Aricle Tech

काठमाडौँ : दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो । काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको बताए ।

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरूले नागरिकलाई सेवा दिन ठगिरहेको भन्दै आफु त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । आज संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा बोल्दै यादवले सरकारी अस्पतालहरूले नागरिकलाई दिने सेवामा ठगी भैरहेको बताएका हुन । उनले केही दिनभित्रै धेरैजनालाई रंगेहात पक्रिएर अख्तियार पठाउने र धेरैलाई निलम्बन गर्ने चेतावनी समेत दिए । सरकारले निःशुल्क प्रदान गर्न छुट्याएका सेवामा समेत अस्पताल व्यवस्थापनले शुल्क लिइरहेको मन्त्री यादवले बताए ।

विस्तृतमा...

कञ्चनपुर : मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो । दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदनीमा हेल्पर पदका कार्यरत दोधारा चाँदनी नगरपालिका–६ की ५० वर्षीया कौशिला शर्मा शवगृहमा कार्यरत रहेकी छन् । दोधारा चाँदनीमा शव शवपरीक्षणका लागि आउँदा कौशिलाको सक्रियता शवपरीक्षण केन्द्र चिकित्सकसँगै बढ्न जान्छ । विसं २०६६ देखि अस्पतालमा करारमा कार्यरत कौशिलाले हालसम्म दर्जनाैं शव चिरफार गरिसकेको बताइन् । “वर्षमा ४० देखि ५० शव आउँछन्”, उनले भनिन्, “कालगतिले वा कुनै घटना दुर्घटनाले युवा तथा बालबालिकाको मृत्यु हुँदा आउने शव चिरफार गर्न हुने पीडा शब्दले व्यक्त गर्न…

विस्तृतमा...

काठमाडौँ : सरकारले यही असार ७ गते ‘विश्व योग दिवस’ मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग (महिला सशक्तीकरणको लागि योग) भन्ने आदर्श वाक्यका साथ मनाउने निर्णय गरेको हो। बैठकले प्रदेश तह र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ । विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय भएको छ । योग ध्यानसँग सम्बन्धित संस्थाहरूलाई योग ध्यानका कार्यक्रमहरू सञ्चालन गरी दिवस मनाउन अनुरोध गर्ने मूल समारोह समितिले जनाएको छ ।

विस्तृतमा...

टक्सार (भोजपुर) : नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिए । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गरे । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको हो भने । आफ्नै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली…

विस्तृतमा...

चितवन : भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ गते मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना गरेको थियो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए । गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइएको थियो । अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन । केन्द्रका प्रमुख रमेशकान्त पौडेल रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिए । केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०मा पुगेर रगत संकलन…

विस्तृतमा...

काठमाडाैं :  जल तथा मौसम विज्ञान विभागले आउँदो केही दिनसम्म तराईमा ‘लू’ अर्थात् ताताे हावाकाे लहर चल्ने जनाएको छ । तराईमा अझै केहीदिन अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो । विभागकी मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिइन् । ‘तराईका भू–भागमा केही दिन तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ’  विभागले भनेको छ ।

विस्तृतमा...

काठमाडाैं : वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिए । उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा रु. एकदेखि तीन लाखसम्म पर्छ । शरीरका कोषिकाहरू असामान्य ढंगबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए । ‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अंगहरू कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका…

विस्तृतमा...

काठमाडौं :  नेपाल फार्मेसी परिषद्ले लिएको पछिल्लो नाम दर्ता (लाइसेन्स) परीक्षामा ११.७५ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्ले यही जेठ २६ गते लिएको बी फार्मेसीको २५औँ लाइसेन्स परीक्षामा ८८५ जना सहभागी थिए । तीमध्ये १०४ परीक्षार्थी उत्तीर्ण भएका हुन् । परिषद्का अनुसार, परीक्षाका निम्ति सबैभन्दा धेरै आवेदन भारतीय विश्वविद्यालयबाट (५८.४३) प्रतिशत परेको थियो । सबैभन्दा कम बंगलादेश र पाकिस्तानका विश्वविद्यालयबाट पढेर आएका विद्यार्थीको ०.३२ प्रतिशत परेको थियो ।

विस्तृतमा...

काठमाडौं : प्रदेश अस्पतालमा उपलब्ध गराएको उपकरण सञ्चालन नआउँदा हिमोफिलियाका बिरामी पहिचान गर्न समस्या भएको छ । हिमोफिलिया सोसाइटी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा दाताका सहयोगमा उपलब्ध गराइएका ‘कोगुलोमिटर’ उपकरण सञ्चालन नहुँदा हिमोफिलिया बिरामी पहिचान गर्न नसकिएको जानकारी दिइयो । कोशी अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पतालमा उपलब्ध गराइएको ‘कोगुलोमिटर’ उपकरण रिएजेन्टको अभावले सञ्चालन आएका छैनन् । मधेस र कर्णाली प्रदेशमा भने सञ्चालनमा आएका छन् । सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पतालले भने प्राविधिक अभावले उक्त उपकरण लैजान मानेको छैन । राष्ट्रिय जनगणनाअनुसार चार हजार नौ सय ३७ हिमोफिलियाका बिरामी रहेको तथ्याङ्क रहेपनि अहिले…

विस्तृतमा...