

दोलखा- भीमेश्वर नगरपालिका-२ दोलखाको धुलिखेल अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ । शनिबार भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले इन्डोस्कोपी सेवाको सुरु गरेका हुन् ।
धुलिखेल अस्पताल दोलखाले जिल्लामा गुणस्तरीय सेवा दिँदै आएको र इन्डोस्कोपी सेवाले उपचारमा थप गुणस्तरियता कायम हुने नगरप्रमुख इश्वर नारायण मानन्धरले अपेक्षा राखेका छन् ।
इन्डोस्कोपी सेवाले ग्यास्ट्राइटिस, डुओडेनाइटिस, पेप्टिक अल्सर, पेप्टिक अल्सर रक्तस्राव, एच पाइलोरी संक्रमण, रक्तस्राव, ग्यास्ट्रिक क्यान्सरलगायत धेरै रोगहरूको पहिचानपछि उपचारमा सहज हुने अस्पतालका प्रशासन प्रमुख डा. दीपेश ताम्राकारले बताए ।



