काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी हुन् । सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने बताइन् । उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिङ्ग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई आग्रह गरिन् । कार्कीले भनिन्, ‘स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँचका लागि स्वास्थ्यकर्मीको दरबन्दी थप्ने, उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा शुल्क निर्धारण गरिनुपर्छ ।’
Aricle Tech
बैतडी : बैतडीको शिवनाथमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शिवनाथ गाँउपालिका–०५ कफाडीकी ३४ वर्षीया बिन्दु चन्दको भिरबाट खसेर मृत्यु भएको गाँउपालिका प्रवक्ता केशबबहादुर चन्दले बताए । मंगलबार बिहान घाँस काट्ने क्रममा कोट भिरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द सामुदायिक महिला स्वंयमसेविका हुन् । उनी उदयदेव आधारभुत स्वास्थ सेवा केन्द्रमा विगत १३ वर्षदेखि स्वंयमसेविकाको रुपमा कार्यरत रहेकी थिइन् ।
काठमाडौँ : संघीय सांसद डा. सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरूका आश्रित परिवारका सदस्य बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् । कतारस्थित नेपाली राजदूतावासमा आज भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच त्यहाँस्थित नेपाली राजदूत डा. नरेशविक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो । सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा काम गर्दै आएका नेपाली श्रमिक उपचार गर्न केएमसी आउँदा ५० प्रतिशत छुट दिइने छ । “कतार भ्रमणको सिलसिलामा त्यहाँ रहेका गैरआवासीय नेपाली…
मनाङ : मनाङमा हालसम्म सुविधासम्पन्न अस्पताल छैनन् । सामान्य उपचारका लागि छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । लामो समयदेखि जिल्लामै उपचार गर्न पाउने पर्खाइमा मनाङबासी छन् । विसं २०४६ फागुन १९ मा निर्मित जिल्ला अस्पतालको भवन जीर्ण भइसकेको छ । नयाँ भवन निर्माण भएको छैन । मनाङ पर्यटकीय जिल्ला भएकाले पर्यटकलाई लेक (हाइअल्टिच्यूड) लाग्ने समस्याले बिरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आउँछन् । तर भनेजस्तो उपचार सेवा नपाउँदा समस्या हुनेगर्छ । अस्पताल भवन जीर्ण हुँदा बिरामीलाई आरामसँग राखेर उपचार गराउने ठाउँको अभाव छ ।सामान्य जाँच गर्न पनि हेलिकप्टर मगाउनुपर्ने अवस्था रहेको स्थानीयबासी बताउँछन् । नयाँ अस्पताल भवन निर्माण गर्ने ठेक्का लागेको…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित गरेको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् । कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् । यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले हिजाे औषधि व्यवस्था विभागको अनुगमन गरेका छन् । उनीहरुले त्यहाँका कर्मचारीसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको प्रगति, उपलब्धि, कार्यसम्पादनका क्रममा आइएका समस्या तथा चुनौती र अगामी दिनका कार्य योजनाका बारेमा जानकारी लिएका छन् । विभागका महानिर्देशक नारायण ढकालले जनशक्ति तथा आवश्यक बजेट अपुग हुँदा अपेक्षित काम गर्न नसकिएको बताए । विभागले सामना गरिरहेका चुनौतीलाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुहुँदै मन्त्री यादवले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी हिजाे नै स्वास्थ्यमन्त्री यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत पर्ने भक्तपुरस्थित दुवाकोटमा निर्माण हुने विस्तारित वीर…
सिराहा : सिरहाको गोलबजार नगरपालिका १५ महिना मुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको पहिलो सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो पालिका बनेको छ । आफ्नो पालिकाभित्र १५ महिनाभित्रका ९९ प्रतिशत बालबालिकाले लाउनुपर्ने सम्पूर्ण खोप समयमै लगाएको भन्दै आइतबार एक समारोहबिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव समेत रहेका स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताए…
सुर्खेत : सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिकमा कान कम सुन्ने समस्या रहेको पाइएको छ । नेपालमै पहिलोपटक कर्णाली प्रदेशका सुर्खेत र सल्यानमा गरिएको श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन (२०२४) ले यहाँका नागरिकहरुको श्रवण क्षमताको अवस्था पत्ता लागेको हो । जर्मन सहयोगमा सिबिएम नेपालले गरेको यस अनुसन्धानले सर्खेत र सल्यानका अधिकांश मानिसमा विभिन्न कारणले श्रवण क्षमता ह्रास हुँदै गएको देखाउँछ । नजिता अनुसार सुर्खेत र सल्यानका गरी दुई हजार एक सय ४८ व्यक्ति अनुसन्धानको क्रममा सहभागी भएका थिए । जसमा ४१.२ प्रतिशत पुरुष र ५८.८ प्रतिशत महिला सहभागी थिए । अनुसन्धानको क्रममा कानको नली सुन्निएको, बाहिरी कानको संक्रमण,…
वीरगन्ज : वीरगन्ज महानगरपालिकामा केही दिनयता डेंगु, मलेरिया लगायतको संक्रमण देखापर्न थालेपछि विषादी र ट्यांकी वितरण गरिएको छ । डेंगु र मलेरिया नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले महानगरका वडाहरुमा विषादी र विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरेको छ । सोमबार पहिलो चरणमा कार्यालयले वीरगन्ज महानगरका सहरी भेगका १६ वटा वडा (१ देखि १६) का लागि १३ लाख रुपैयाँ मूल्यको लामखुट्टे मार्ने बायोडाट नामक विषादी र उक्त विषादी छर्कने स्प्रे ट्यांकी १६ थान वितरण गरेको हो ।
झापा : झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आइतबारदेखि विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ । नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ । झापाका बीएन्डसी टिचिङ अस्पताल, ओमसाई पाथिभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो । बीएन्डसी टिचिङ अस्पतालले आइतबारदेखि पाँच वटा मेसिनमार्फत हेमोडाइलासिस सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनका अनुसार अस्पतालमा ‘पेइङ डाइलासिस’ सेवा पहिल्यैदेखि सञ्चालनमा थियो । आगामी एक महिनाभित्र २० वटा…

