काठमाडौँ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा प्रवक्ता तथा सह प्रवक्ता नियुक्त भएका छन् । जेठ १७ गतेदेखि नै लागू हुने गरि प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा अन्जु प्रधान तथा सहप्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा अभिजीत कुमार नियुक्त भएका छन् । उपकुलपति डा ज्ञानेन्द्र गिरीले नयाँ नियुक्ति गरेका हुन् । उनीहरुको कार्यकाल २ वर्षको हुने छ ।
Aricle Tech
भक्तपुर : सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ । स्थापनाको सय वर्ष पार गरिसक्दा पनि सेवा विस्तारदेखि स्तरोन्नतिमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चुङ्गुलमा पर्दा वर्षौँसम्म ‘रिफर सेन्टर’का रूपमा परिणत भएको थियो । भ्रष्टाचारसम्बन्धी विवाद आइरह्यो, जनताको विश्वास गुम्दा बिरामीले भक्तपुर अस्पताल रोज्न छाडे । भक्तपुर अस्पताल आफैँ बिरामी भनेर कयौँपटक समाचार आए पनि । तर कोरोना महामारीको सङ्कटमा भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्न आइपुगेकी एक महिला प्रमुखको अथक मेहनत…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेकाे उनको स्वकीय उपसचिव निखिल बर्नवालले जानकारी दिए । आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा प्रदीप केसीलाई दिइएको छ । यस्तै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरे, भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा कृष्णप्रसाद पौडेल र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी रविनराज सिंहलाई दिइएको छ ।
टीकापुर : कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ । टीकापुर नगरपालिकाले १० दिनसम्म हरेक वडाका बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ । शिविरमा उपचारमा आउने बिरामीका लागि चिकित्सक सेवा, प्रयोगशाला परीक्षण र निःशुल्क औषधिको व्यवस्था गरिएको छ । यसका साथै क्षयरोग परीक्षण र आँखा उपचार सेवा प्रदान गर्न थालिएको छ । शिविरमा सिकलसेल, एनिमिया रोग स्क्रिनिङ, नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा उपचार सेवा, क्षयरोग जोखिम समूह तथा कम पहुँच भएका समुदायमा सक्रिय खोज पड्ताल कार्यक्रम, निःशुल्क ज्येष्ठ नागरिकका आँखा उपचार दिन थालिएको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले…
काठमाडौँ : मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन् । नेपालमा बाथरोग आफैँ निको हुन्छ भन्ने सोचका कारण पनि यसका बिरामी उपचारमा नआउने गरेका छन् । सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालका धेरैजसो बिरामी सही उपचारको पहुँचमा नआउने गरेका र उपचार सेवासम्म आइपुगेका करिब ४० प्रतिशत बिरामीले मात्र बाथरोगलाई आफ्नो नियन्त्रणमा राख्न सकेका देखिएको पनि उनले बताए । उनका अनुसार अझै पनि नेपालमा बाथरोगका बारेमा जनचेतना जगाउनुपर्ने खाँचो देखिएको छ । “औषधि…
चितवन : चितवन जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो । अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको उक्त मेसिन अस्पताल ल्याइएको हो । ‘थ्री टेस्ला ६४ च्यानल’को उक्त उपकरण आधुनिक भएको भन्दै उनले मुटु, नसालगायत रोगको परीक्षणमा प्रभावकारी हुने बताए । डा पौडेलले भने, “अत्याधुनिक भएकाले सबै खालका परीक्षण गर्न सकिन्छ । योसँगै अस्पतालबाट बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौँ ।” एमआरआई मेसिनबाट दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने उनको भनाइ छ ।…
पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिए । ‘चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ…
काठमाडाैं : कागतीमा ‘भिटामिन सी’ पाइने हुँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कागती पानी तौल घटाउनदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै प्रभावकारी हुन्छ । गर्मीमा मानिसहरु हरेक दिन कागती पानी पिउन रुचाउँछन् । तर, सबैका लागि भने कागती पानी लाभदायक हुँदैन । एसिडिटीको समस्या हुनेहरूले कागती खानु हुँदैन । खाली पेटमा कागती पानी पिउनाले एसिडिटीको समस्या बढ्न सक्छ । एसिडिटीको समस्या भएका व्यक्तिले खाली पेटमा कागती पानी पिउनु हुँदैन । कागतीमा साइट्रिक एसिड बढी हुन्छ । जसले एसिडिटी थप बढाउँछ । खासगरी खाली पेटमा कागती पानी पिउनाले एसिडिटीका बिरामीलाई हानी पुर्याउन सक्छ । दाँत संवेदनशीलता भएका मानिसहरूले पनि कागती धेरै…
काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो । हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन् ।
काठमाडौं, २३ जेठ । बाथरोग उपचारका क्षेत्रमा अग्रणी भूमिका खेलिरहेको नेशनल बाथरोग सेन्टरले आफ्नो देशभर रहेका विभिन्न ८ वटा शाखाबाट पछिल्लो ११ वर्षमा बाथरोगका करिब ६ प्रतिशत बिरामीको उपचार गर्न सफल भएको बताएको छ । सेन्टरको मंगलबार राजधानीमा आयोजना गरिएको वार्षिकोत्सव समारोहमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले जनचेतना वृद्धिका साथै देशका विभिन्न स्थानमा विस्तार गरिएका केन्द्रबाट ठूलो संख्यामा बिरामीको पहिचान र उपचारमा सहयोग पुगेको बताए । विश्व स्वास्थ्य संगठनको आंकडा अनुसार नेपालमा कूल जनसंख्याको १० प्रतिशत मानिसमा कुनै न कुनै बाथरोग रहेको छ । संगठनका अनुसार करिब ३० लाखमा बाथरोग भएकोमा १ लाख ४० हजार मानिसले यो बीचमा सेवा लिइसकेका…

