकका अनुसार नेपालमा यो पहिलो घटना हो ।
बागमती : बागमती प्रदेश सरकारले लोपोन्मुख, सिमान्तकृत र अपाङ्गता भएका परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाती, सीमान्तकृत समुदाय, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाको परिवारलगायतलाई निशुल्क स्वास्थ्य बीमा गराएको हो । गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उक्त लाभान्वित समूहका १७ हजार सात सय ३२ परिवारको स्वास्थ्य बीमा गरिएको छ । बीमा गरिएकाहरुको प्रिमियमबापत हालसम्म बीमा कम्पनीलाई रु छ करोड २२ लाख ५१ हजार छ सय भुक्तानी गरिएको बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सूचना अधिकारी डा रवीन…
काठमाडौं : सरकारले स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारको लागि आवेदन माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले उक्त आवेदन माग गरेको हो । मे ३१ मा मनाइने विश्व धुम्रपानरहित दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिने कर कोषको सचिवालयले जनाएको छ । उक्त पुरस्कार लागि व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ । सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संघसंस्थालाई उक्त पुरस्कार दिन लागिएको हो ।
काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका – १, बिरुवामा रहेको कुलमाया भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क मुख तथा दन्त परीक्षण गरिएको छ । ‘गिभ अ स्माइल’ प्रोजेक्ट अन्तर्गत कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) को प्राविधिक सहयोगमा बीएम फाउण्डेसनले उनीहरुको मुख तथा दन्त परीक्षण गरेको हो । उक्त प्रोजेक्टका लागि फाउन्डेशनले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ र रोटरी क्लब अफ काठमाडौँ नर्थसँग सहकार्य गरेको छ । गिभ अ स्माइल प्रोजेक्टले काठमाडौँ उपत्यकामा १ लाख विद्यार्थीको मुख तथा दन्त परीक्षण गर्ने लक्ष्य लिएको छ । प्रोजेक्ट अन्तर्गत अहिलेसम्म ३० हजार बढी विद्यार्थीको परीक्षण भईसकेको फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए…

