

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो । हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन् ।



