Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



कर्पोरेट

६० प्रतिशत बिरामीले नियमित उपचार नगर्दा बाथ झन् बल्झिने गरेको छ: नेशनल बाथरोग सेन्टर

Aricle TechBy Aricle Tech२०८१ जेष्ठ २३, बुधबार
Share
Facebook Twitter

काठमाडौं, २३ जेठ । बाथरोग उपचारका क्षेत्रमा अग्रणी भूमिका खेलिरहेको नेशनल बाथरोग सेन्टरले आफ्नो देशभर रहेका विभिन्न ८ वटा शाखाबाट पछिल्लो ११ वर्षमा बाथरोगका करिब ६ प्रतिशत बिरामीको उपचार गर्न सफल भएको बताएको छ ।

सेन्टरको मंगलबार राजधानीमा आयोजना गरिएको वार्षिकोत्सव समारोहमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले जनचेतना वृद्धिका साथै देशका विभिन्न स्थानमा विस्तार गरिएका केन्द्रबाट ठूलो संख्यामा बिरामीको पहिचान र उपचारमा सहयोग पुगेको बताए । विश्व स्वास्थ्य संगठनको आंकडा अनुसार नेपालमा कूल जनसंख्याको १० प्रतिशत मानिसमा कुनै न कुनै बाथरोग रहेको छ । संगठनका अनुसार करिब ३० लाखमा बाथरोग भएकोमा १ लाख ४० हजार मानिसले यो बीचमा सेवा लिइसकेका छन् ।

तर, बाथरोगको उपचारमा सहभागी भएपनि नियमित औषधि सेवन नगर्दा तथा बीचैमा औषधि छोड्दा उपचारमा आएकामध्ये ४० प्रतिशतले मात्र बाथलाई नियन्त्रणमा राख्न सफल भएका छन् ।

स्वास्थ्य डायरीसँग कुरा गर्दै सेन्टरका अध्यक्ष कक्षपतिले भने, ‘हामीले यो अवधिमा करिब १ लाख ८० हजारको बाथ पहिचान र उपचार गरेका छौं । तर, त्यसको ४० प्रतिशतले मात्र चिकित्सकको निगरानीमा बिरामीलाई नियन्त्रणमा राखेका छन् । ६० प्रतिशत बिरामीको हकमा भने बाथ बल्झिने गरेको छ । यो जनचेतनाको अभावले गर्दा भएको हो । यसैले हामीले जनचेतना विस्तारलाई महत्व दिएका छौं ।’

यसर्थ सेन्टरले बाथरोगको जनचेतना घरघरमा पुर्याऔं, सामाजिक उत्तरदायित्व पुरा गरौं । भन्ने नारा लिएर ११ औं वार्षिकोत्सव मनाएको छ । सेन्टरले ११ वर्षको अवधिमा काठमाडौंको रातोपुलमा रहेको मुख्य शाखाका साथै, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्तांगचोक, झापाको विर्तामोड, बुटवलको सुख्खानगर, दांगको तुल्सीपुर र चितवनको भरतपुरमा आफ्ना शाखा विस्तार गरेको छ ।

औषधि छाड्ने मुर्खता नगरौं, बाथरोगलाई पनि बीमाको दायरामा ल्याउनुपर्छः स्वास्थ्य सचिव पोखरेल

सेन्टरको ११ औं वार्षिकोत्सवमा सहभागी भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बाथरोग एउटा दीर्घकालिन र नसर्ने रोग भएकाले यसमा नियमित औषधि सेवन गरेमात्र जीवनलाई दीर्घ र आरामदायी बनाउन सकिने बताए ।

‘नसर्ने रोगको औषधि खाएपछि जीवनभर औषधि खानुपर्छ भन्ने नकरात्मक भाष्य स्थापित भएको छ । औषधिउपचारमा आफै जान्ने हुनुभन्दा चिकित्सकको निगरानीमा उपचार गर्नुपर्छ । औषधि छाड्ने र आयुर्वेद एवं अन्य वैकल्पिक उपचारका नाममा नियमित उपचार छाड्दा बिरामीलाई धेरै क्षति हुन्छ । हामी चिकित्सक भन्दा जान्ने हुँदा समस्याहरु आउने गरेको छ ।’ डा. पोखरेलले भने ।

बाथरोगको नियमित परीक्षण र उपचार तुलनात्मक रुपमा महंगो हुँदा सबै नागरिकले उपचार गर्न नसकेको भन्दै डा. पोखरेलले बीमका परीक्षण र उपचारलाई पनि स्वास्थ्य बीमाको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

कति लाग्छ बाथरोगको परीक्षण र उपचार खर्च ?

नेशनल बाथरोग सेन्टरका अनुसार बाथरोगको पहिचान गर्न सर्वप्रथम इम्युनोलोजिकल परीक्षणहरु गर्नुपर्छ । यसका लागि सुरुमा बाथ र यसको प्रकार पहिचान गर्न करिब १५ हजार रुपैयाँ लाग्छ । यी टेष्टले बाथको प्रकार, यसले शारीरिक प्रकृयामा गरेको असरहरु मुल्यांकन हुन्छ । यसमा गरिने इएनए टेष्ट सेन्टरले ५ हजार रुपैयाँमा गर्दै आएको छ । जुन परीक्षण सेन्टरको स्थापना गर्नुअघि भारु १० हजार तिरेर नेपालीले गर्न बाध्य थिए । बाथ रोग पहिचानको टेष्ट एकपटकमात्र गरे पुग्छ । बीचमा बिरामी सम्पर्क विहीन भएका खण्डमा भने यी परीक्षण पुनः गर्नुपर्ने हुन्छ । यसर्थ बाथरोगका बिरामीले उपचार छाड्ने वा वैकल्पिक उपचारका नाममा भड्किनु नहुने विशेषज्ञहरु बताउँछन् ।

बाथ पहिचान पछि प्रत्येक ६ महिनामा कलेजो, मिर्गौला लगायतमा बाथको असरबारे परीक्षण गर्नुपर्छ । जसको मुल्य ३ हजार रुपैयाँ पर्छ भने बाथरोग भएमा जीवनभर औषधि सेवन गर्नुपर्छ । यसका लागि मासिक १ हजार २ सयसम्मको औषधि सेवन गर्नुपर्छ । यसरी हेर्दा सालाखाला बाथरोगको उपचार गर्न वर्षको २१ हजार रुपैयाँ जति लाग्ने सेन्टरले जनाएको छ ।

बिहान उठ्दा हातका औंला अरठ्ठो हुने, दुख्ने, सुन्निने जस्ता प्रारम्भिक लक्षण बाथरोगमा देखिने गरेको छ । यदि यस्ता लक्षणलाई सामान्य मानेर दुखाई कम गर्ने औषधि सेवन गरेर बसेमा बाथरोग छिप्पिँदै जाने र गम्भीर अवस्था आउनसक्ने तर्फ चिकित्सकले सचेत गराएका छन् ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

चितवनमा औलोका सात बिरामी भेटिए

१६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.