

काठमाडौँ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा प्रवक्ता तथा सह प्रवक्ता नियुक्त भएका छन् ।
जेठ १७ गतेदेखि नै लागू हुने गरि प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा अन्जु प्रधान तथा सहप्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा अभिजीत कुमार नियुक्त भएका छन् ।
उपकुलपति डा ज्ञानेन्द्र गिरीले नयाँ नियुक्ति गरेका हुन् । उनीहरुको कार्यकाल २ वर्षको हुने छ ।



