काठमाडाैं : कागतीमा ‘भिटामिन सी’ पाइने हुँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कागती पानी तौल घटाउनदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै प्रभावकारी हुन्छ ।
गर्मीमा मानिसहरु हरेक दिन कागती पानी पिउन रुचाउँछन् । तर, सबैका लागि भने कागती पानी लाभदायक हुँदैन । एसिडिटीको समस्या हुनेहरूले कागती खानु हुँदैन । खाली पेटमा कागती पानी पिउनाले एसिडिटीको समस्या बढ्न सक्छ । एसिडिटीको समस्या भएका व्यक्तिले खाली पेटमा कागती पानी पिउनु हुँदैन । कागतीमा साइट्रिक एसिड बढी हुन्छ । जसले एसिडिटी थप बढाउँछ । खासगरी खाली पेटमा कागती पानी पिउनाले एसिडिटीका बिरामीलाई हानी पुर्याउन सक्छ ।
दाँत संवेदनशीलता भएका मानिसहरूले पनि कागती धेरै प्रयोग गर्नु हुँदैन । सको मुख्य कारण कागतीमा पाइने एसिड हो । यसले दाँतमा संवेदनशीलता बढाउँछ। जसका कारण दाँतलाई जोगाउने इनामेल पनि कमजोर हुन्छ । यदि पहिले नै दाँत कमजाेर छ भने त्यस्ता व्यक्तिले सकेसम्म कागती पानी पिउनु हुँदैन ।

मृगौला रोग छ भने पनि कागती पानी खानइरहनु हुँदैन । मृगौलाको समस्या भएकाहरूले खाली पेटमा कागती पानी पिउनु हुँदैन । यसले मृगौलालाई दबाब दिन्छ। जसका कारण स्वास्थ्यमा धेरै समस्या आउन सक्छ । मिर्गौलाको पुरानो रोग भएका व्यक्तिले पनि कागती पानी पिउनु हुँदैन ।
यस बाहेक कागती धेरै खानु पनि हड्डीका लागि खतरनाक पनि हुनसक्छ । कागतीमा एसिड हुन्छ, जुन हड्डीका लागि राम्रो होइन । हड्डी कमजाेर भएका व्यक्तिले कागती पानी पिउँदा धेरै ध्यान दिनुपर्छ ।