Aricle Tech

कैलाली : कैलालीकाे धनगढीमा रहेकाे केजी हस्पिटलले साढे दुई लाखमा हर्नियाको शल्यक्रिया गर्ने भन्दै भर्ना गरेका बिरामीबाट ८ लाख असुल्न खोजेको पाइएको छ । अस्पतालका प्रमुख समेत रहेका डाक्टर दिपकबहादुर सिंहले साढे २ लाखमा शल्यक्रिया गर्ने आश्वासन दिएपछि जिल्लाकाे गौरीगंगा नगरपालिका–१ चनौराका ९० वर्षीय घरथरी चौधरीलाई अस्पताल भर्ना गरिएको थियो । तर, अहिले अस्पतालले ८ लाख बढीको बिल आएको भन्दै तिर्न दबाब दिइरहेको छ । चौधरीका छोरा सन्देशले हस्पिटलले दुई दिनदेखि बुबाको अवस्थाबारे समेत जानकारी नदिएको बताए । आफूले ४ लाख बुझासकेता पनि अहिले ४ लाख ७३ हजार थप लाग्छ भनेर बुवालाई भेट्न समेत नदिएकाे उनकाे आरोप छ । यो…

विस्तृतमा...

बुटवल : बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् । चिकित्सककाे सिफारिसबिना औषधि बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागु औषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालक कमलबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ । लागु औषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा प्रहरीले मेडिकलमा छापा मारेको थियाे । प्रहरीले बिकसहित केही लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

विस्तृतमा...

वीरगन्ज : नारायणी अस्पतालमा सञ्चालनमा आएको ६ महिना बित्न नपाउँदै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ । दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् । नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध नारायणी अस्पतालका रेडियोलोजी विभाग प्रमुख अविनाश झाका अनुसार एमआरआई मेसिनको सफ्टवेयरमा समस्या देखिएको छ ।

विस्तृतमा...

बैतडी : जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्। आफूहरुले काम गरेको अतिरिक्त भत्ता नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका हुन् । चालु आर्थिक बर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको अस्पतालमा कार्यरत डा सुरज नेपालीले बताए । अतिरिक्त भत्ता र जोखिम भत्ताका बिषयमा सबै निकाय र सामाजिक विकास मन्त्रालयको समेत…

विस्तृतमा...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं।–१२ का अध्यक्ष दानबहादुर राईले बताए । जालपाका स्थानीयले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो । जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएका भौतिक संरचना तथा उपकरण…

विस्तृतमा...

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा यही बैसाख २९ गते विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । परशुराम नगरपालिकाको आयोजना र निर्सग हस्पिटल एण्ड रिर्सच सेन्टर धनगढी कैलालीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । एक दिने स्वास्थ्य शिविरमा फिजिसियन जनरल मेडिसीन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुति रोग, मानशिक रोग, जनरल सर्जरी तथा मुत्र रोग विशेषज्ञ चिकित्सक आउने नगरपालिकाले जनाएको छ । आलिताल र परशुरामका नागरिकको स्वास्थ्य सुरक्षा र समस्यालाई मध्यनजर गरि स्वास्थ्य शिविर आयोजना गर्न लागिएको नगरप्रमुख भरत बडायर जोशीले बताए । उक्त निःशुल्क स्वास्थ्य शिविरमा मुटु, प्रेसर,…

विस्तृतमा...

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर विदेशका शिक्षण संस्थामा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएको छ । काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत विदेशका शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक (एमबिबिएस तथा बिडिएस) अध्ययन गरेका विद्यार्थीलाई सहजीकरणका लागि मान्यता दिने भएको हो । काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसालले नेपालबाट छ महिना अनलाइनमार्फत लिएका विद्यार्थीलाई काउन्सिलले मान्यता दिने निर्णय गरेको जानकारी दिए । उनले चिकित्सा शिक्षा प्राविधिक शिक्षा भएकाले छ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई जति समय अनलाइन कक्षा लिएको हो त्यति नै समय यहाँका एकसय शय्याभन्दा बढी अस्पतालमा तालिम लिनुपर्ने बताए । उनका अनुसार काउन्सिलले विदेशी…

विस्तृतमा...

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएका थिए। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

विस्तृतमा...

काठमाडौं : बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता बोलाएको छ । कम्पनीले विश्वभरबाट आफ्नो भ्याक्सजाभेरिया भ्याक्सिन फिर्ता बोलाउने बताएको छ । तर एस्ट्राजेनेकाद्वारा लाइसेन्स प्राप्त गरेर भारतीय कम्पनिले बनाएको कोभिशिल्डलाई भने अहिलेसम्म फिर्ता बोलाइएको छैन । कोभिशिल्ड भारतमा सीरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको थियो, तर अहिलेसम्म भारतमा कोरोनाको खोप फिर्ता गर्ने निर्णय भएको छैन । द टेलिग्राफको रिपोर्टका अनुसार एस्ट्राजेनेकाले खोपको अपडेटेड संस्करण उपलब्ध भएकोले खोपको पुरानो स्टक फिर्ता बोलाइएको दाबी गरेको छ ।

विस्तृतमा...

सिमकोट : सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाका आठ वटै वडा पूर्ण खोप सुनिश्चित घोषित भएका छन् । पछिल्ला दुई दिनमा वडा नम्बर ५ र ६ वडा घोषित गरिएपछि सबै वडा पुर्ण खोप सुनिश्चित घोषित भएका हुन् । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले आठ वटा वडालाई पुर्ण खोप सुनिश्चित घोषित भएको बताए। ती वडामा उमेर समुह अनुसार निर्धारित सबै खोप लगाउने कार्य पुरा भएपछि वडालाई घोषणा गर्ने कार्य भएको होे । सबै वडालाई घोषणा गर्ने कार्य पूरा भएपछि संयुक्त अनुगमनको प्रतिबेदनका आधारमा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम छ । यसैबीच, सिमकोट गाउँपालिका– ६ लाई पुर्ण खोप सुनिश्चित वडा घोषित…

विस्तृतमा...