Aricle Tech

काठमाडाैं : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्देशिका विपरीत छात्रवृत्ति वितरण गरिएको पाइएको छ । चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति सम्वन्धमा एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७६ मा चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत चिकित्सा शिक्षा आयोगबाट प्रदेशभित्रका दलित, आदिवासी, जनजाती, सीमान्तकृत, लोपोन्मुख समुदाय, पिछडीएको क्षेत्र जेहेन्दार विद्यार्थीलाई प्राथमिकताका साथ छात्रवृत्ति गरिने उल्लेख छ । छनोट भएका विद्यार्थीहरुले प्रमाण पेस गरेपछि सम्वन्धित शैक्षिक संस्थाको खातामा छात्रवृत्ति रकम उपलब्ध गराइने, छात्रवृत्तिका लागि छनोटको आधार, तोकिएबमोजिक हुने लगायतका व्यवस्थाहरु छन् । तर मन्त्रालयले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई १० लाख अनुदान रकम भुक्तानी गर्दा निर्देशिका विपरीत सम्वन्धित शैक्षिक संस्थाको बैंक शाखामा रकम दाखिला नगरेर सोझै विद्यार्थीको खातामा…

विस्तृतमा...

काठमाडौं : प्रभु बैंक लिमिटेड र ज्ञानेश्वरस्थित हिमाल हस्पिटलबी सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई विशेष छुट दिने यो सम्झौता भएको हो । एक समारोहकाबिच हिमाल हस्पिटलका व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा छुट पाउनेछन् । अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउनका लागि बैंकका ग्राहकहरुले…

विस्तृतमा...

काठमाडाैं : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले हिजो (आइबार) प्रदेश सभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सुदूरपश्चिम सरकारले कमैया, कमलरी र हलियाका बालबालिकालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने विषय पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारकाले कमैया कमलरी हलियालाई सीमान्तकृत वर्गका विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने भएको छ । गरिब, विपन्न, शहीद बेपत्ता र घाइते परिवार, अपाङ्ग, महिला, दलित, मुक्त कमैया कमलरी हलिया र सीमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा, चिकित्सा शिक्षातर्फको एमबीबीएस विषय अध्ययन गर्न…

विस्तृतमा...

काठमाडाैं : गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडाैं महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो । ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आउँदा दिनका लागि थप सचेत रहन आग्रह गरिएको महानगरको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । डेङ्गी बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा रहेको र हरेक वडामा नियमित रूपमा सरसफाइको काम भइरहेको उनको भनाइ छ । डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत…

विस्तृतमा...

लखनऊ : देशभर बढिरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तीमा ३३ मतदानस्थलमा खटिएका कर्मचारीको हृदयाघातका कारण मृत्यु भएको एक शीर्ष निर्वाचन अधिकारीले आइतबार बताएका छन् । भारतका विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार, उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ । सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ कर्मचारीको मृत्यु भएको बताए । तथ्यांकमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारी समेत समावेश छन् । “मृतकको परिवारलाई १५ लाख भारतीय रुपैयाँ…

विस्तृतमा...

रुपन्देही : कपिलवस्तुको बुद्धभूमि नगरपालिका-र १ कपासी टोलमा अत्यधिक गर्मीका कारण एक पुरुषको मृत्यु भएको छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाबाट कपिलवस्तुको इमिलियामा छोरी भेट्न आएका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो ।जेठ १५ मा परियार आफ्नो घरबाट छोरीलाई भेट्न आएका थिए । गर्मीमा डिहाईड्रेसनको कारणले ज्यान गएको हुनसक्ने वडाध्यक्ष तिलक बस्नेतले बताए ।उनले परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक बील बहादुर सुनारले स्थानवासीले दिएको विवरणअनुसार परियारको मृत्यु गर्मीकै कारण रहेको प्रारम्भिक रुपमा देखिएको बताए ।मृतकको शवको कपिलवस्तु अस्पतालमा पोस्टमार्टमपछि आउने प्रतिवेदनले मृत्युको सही कारण…

विस्तृतमा...

सङ्खुवासभा : सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् । शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले भोटखोला– ४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन् । पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएका उनले जानकारी दिए । सोही वडाको स्याक्सिलागोलास्थित आधारभूत स्वास्थ्य चौकीको स्वास्थ्य भवनसहित स्वास्थ्य उपकरण पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ । त्यस्तैगरी सोही स्थानमा निर्माणाधीन पाँच शय्याको अस्पताल पुरिएको अध्यक्ष भोटेले बताए…

विस्तृतमा...

रौतहट : रौतहटको गढीमाई नगरपालिका स्थित नेपाली सेनाद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार जना बिरामीले उपचार सेवा पाएका छन्। नेपाली सेना मध्य पूर्वी पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल तथा वीरदल गण र गढीमाई नगरपालिकाको सहकार्यमा वडा १ समनपुर स्थित श्री शंकर गुदर माविको प्राङ्गणमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार एक जना बिरामीले उपचार पाएका हुन् । सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट वञ्चित समुदायहरूलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताएका छन् । नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर , चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताल लगायतबाट…

विस्तृतमा...

काठमाडौँ : गत जेठ १२ गते सुर्खेतस्थित मेहे लकुना अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि भएको हातपात तथा अस्पतालमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन संघले सरकारसँग माग गरेको हो । सर्पदंशबाट पीडित एक बालकलाई प्राथमिक उपचार गरेर बिरामीका आफन्तलाई पछि आउन सक्ने जटिलताहरूको बारेमा जानकारी गराई थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत रेफर गरिएकोमा बाटोमा लैजाँदै गर्दा उक्त बालकको मृत्यु भएको थियो । यसै विषयलाई लिएर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीहरूमाथि हातपात गर्ने जस्ता आपराधिक कार्य गरेको संघले जनाएकाे छ । ‘उपचारको क्रममा कुनै…

विस्तृतमा...

काठमाडौं : नेपाल क्यान्सर अस्पतालको ७औँ वार्षिकोत्सवका अवसरमा जनचेतनामूलक सन्देश दिन पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न जनचेतनामूलक सन्देश रहेका प्लेकार्डसहित ललितपुरको लगनखेल-पुल्चोक हुँदै जावलाखेलसम्म पदयात्रा गरेको हो । पदयात्रामा क्यान्सर सरुवा रोग होइन, गुणस्तरीय निदान र उपचार हाम्रो प्रतिबद्धता, समयमै उपचार क्यान्सरको निदान, क्यान्सर हुँदैमा डराउनु पर्दैन, क्यान्सरसँग लड्ने हो डराउने होइन, समय निकालेर आफू र आफ्नो स्वास्थ्य परीक्षण गरौँ, नेपालीको उपचार नेपालमा नै, क्यान्सरको जनचेतना आफ्नै घरबाट सुरु गरौँ, क्यान्सरसँग मिलेर जितौँ जस्ता प्लेकार्ड बोकिएको थियो । त्यसैगरी, मंगलबजार तथा जावलाखेल अस्पतालका डाक्टर, नर्स कर्मचारी तथा…

विस्तृतमा...