दोधारा चाँदनी (कञ्चनपुर) : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरेको छ । आज अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले भने, “सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेका बस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण गरेका हौँ ।” महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस…
Aricle Tech
बाजुरा : बाजुराको कोल्टी आधारभूत अस्पतालमा आवश्यक भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ । यहाँका स्थानीयको माग अनुसार २०८० मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोल्टी आधारभूत अस्पताल सञ्चालनमा ल्याएपनि सोही अनुसारको भौतिक पूर्वाधार नहुँदा बिरामीको सेवा प्रवाहमा समस्या हुँदै आएको हो । उपचारका लागि आउने गरेका सघन उपचारका बिरामीलाई व्यवस्थित कक्ष नहुँदा उपचार गर्न निकै समस्या भएको कोल्टी आधारभूत अस्पताल बाजुराका मेडिकल अधिकृत प्रतीक न्यौपानेले बताए । यहाँ आएका कतिपय बिरामीलाई यतै निको पार्ने सीप र क्षमता भए पनि सोही अनुसारको स्वास्थ्य सामग्रीको पहुँच नहुँदा रिफर गर्नु परेको डा. न्यौपानेले बताए । पहिला स्वास्थ्य चौकीको रूपमा रहेको…
काठमाडौं : डा गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् । डा केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप गरेको गम्भीर आरोप लगाएका छन् । यी हुन् डा केसीका ७ बुँदे माग १. विधि र मापदण्ड नपुगेको मेडिकल कलेजलाई सम्बन्धन दिनु भनी भएको फैसलाको पुनरावलोकनको प्रक्रिया तत्काल अघि बढाईयोस् र फैसला तुरूून्त सच्याइयोस्। २. चिकित्सा शिक्षा आयोगका निर्देशक सिफारिश छनोट समिति गठन गरी यथाशीघ्र नियुक्ति प्रक्रिया अगाडी बढाइयोस्। निर्देशक बिना आयोग चलाउने चेष्टा नगरियोस्। चिकित्सा शिक्षा आयोग लगायतका नियमनकारी…
काठमाडाैं : नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यालय सहयोगी (पियन) राजाराम भण्डारीलाई ३ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । शुक्रबार विशेष अदालत काठमाडौंका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ३ हजार रुपैयाँको फैसला गरेको हो । २०४५ असार २४ गते कार्यालय सहयोगी (पियन) पदमा अस्थायी नियुक्ति पाएका उनले २०४७ भदौ ११ मा सोही पदमा स्थायी नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेस गरेको भन्दै विशेषमा मुद्दा परेको थियो । उनले पेस गरेको माध्यमिक शिक्षा परिषद् वाराणसीको हाइस्कूल तहको प्रमाणपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको थियो ।
रुपन्देही : अनधिकृत रुपमा औषधी बिक्री गर्ने दुई जनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानीगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसेर औषधी बिक्री गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी बिक्री गर्दै आएका रामहरि आचार्य छन् ।दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधी बिक्री गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याले बताए ।आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । …
काठमाडौँ : सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू भनी निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले काठमाडौँ विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो । १२ चैत, २०८० मा भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको हो । सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू ।’ यो फैसलासँगै १५ दिनभित्र चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयले यसवारेमा निर्णय गर्नुपर्नेछ । आयोग र काठमाडौँ विश्वविद्यालयले फैसला बुझेपछि १५ दिनको समयसीमा…
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ । नेपाल सरकारले स्थानीय तह मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको लागि रकम उपलब्ध गराउँदै आएको छ । तर, उक्त स्यानिटरी प्याड सरकारी मापदण्ड अनुसार खरिद वितरण र गुणस्तर नभएको भनी विभिन्न संघसंस्था र सञ्चार माध्यमबाट गुनासो आउने गरेको छ । हाल प्रभावमा रहेको स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को अनुसूची १ मा रहेको मापदण्ड पुनरावलोकनका लागि आवाज उठिरहेको थियो । वर्तमान कार्यविधि बनाउँदा नेपालका लागि स्यानिटरी प्याडको गुणस्तर मापदण्ड निर्धारण…
नेपालगञ्ज : बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन्। गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए । उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे । उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को…
भरतपुर : चितवन जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार ३६ हजार सात सय चारजनालाई लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार दुई सय ९४ मध्ये १६ हजार दुई सय ९८, कालिका नगरपालिकाका दुई हजार तीन सय १३ मध्ये दुई हजार दुई सय १३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ५१ मध्ये एक हजार नौ सय १३ जना बालबालिकालाई खोप लगाइएको छ । यसैगरी, माडी नगरपालिकाका…
कैलाली: कैलालीको गोदावरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले ७ महिन देखि तलब पाउन सकेका छैनन् । नगरपालिकाको स्वास्थ्य शाखा लगायत मालाखेती अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले कार्तिक महिना यताको तलब नपाएका हुन् । संघ र स्थानीय सरकारको चेपुवामा परेका स्वास्थ्यकर्मीले ७ महिनासम्म तलब नपाएपछि अहिले दैनिकी चलाउन पनि धौधौ हुन लागेको दुखेको पोख्न थालेका छन् ।तिनै तहका सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको चर्को भाषण गर्दै आए पनि व्यवहार भने उल्टो देखाउँदा हाल गोदावरीमा कार्यरत दरबन्दीकै ९० भन्दा बढी स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैनन् । संघ सरकारले ती स्वास्थ्यकर्मीका लागि न नियमित पाउनु पर्ने तलब पठाएको छ न नगरपालिकाले ती स्वास्थ्यकर्मीलाई आफू…

